singel post top banner

बाँके र आसपासका स्थानीय तहमा भ्रष्टाचार उजुरीको संख्या उच्च, अख्तियारको अनुसन्धान तीव्र

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, फाल्गुन २, २०८२
124 Views
बाँके र आसपासका स्थानीय तहमा भ्रष्टाचार उजुरीको संख्या उच्च, अख्तियारको अनुसन्धान तीव्र
समाचार सारांश
  • बाँके ।
  • बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल र सम्पर्क कार्यालय नेपालगञ्जमा स्थानीय तहसँग सम्बन्धित भ्रष्टाचार सम्बन्धि उजुरीको संख्या अत्यधिक देखिएको छ।

बाँके । बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल र सम्पर्क कार्यालय नेपालगञ्जमा स्थानीय तहसँग सम्बन्धित भ्रष्टाचार सम्बन्धि उजुरीको संख्या अत्यधिक देखिएको छ। प्रमुख झरेन्द्र प्रसाद चापागाईँका अनुसार, हालसम्म प्राप्त उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित रहेका छन्।

उनले बताए अनुसार, बाँके, बर्दिया र दाङ लगायतका जिल्लाहरूमा भ्रष्टाचार उजुरीको संख्या क्रमशः बढी रहेको छ। बर्दियाको बढैयाताल गाउँपालिकाले २५, दाङको तुलसीपुर उपमहानगरपालिकाले १८, घोराही उपमहानगरपालिकाले १७, बाँके कोहलपुर नगरपालिका १६, नेपालगञ्ज उपमहानगरपालिका १५, नरैनापुर गाउँपालिका १५ र बारबर्दिया नगरपालिका १३ उजुरी दर्ता भएका छन्। यसैगरी, लमही नगरपालिका १२ र डुडुवा गाउँपालिका १० उजुरी प्राप्त भएका छन्। यसरी मात्रै ७६ वटा उजुरी अन्य जिल्लाबाट आएका छन्।

आर्थिक वर्ष २०७९/८० को साउनदेखि माघ २५ गतेसम्मको समयमा नेपालगञ्ज कार्यालयले करिब सात महिनामा ४७१ उजुरी दर्ता गरेको छ। तीमध्ये १८५ उजुरीको छानबिन सम्पन्न भएको र २८६ उजुरी छानविन प्रक्रियामा रहेका छन्। कार्यालयको कार्यक्षेत्र बाँके, बर्दिया, दाङ र रोल्पा जिल्लालाई समेटिएको छ।

उजुरीको वर्गीकरण गर्दा, अधिकसंख्या स्थानीय तह (सङ्घीय मामिला) र शिक्षा मन्त्रालयसँग सम्बन्धित रहेको देखिन्छ। यस क्रममा, स्थानीय तह (सङ्घीय मामिला) तर्फ ११७, स्थानीय तह (शिक्षा) तर्फ १००, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय (वन वातावरण मात्र) तर्फ ६२, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तर्फ ३७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय २६, शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय १८, गृह मन्त्रालय १५, ऊर्जा, जलश्रोत र सिँचाइ मन्त्रालय १४, र प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय १० उजुरी दर्ता भएको जानकारी छ।

उजुरीको फछ्र्यौट समेत भएको छ। यस क्रममा, १८५ उजुरी फछ्र्यौट भएका छन् भने २८६ उजुरी बाँकी रहेको कार्यालयले जनाएको छ। गत आवमा, ९०२ उजुरी दर्ता हुँदा ७८८ उजुरी फछ्र्यौट भएका थिए। यसैगरी, २०८०/८१ को अवधिमा १०४४ उजुरी दर्ता हुँदा ८७५ फछ्र्यौट भएका थिए। पछिल्लो आवमा, ८१२ उजुरी दर्ता हुँदा ४९९ उजुरी फछ्र्यौट भएका छन्।

अख्तियारको यस अनुसन्धानले भ्रष्टाचार नियन्त्रण र सुधारका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सर्वोच्च अदालतको आदेशपछि नेपाल–प्रज्ञा प्रतिष्ठानका ११ आजीवन सदस्यको दोहोरो भत्ता रोकियो
सर्वोच्च अदालतको आदेशपछि नेपाल–प्रज्ञा प्रतिष्ठानका ११ आजीवन सदस्यको दोहोरो भत्ता रोकियो
बैतडी सुर्नया गाउँपालिकामा तीन हप्ता लामो तालाबन्दी, जेनजी समूहका माग पूरा गर्नुपर्ने दबाव
बैतडी सुर्नया गाउँपालिकामा तीन हप्ता लामो तालाबन्दी, जेनजी समूहका माग पूरा गर्नुपर्ने दबाव
निर्वाचन सुरक्षा व्यवस्था कडा; कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना
निर्वाचन सुरक्षा व्यवस्था कडा; कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना
रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाए
रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाए
नेपाली कांग्रेसले जनताको प्रतिबद्धता र भिजन १० सार्वजनिक
नेपाली कांग्रेसले जनताको प्रतिबद्धता र भिजन १० सार्वजनिक
यातायात कार्यालय सानोभर्‍याङबाट ८ बिचौलिया पक्राउ, लाखौं रकम बरामद
यातायात कार्यालय सानोभर्‍याङबाट ८ बिचौलिया पक्राउ, लाखौं रकम बरामद
सरकारी कार्यालयमा सेवा सुविधा का नाम मा झन्झट र अनियमितता, पाँच जना पक्राउ
सरकारी कार्यालयमा सेवा सुविधा का नाम मा झन्झट र अनियमितता, पाँच जना पक्राउ
बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना
बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना
नाबालिग बलात्कार मुद्दामा एमाले नेता साह पक्राउ, प्रहरीको अनुसन्धान तीव्र
नाबालिग बलात्कार मुद्दामा एमाले नेता साह पक्राउ, प्रहरीको अनुसन्धान तीव्र
सभामुख अर्यालले सांसद सुलभ खरेललाई आकस्मिक समयमा छलफल गर्नबाट रोक्नुभयो
सभामुख अर्यालले सांसद सुलभ खरेललाई आकस्मिक समयमा छलफल गर्नबाट रोक्नुभयो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?