singel post top banner

भरतपुर विमानस्थलमा इन्धन रिफिलिङ सेवा सुरु, उडान र यात्रु सेवा सहज बनाउने

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, फाल्गुन ७, २०८२
156 Views
भरतपुर विमानस्थलमा इन्धन रिफिलिङ सेवा सुरु, उडान र यात्रु सेवा सहज बनाउने
समाचार सारांश
  • भरतपुर, चितवन – भरतपुर विमानस्थलमा नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि इन्धन रिफिलिङ सेवा सुरु गरेको छ।
  • यस सेवाले हवाई यात्रुहरुको सुविधालाई थप सहज बनाउने उद्देश्य राखिएको हो।

भरतपुर, चितवन – भरतपुर विमानस्थलमा नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि इन्धन रिफिलिङ सेवा सुरु गरेको छ। यस सेवाले हवाई यात्रुहरुको सुविधालाई थप सहज बनाउने उद्देश्य राखिएको हो। लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले भने, “हवाई यात्रा गर्न आउने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको हो। यसबाट यात्रुलाई इन्धनको कुनै समस्या नहुने सुनिश्चितता मिलेको छ।”

हालसम्म यहाँबाट दैनिक आठवटा उडान हुँदै आएका छन्। लिमिटेडले आवश्यकतानुसार हवाई इन्धन भर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको छ। यस सेवाका लागि दुईवटा रिफिलिङ काउन्टर स्थापना गरिएको छ, जहाँबाट दैनिक करिब २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिने व्यवस्था गरिएको हो। प्रारम्भिक चरणमा सिनामङ्गल कार्यालयमा रहेका छ जना कर्मचारीमार्फत सेवाको सञ्चालन भइरहेको छ।

भरतपुर विमानस्थलबाट हाल दैनिक भरतपुर–काठमाडौँ–भरतपुर र आंशिक रूपमा भरतपुर–पोखरा–भरतपुर उडानहरू सञ्चालन भइरहेका छन्। बुद्व एयरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले भने, “रिफिलिङ सेवा सुरु भएपछि यात्रु र जहाज दुबैको सहजता थप भएको छ। जहाजले तेल बोकेर आउनु पर्ने समस्या टरेको छ, जसले गर्दा काठमाडौँबाट आउने जहाजमा थप यात्रु ल्याउन सकिने भएको छ।”

यस नयाँ सेवाले विमानस्थलको समग्र उडान र यात्रु सेवा प्रणालीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। यसले नेपालको हवाई यातायात क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

धनुषामा अवैध औषधि व्यवसाय र अस्पतालमाथि कारबाही
धनुषामा अवैध औषधि व्यवसाय र अस्पतालमाथि कारबाही
बारामा सुरक्षा जिम्मेवारीमा व्यापक हेरफेर : सिमरा घटनापछि एसपी तामाङलाई आकस्मिक हेडक्वार्टर तानिए
बारामा सुरक्षा जिम्मेवारीमा व्यापक हेरफेर : सिमरा घटनापछि एसपी तामाङलाई आकस्मिक हेडक्वार्टर तानिए
लागुऔषध मुद्दामा फरार रहेका व्यक्ति पक्राउ
लागुऔषध मुद्दामा फरार रहेका व्यक्ति पक्राउ
पश्चिम बंगालको माल्दा जिल्लामा गंगा नदीको तीव्र कटानले १७५ वर्ष पुरानो शिव मन्दिर ढले
पश्चिम बंगालको माल्दा जिल्लामा गंगा नदीको तीव्र कटानले १७५ वर्ष पुरानो शिव मन्दिर ढले
कञ्चनपुरको मोहना नदी डोकेबजार बेलौरी बेलडाँगी दैजी सडकखण्डको ठेक्का रद्द
कञ्चनपुरको मोहना नदी डोकेबजार बेलौरी बेलडाँगी दैजी सडकखण्डको ठेक्का रद्द
मुग्लिन-पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक चार घण्टा पूर्ण र आंशिक रूपमा बन्द हुने
मुग्लिन-पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक चार घण्टा पूर्ण र आंशिक रूपमा बन्द हुने
पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनीको जग्गा हिनामिना प्रकरणमा माधव कुमार नेपालसहित ९३ विरुद्ध मुद्दा सुनुवाइको लागि निर्धारित
पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनीको जग्गा हिनामिना प्रकरणमा माधव कुमार नेपालसहित ९३ विरुद्ध मुद्दा सुनुवाइको लागि निर्धारित
प्रतिनिधि सभा निर्वाचनका लागि बन्दसूची बुझाउने दलहरूको संख्या ४ पुगे
प्रतिनिधि सभा निर्वाचनका लागि बन्दसूची बुझाउने दलहरूको संख्या ४ पुगे
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सिंहदरबारबाट नै कामकाज सुरु गरे
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सिंहदरबारबाट नै कामकाज सुरु गरे
राष्ट्र बैंकले मौद्रिक नीतिमा परिमार्जन– बाढीपहिरो प्रभावितका कर्जामा पुनरसंरचना
राष्ट्र बैंकले मौद्रिक नीतिमा परिमार्जन– बाढीपहिरो प्रभावितका कर्जामा पुनरसंरचना
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?