singel post top banner

दमकमा एमालेको ठूलो आन्तरिक विभाजन: युवा संघको पदाधिकारी टोली नै बालेन शाहको समर्थनमा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, माघ ७, २०८२
179 Views
दमकमा एमालेको ठूलो आन्तरिक विभाजन: युवा संघको पदाधिकारी टोली नै बालेन शाहको समर्थनमा
समाचार सारांश
  • दमक ।
  • दमकमा नेकपा एमालेको आन्तरिक माहोलमा ठूलो परिवर्तन आएको छ।

दमक । दमकमा नेकपा एमालेको आन्तरिक माहोलमा ठूलो परिवर्तन आएको छ। एमाले का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र र गृहनगर दमकमा पार्टीलाई एकपछि अर्को गर्दै ठूलो झट्का लागेको हो। एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीका अध्यक्ष र सचिवले पार्टी छाडेका छन्। यस्तै, उपाध्यक्ष विजय तामाङले पनि पार्टी र पदबाट परित्याग गर्ने घोषणा गरेका छन्।

नगर कमिटीका अध्यक्ष छवि खतिवडा र सचिव कमलप्रसाद गैरेले राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने निर्णय गरेका थिए। यसपछि उपाध्यक्ष विजय तामाङले पनि सोही बाटो रोजेका हुन। तीनै जना प्रभावशाली पदाधिकारीको एकैपटक पार्टी छोड्ने निर्णयले दमकमा एमालेको ‘लाल किल्ला’ भनिने परम्परागत शक्ति कमजोर हुन थालेको देखिएको छ।

अध्यक्ष खतिवडाले एमालेको सदस्यता समेत नरहने गरी राजीनामा दिएर झापा क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने घोषणा गरेका थिए। उनले परिवर्तन र समयको मागलाई आत्मसात् गर्दै बालेनको चुनावी अभियानमा लाग्न आफूलाई प्रतिबद्ध भएको बताए। यसैगरी, सचिव गैरेले सामाजिक सञ्जालमार्फत औपचारिक रूपमा एमालेको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका थिए।

अब उपाध्यक्ष विजय तामाङ पनि सोही समूहमा मिसिएपछि दमकमा एमाले निकट युवाहरु स्वतन्त्र अभियानतर्फ आकर्षित हुँदैछन्। ओलीको आफ्नै गृहनगर र निर्वाचन क्षेत्रमा युवा सङ्घको नेतृत्व तह नै पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारको साथ दिनलाई स्थानीय राजनीतिमा महत्वपूर्ण परिवर्तनका रुपमा हेरिएको छ। परम्परागत पार्टी कार्यशैलीप्रति असन्तुष्ट युवा नेताहरुले ‘परिवर्तनका लागि स्वतन्त्र राजनीति’ भन्ने नाराका साथ बालेन शाहलाई समर्थन गर्न थालेपछि दमक एमालेभित्र ठूलो हलचल मच्चिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेस प्रदेशमा सरकार गठनविरोधी सांसदहरूको विरोध प्रदर्शन र नियुक्ति खारेजीको माग
मधेस प्रदेशमा सरकार गठनविरोधी सांसदहरूको विरोध प्रदर्शन र नियुक्ति खारेजीको माग
सुनवलको सगरमाथा होटलमा खाद्य स्वच्छता कमजोर, सुधार नभएसम्म सञ्चालनमा रोक
सुनवलको सगरमाथा होटलमा खाद्य स्वच्छता कमजोर, सुधार नभएसम्म सञ्चालनमा रोक
नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सरे, नयाँ मिति कात्तिक १८ गते
नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सरे, नयाँ मिति कात्तिक १८ गते
साउन ३१ देखि भाद्र ६ सम्मको राशिफल: तपाईंको राशि अनुसार यस हप्ताको महत्वपूर्ण सुझावहरू
साउन ३१ देखि भाद्र ६ सम्मको राशिफल: तपाईंको राशि अनुसार यस हप्ताको महत्वपूर्ण सुझावहरू
कांग्रेसको १५औँ महाधिवेशन: तयारीबारे जानकारी लिन महामन्त्री पौडेल खुलामञ्चमा
कांग्रेसको १५औँ महाधिवेशन: तयारीबारे जानकारी लिन महामन्त्री पौडेल खुलामञ्चमा
बाँके र आसपासका स्थानीय तहमा भ्रष्टाचार उजुरीको संख्या उच्च, अख्तियारको अनुसन्धान तीव्र
बाँके र आसपासका स्थानीय तहमा भ्रष्टाचार उजुरीको संख्या उच्च, अख्तियारको अनुसन्धान तीव्र
जलेश्वर कारागारबाट भागेका फरार कैदीबन्दीको संख्या २७३ रहेको, खोजी प्रक्रिया जारी
जलेश्वर कारागारबाट भागेका फरार कैदीबन्दीको संख्या २७३ रहेको, खोजी प्रक्रिया जारी
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी, करोडौंको क्षति
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी, करोडौंको क्षति
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
दरबारमार्गमा नेपाल ट्रस्टको जग्गा लिज प्रकरण: सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन
दरबारमार्गमा नेपाल ट्रस्टको जग्गा लिज प्रकरण: सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन
singel sidbar banner
singel sidbar banner 2