singel post top banner

कांग्रेस उपसभापति शर्माले राष्ट्रिय संकटको समाधानको लागि कांग्रेसको नेतृत्व आवश्यक बताउनुभए

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, फाल्गुन १३, २०८२
194 Views
कांग्रेस उपसभापति शर्माले राष्ट्रिय संकटको समाधानको लागि कांग्रेसको नेतृत्व आवश्यक बताउनुभए
समाचार सारांश
  • महोत्तरी ।
  • नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश अहिले जटिल परिस्थितिमा रहेको बेला समुचित समाधान गर्न कांग्रेस नै सक्षम राजनीतिक शक्ति भएको दाबी गर्नुभएको छ।

महोत्तरी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश अहिले जटिल परिस्थितिमा रहेको बेला समुचित समाधान गर्न कांग्रेस नै सक्षम राजनीतिक शक्ति भएको दाबी गर्नुभएको छ। महोत्तरीको सदरमुकाम जलेश्वरमा बुधबार आयोजित चुनावी कार्यक्रममा उहाँले वर्तमान चुनौतीपूर्ण समयमा कांग्रेसले नै मुलुकलाई निकास दिन सक्ने विश्वास व्यक्त गर्नुभएको हो।

उहाँले युवापुस्तामा देखिएको असन्तुष्टि र उठिरहेका प्रश्नहरूलाई गम्भीर रुपमा लिनुपर्ने आवश्यक्ता औंल्याउँदै ‘जेन–जी’ समूहका युवाहरूले उठाएका सुशासन, पारदर्शिता, रोजगारी र अवसरसम्बन्धी मागहरू जायज रहेको बताउनुभयो। उहाँको भनाइ थियो, ती मागहरूको सम्बोधन गर्न सक्ने क्षमता केवल कांग्रेससँगै रहेको छ। उपसभापति शर्माले पार्टीभित्र अहिले युवापुस्ताको सक्रिय उपस्थिति र नेतृत्व देखिनु सकारात्मक संकेत भएको पनि उल्लेख गर्नुभयो।

कांग्रेस अब विकास, सुशासन र आर्थिक समृद्धिको स्पष्ट एजेन्डासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भने, “निर्वाचनका क्रममा उम्मेदवारहरूले जनतासँग गरेका प्रतिबद्धता कार्यान्वयन भए–नभएको विषयमा पार्टीको केन्द्रीय कार्यालयबाटै अनुगमन गरिनेछ। जनतासँग गरिएको प्रतिबद्धता कागजमा सीमित रहनु हुँदैन, त्यसको कार्यान्वयनको जिम्मेवारी पार्टीले लिनेछ। आवश्यक परे उम्मेदवारको कार्यसम्पादनको मूल्यांकन गरी कारबाहीसमेत गरिनेछ।”

उहाँले देशलाई राजनीतिक अस्थिरता, निराशा र कमजोर अर्थतन्त्रबाट उकास्न कांग्रेसले फेरि नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो। चुनौतीलाई अवसरमा परिणत गर्दै विकासको नयाँ चरणमा प्रवेश गराउने प्रतिबद्धता व्यक्त गर्दै मतदातालाई लोकतान्त्रिक शक्तिको पक्षमा उभिन आह्वान गर्नुभयो। ऐतिहासिक परिवर्तनका प्रत्येक चरणमा कांग्रेसको नेतृत्वदायी भूमिका रहेको स्मरण गराउँदै उहाँले राणाशासनको अन्त्य, राजसंस्थाको अवसान र शान्ति प्रक्रिया मार्फत देशलाई द्वन्द्वबाट मुक्त गराउने अभियानमा कांग्रेसको अग्रणी भूमिका रहेको बताउनुभयो।

कार्यक्रमअघि उपसभापति शर्माले जलेश्वरस्थित सहिद पार्कमा पुगेर सहिदहरूको स्मारकमा माल्यार्पण गर्नुभएको थियो। सहिदहरूको बलिदानको कारण मुलुकमा लोकतान्त्रिक व्यवस्था स्थापना भएको भन्दै उहाँले लोकतन्त्रको रक्षा र सुदृढीकरण सबैको साझा दायित्व भएको बताउनुभयो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपालको सीमा सम्बन्धी विवाद समाधानका लागि कूटनीतिक प्रयास जारी, भारतसँग सीमा टुंग्याउने सरकारको दृढ प्रतिबद्धता
नेपालको सीमा सम्बन्धी विवाद समाधानका लागि कूटनीतिक प्रयास जारी, भारतसँग सीमा टुंग्याउने सरकारको दृढ प्रतिबद्धता
तराई मधेसमा छठपर्वको सुरक्षा: ‘अप्रेसन आस्था’ योजना लागू
तराई मधेसमा छठपर्वको सुरक्षा: ‘अप्रेसन आस्था’ योजना लागू
रसुवामा बाढीले नेपाल विद्युत प्राधिकरणका संरचनामा क्षति, विद्युत आपूर्ति प्रभावित
रसुवामा बाढीले नेपाल विद्युत प्राधिकरणका संरचनामा क्षति, विद्युत आपूर्ति प्रभावित
नेपालमा विद्यालय तहको सामाजिक अध्ययनमा बीमा शिक्षा समावेश गर्न कसरि अघि बढ्दैछ?
नेपालमा विद्यालय तहको सामाजिक अध्ययनमा बीमा शिक्षा समावेश गर्न कसरि अघि बढ्दैछ?
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत बिना भित्तेपात्रो प्रकाशनमा एक लाखसम्म जरिवाना
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत बिना भित्तेपात्रो प्रकाशनमा एक लाखसम्म जरिवाना
सप्तरीको भेटेरिनरी अस्पतालमा घुसजोकारी: अख्तियारले छापा मार्‍यो, कार्यालय प्रमुख र चालक नियन्त्रणमा
सप्तरीको भेटेरिनरी अस्पतालमा घुसजोकारी: अख्तियारले छापा मार्‍यो, कार्यालय प्रमुख र चालक नियन्त्रणमा
सिरहामा बस र मोटरसाइकलको टक्कर: २ युवकको मृत्यु, १ घाइते
सिरहामा बस र मोटरसाइकलको टक्कर: २ युवकको मृत्यु, १ घाइते
आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल
आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल
पारदर्शी र सुरक्षित निर्वाचनका लागि ७३ हजार सुरक्षाकर्मी परिचालनको तयारी
पारदर्शी र सुरक्षित निर्वाचनका लागि ७३ हजार सुरक्षाकर्मी परिचालनको तयारी
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?