singel post top banner

नारायणी नदीको बहाव बढ्दै, स्थानीयवासीले अस्थायी बाँध निर्माण गरी गाउँ जोगाउने प्रयास शुरू

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, श्रावण २१, २०८३
45 Views
नारायणी नदीको बहाव बढ्दै, स्थानीयवासीले अस्थायी बाँध निर्माण गरी गाउँ जोगाउने प्रयास शुरू
समाचार सारांश
  • बुटवल — नारायणी नदीको बहाव तीव्र हुँदै गाउँतर्फ पानी पस्न थालेपछि सुस्ता गाउँपालिका का स्थानीयवासीले अस्थायी बाँध निर्माणको कार्य सुरु गरेका छन्।
  • नदीको बहाव नियन्त्रण गर्न र गाउँबस्तीलाई डुबान र कटानबाट जोगाउन स्थानीयले बोरामा माटो र बालुवा भरेर नाइलनको डोरीले बाँध निर्माण गर्न थालेका हुन्।

बुटवल — नारायणी नदीको बहाव तीव्र हुँदै गाउँतर्फ पानी पस्न थालेपछि सुस्ता गाउँपालिका का स्थानीयवासीले अस्थायी बाँध निर्माणको कार्य सुरु गरेका छन्। नदीको बहाव नियन्त्रण गर्न र गाउँबस्तीलाई डुबान र कटानबाट जोगाउन स्थानीयले बोरामा माटो र बालुवा भरेर नाइलनको डोरीले बाँध निर्माण गर्न थालेका हुन्।

केही दिनअघि स्थानीयले बनाएको यस्तो अस्थायी बाँध भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भत्काएको आरोपपछि यो विषय चर्चामा आएको थियो। सुस्ता गाउँपालिका–५ को सुस्ता थारुटोलदेखि सीमास्थल मानिएको सिमलको रुखतर्फको क्षेत्रमा स्थानीयवासीहरु द्रुत गतिमा अस्थायी संरक्षणका उपायमा लागेका छन्।

अभियानकी नेतृ लैलाबेगम र प्रवक्ता रविन्द्र जैसवालको नेतृत्वमा स्थानीयले नदी किनारमा बोरा र डोरीको मद्दतले तटबन्ध निर्माण गरिरहेका छन्। जैसवालले भने, “नदी कटान र डुबानको जोखिमलाई मध्यनजर गरी तत्कालको लागि अस्थायी संरक्षणको काम भइरहेको छ।”

यसअघि नारायणी सिँचाइ तथा जलउत्पन्न प्रकोप व्यवस्थापन आयोजना र भरतपुरले स्थायी तटबन्ध निर्माणका लागि ठेक्का प्रक्रियामा लागेको थियो। तर, भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले माथिल्लो तहको अनुमति आवश्यक रहेको भन्दै निर्माण कार्यमा अवरोध पुर्‍याएको स्थानीयको आरोप छ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भने, “नदी कटान र विपद् सम्भावनालाई ध्यानमा राख्दै अस्थायी बाँध निर्माण भइरहेको हो। केही दिनअघि स्थानीयसँग छलफल गरी तत्कालका लागि सुरक्षा उपायहरू कार्यान्वयन गरिएको छ।” उनले थपे, “मौखिक रुपमा भारतीय पक्षसँग पनि विपद् रोकथामका लागि सहमति भएको छ।”

नारायणी नदीको बहाव बढ्दै जाँदा हुन सक्ने डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै नेपाल गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालयले बोरा र नाइलनको डोरी उपलब्ध गराएको छ।

प्रवक्ता जैसवालका अनुसार, सिँचाइ कार्यालयबाट प्राप्त सामग्रीसहित स्थानीयले आफ्नै पुराना बोरा र डोरी प्रयोग गरी पनि अस्थायी बाँध निर्माणलाई निरन्तरता दिएका छन्। उनका अनुसार, अहिलेको मुख्य लक्ष्य नदीको बहाव नियन्त्रण गरी गाउँबस्तीलाई सुरक्षित राख्नु नै हो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जेनजी प्रदर्शनमा सुरक्षा जिम्मेवारी निर्वाह गर्ने सशस्त्र प्रहरीलाई निर्वाचन आयोगको सम्मान
जेनजी प्रदर्शनमा सुरक्षा जिम्मेवारी निर्वाह गर्ने सशस्त्र प्रहरीलाई निर्वाचन आयोगको सम्मान
एन्टिबायोटिकको गलत प्रयोगले बढ्दैछ ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ : स्वास्थ्यचेतना र नियमन आवश्यक।
एन्टिबायोटिकको गलत प्रयोगले बढ्दैछ ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ : स्वास्थ्यचेतना र नियमन आवश्यक।
सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर साहको मृत्यु; सशस्त्र प्रहरीले भन्यो, दुई वटा सफारीमा आएर आक्रमण प्रयास
सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर साहको मृत्यु; सशस्त्र प्रहरीले भन्यो, दुई वटा सफारीमा आएर आक्रमण प्रयास
मधेस प्रदेशसभाका नयाँ सभामुख रामअशीष यादवले पदभार ग्रहण
मधेस प्रदेशसभाका नयाँ सभामुख रामअशीष यादवले पदभार ग्रहण
सामाजिक सञ्जालमा अभिव्यक्ति विपरीत कारबाही गर्दै साइबर ब्यूरो
सामाजिक सञ्जालमा अभिव्यक्ति विपरीत कारबाही गर्दै साइबर ब्यूरो
सुकुमवासीहरूको प्रदर्शन: सरकारले होल्डिङ सेन्टर खाली गर्न दिएको निर्देशनविरुद्ध आवाज
सुकुमवासीहरूको प्रदर्शन: सरकारले होल्डिङ सेन्टर खाली गर्न दिएको निर्देशनविरुद्ध आवाज
गाउँमा लाइन छैन, दुई वर्षदेखि बिजुलीको बिल तिर्छन् दोरावासी
गाउँमा लाइन छैन, दुई वर्षदेखि बिजुलीको बिल तिर्छन् दोरावासी
‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?
‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?
महोत्तरीमा इँटाभट्टाबाट ठूलो मात्रामा मदिराजन्य पदार्थ बरामद
महोत्तरीमा इँटाभट्टाबाट ठूलो मात्रामा मदिराजन्य पदार्थ बरामद
जर्मनीको सहयोग र स्थानीय दानबाट काभ्रेपलाञ्चोकको विद्यालयमा नयाँ भवन निर्माण
जर्मनीको सहयोग र स्थानीय दानबाट काभ्रेपलाञ्चोकको विद्यालयमा नयाँ भवन निर्माण
singel sidbar banner
singel sidbar banner 2