singel post top banner

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी खड्का

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बुधबार, मंसिर १७, २०८२
184 Views
देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी खड्का
समाचार सारांश
  • सिरहा ।
  •  सिरहा धनगढीमाई निवासी समाजसेवी अशोक कुमार खड्काले देशमा बढ्दै गएको मनोवैज्ञानिक विभाजनप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्।

सिरहा । सिरहा धनगढीमाई निवासी समाजसेवी अशोक कुमार खड्काले देशमा बढ्दै गएको मनोवैज्ञानिक विभाजनप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्। उनको तर्कमा, 2046 सालदेखि 2082 सालसम्मका विभिन्न राजनीतिक, सामाजिक र सांस्कृतिक उतार–चढावले नेपाली समाजलाई बिस्तारै टुक्रा–टुक्रामा विभाजित गर्दै लगेको छ।

खड्काका अनुसार, कहिले तन्त्रको नाममा, कहिले जातजातिको नाममा, कहिले धर्म–संस्कृति वा भूगोलको नाममा र अहिले उमेर समूहका नाममा समेत समाज विभाजित हुन थाल्नु चिन्ताजनक अवस्था हो। अशोक खड्का भन्छन्, “हामी तन्त्र, जाति, धर्म, संस्कृति, मधेसी–पहाडी, प्रदेश, जेन एक्स–जेन जेड जस्ता नाममा टुक्रा टुक्रा भएर बसेका छौं। यो निरन्तरता रहिरह्यो भने देशलाई कसैले अघि बढाउन सकिँदैन।”

अहिलेको सबैभन्दा ठूलो आवश्यकता आपसमा उनेर एक हुने हो। “हामी एउटै धागोमा उनेर एकता कायम गर्न सकेनौं भने, हामी र हाम्रा सन्ततिहरू सधैं अरूका लागि मात्र पसिना बगाउने मजदुर बन्न बाध्य हुनेछौं। देश नै पराधीनजस्तै बन्न सक्छ,” खड्काले चेताएका छन्।

अशोक खड्का सामाजिक क्षेत्रमा सक्रिय नाम हो। उनले वर्षौंदेखि असहाय, अपांगता भएका व्यक्ति, विद्यार्थी, किसान र युवाहरूको पक्षमा विभिन्न कल्याणकारी काम गर्दै आएका छन्। समाजप्रतिको उनको समर्पणले उनको आवाजलाई अझै विश्वसनीय र प्रभावशाली बनाएको छ।

खड्का भन्छन्, “देशलाई बलियो बनाउने कुरा धेरथोर कसैले बोक्ने बोझ होइन। एकतामा बस्ने, विभाजन नफैलाउने, भिन्नता स्वीकार गर्ने र देशलाई पहिलो प्राथमिकता दिने हाम्रो बानी नै राष्ट्रनिर्माणको सबैभन्दा ठूलो आधार हो।”

अशोक खड्काको यो भनाइ अहिलेको परिस्थितिमा समाज र राष्ट्रलाई एउटै सूत्रमा बाध्ने संदेशको रूपमा खास गरी युवा पुस्ता हेरिरहेको छ । यो केवल चेतावनी मात्र होइन, एक जिम्मेवार नागरिकको मनको पीडा र देशप्रेमको आवाज पनि हो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

डिजिटल सेवामा फड्को मार्दै नाइट्रा टेक्नोलोजी, देशभर ग्राहकको रोजाइमा
डिजिटल सेवामा फड्को मार्दै नाइट्रा टेक्नोलोजी, देशभर ग्राहकको रोजाइमा
राष्ट्रपति पौडेलले महिला हिंसा र लैंगिक समानताका लागि समाजलाई आह्वान
राष्ट्रपति पौडेलले महिला हिंसा र लैंगिक समानताका लागि समाजलाई आह्वान
नेपालमा जेन–जी आन्दोलन: भ्रष्टाचार, कुशासन र जवाफदेहिता अभावको परिणाम
नेपालमा जेन–जी आन्दोलन: भ्रष्टाचार, कुशासन र जवाफदेहिता अभावको परिणाम
दसैँ, तिहार र छठका लागि मधेस प्रदेशमा ७ हजार २२९ प्रहरी परिचालन
दसैँ, तिहार र छठका लागि मधेस प्रदेशमा ७ हजार २२९ प्रहरी परिचालन
मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु
मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु, उच्च अदालत बुटवलमा सुनुवाइ
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु, उच्च अदालत बुटवलमा सुनुवाइ
जनकपुरधामका युवाहरूले मधेसमा प्रदेशसभा विघटन र राष्ट्रपति शासनको माग गर्दै ज्ञापनपत्र दिए
जनकपुरधामका युवाहरूले मधेसमा प्रदेशसभा विघटन र राष्ट्रपति शासनको माग गर्दै ज्ञापनपत्र दिए
कैलालीमा प्रथम मतगणना पश्चात् उम्मेदवारले खर्च विवरण बुझाउने काम सुरु, चन्द्र साउँद पहिलो
कैलालीमा प्रथम मतगणना पश्चात् उम्मेदवारले खर्च विवरण बुझाउने काम सुरु, चन्द्र साउँद पहिलो
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
गङ्गापूर्ण हिमालमा बेपत्ता दुई जापानी पर्वतारोहीको शव भेटियो
गङ्गापूर्ण हिमालमा बेपत्ता दुई जापानी पर्वतारोहीको शव भेटियो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?