singel post top banner

एनपीएल सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन हुने

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, कार्तिक ९, २०८३
24 Views
एनपीएल सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन हुने
समाचार सारांश
  • काठमाडौं ।
  • नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतियोगिताका लागि सुरक्षा योजना बनाएर काम थालेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार शनिबार प्रमुख जिल्ला अधिकारीसहितको टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियमको अवलोकन गरेको थियो। प्रहरीले प्रतियोगिताको सुरक्षालाई विभिन्न क्षेत्रमा विभाजन गरी आवश्यक व्यवस्था मिलाएको छ।

खेलाडीको सुरक्षा, उनीहरू बस्ने आठवटा होटलको सुरक्षा, होटलदेखि स्टेडियमसम्मको आवतजावत, ट्राफिक व्यवस्थापन तथा खेलका बेला स्टेडियम र दर्शकको सुरक्षालाई योजनामा समेटिएको एसएसपी घिमिरेले बताए।

उद्घाटन र समापन समारोहमा भीआईपी तथा भीभीआईपीको आवागमन हुने भएकाले उनीहरूको सुरक्षाका लागि पनि विशेष व्यवस्था गरिनेछ। सुरक्षामा सादा पोसाकका प्रहरीसमेत परिचालन हुनेछन्।

प्रहरीले सीसीटीभी र ड्रोनबाट निगरानी गर्नुका साथै डग स्निफिङ पनि गर्ने जनाएको छ। स्टेडियम वरपर जडान गरिएका सीसीटीभी क्यामेराको निगरानी त्यहीँ खटिएका प्रहरीले गर्नेछन् भने अन्य क्षेत्रका क्यामेराको निगरानी प्रहरीको सीसीटीभी कन्ट्रोल रुमबाट हुनेछ। नेपाल प्रहरीसँगै बाह्य सुरक्षाका लागि सशस्त्र प्रहरी बल पनि परिचालन गरिने बताइएको छ।

 

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मुस्ताङको साङ्ता गाउँमा मतदानको लागि सडक हिउँ पन्छाउन सुरु
मुस्ताङको साङ्ता गाउँमा मतदानको लागि सडक हिउँ पन्छाउन सुरु
भोटेकोशी बाढीपीडित सशस्त्र प्रहरी परिवारलाई महिला संघद्वारा राहत
भोटेकोशी बाढीपीडित सशस्त्र प्रहरी परिवारलाई महिला संघद्वारा राहत
प्रधानमन्त्री कार्कीले लोकतन्त्रको संरक्षण र विकासका लागि सरकारको प्रतिबद्धता व्यक्त
प्रधानमन्त्री कार्कीले लोकतन्त्रको संरक्षण र विकासका लागि सरकारको प्रतिबद्धता व्यक्त
सुनसरीबाट १४५४ किलो गाँजासहित एक युवक पक्राउ
सुनसरीबाट १४५४ किलो गाँजासहित एक युवक पक्राउ
अमेरिकी पूर्वी तटीय क्षेत्रमा भारी हिमपात, हजारौं उडान रद्द, नागरिक जीवन प्रभावित
अमेरिकी पूर्वी तटीय क्षेत्रमा भारी हिमपात, हजारौं उडान रद्द, नागरिक जीवन प्रभावित
बागमती प्रदेशमा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिए
बागमती प्रदेशमा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिए
पर्साको मिर्जापुरबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद
पर्साको मिर्जापुरबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद
ऐतिहासिक उपलब्धि: DRS Gaming पहिलो नेपाली Free Fire टोलीको रूपमा eSports World Cup 2026 को लागि छनोट 🇳🇵🔥
ऐतिहासिक उपलब्धि: DRS Gaming पहिलो नेपाली Free Fire टोलीको रूपमा eSports World Cup 2026 को लागि छनोट 🇳🇵🔥
नागरिक लगानी कोषले ८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर घोषणा
नागरिक लगानी कोषले ८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर घोषणा
चितवनभरि सिसी क्यामेरा जडान, भरतपुर महानगरपालिकाको सुरक्षित सहर निर्माणको अभियान तीव्र
चितवनभरि सिसी क्यामेरा जडान, भरतपुर महानगरपालिकाको सुरक्षित सहर निर्माणको अभियान तीव्र
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?