singel post top banner

मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु: मुख्यमन्त्री यादवको राजीनामापछि धारा १६८(२) सक्रिय

belwo post title ad banner
महेश सिंह महेश सिंह
बुधबार, मंसिर १७, २०८२
189 Views
मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु: मुख्यमन्त्री यादवको राजीनामापछि धारा १६८(२) सक्रिय
समाचार सारांश
  • जनकपुरधाम ।
  • मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएसँगै अब संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनको बाटो खुलेको छ।

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएसँगै अब संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनको बाटो खुलेको छ। सर्वोच्च अदालतको परमादेशअनुसार विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा बहुमत नपुग्ने स्पष्ट भएपछि उनले बुधबार रोष्टममै उभिएर पदत्याग गरेको घोषणा गरेका हुन्।

विश्वासको मत लिने तय भएको बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री यादवले मार्गप्रशस्त गर्ने उद्देश्यले राजीनामा दिएको बताए। उनको मन्तव्य सुरु भएलगत्तै विपक्षी सात दलका सांसदहरूले बैठक बहिष्कार गर्दै सभाकक्षबाट बाहिरिएका थिए, जसले यादव बहुमत जुटाउन असमर्थ भएको संकेत झनै प्रष्ट बनायो।

सत्ता साझेदार दलको समर्थन मात्रले विश्वासको मत प्राप्त नहुने स्थिति बनेपछि उनले पदबाट हट्ने निर्णय सार्वजनिक रूपमा घोषणा गरेका हुन्। यसैसँग, मधेस प्रदेशमा नयाँ राजनीतिक समीकरणका लागि वातावरण तयार भएको छ।

यसअघि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कात्तिक २३ गते यादवलाई संविधानको धारा १६८(३) अन्तर्गत सबैभन्दा ठूलो दलको नेताका रूपमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। तर, उक्त नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सात दलका ७४ जना प्रदेशसभा सदस्यहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सोही रिटमाथि मंसिर १५ गते सुनुवाइ गर्दै सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिने आदेश दिएको थियो। आदेश कार्यान्वयनका लागि आज बसेको प्रदेशसभा बैठकमा यादव बहुमत हासिल गर्न असफल रहे, जसपछि उनले सभामै राजीनामा घोषणा गर्दै आजै प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा बुझाउने बताए।

यादवको राजीनामापछि अब प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि आह्वान गर्ने प्रक्रिया अघि बढाउनेछन्। त्यसका लागि दलहरूबीच छलफल र नयाँ सत्ता समीकरण बन्ने प्रयास तीव्र हुने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

देशलाई उज्यालो भविष्यतिर लैजाने उज्ज्वल नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङको प्रतिबद्धता
देशलाई उज्यालो भविष्यतिर लैजाने उज्ज्वल नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङको प्रतिबद्धता
सिरहामा सीमा नाकाबाट १४ लाखभन्दा बढीको अवैध सामान बरामद
सिरहामा सीमा नाकाबाट १४ लाखभन्दा बढीको अवैध सामान बरामद
चार अर्ब ६२ करोडका दर्जनौँ पुल अलपत्र : कोशी प्रदेशका २२ मध्ये १९ पुलको प्रगति ५०% भन्दा कम
चार अर्ब ६२ करोडका दर्जनौँ पुल अलपत्र : कोशी प्रदेशका २२ मध्ये १९ पुलको प्रगति ५०% भन्दा कम
पर्सामा १६० किलो गाँजा सहित कार चालक पक्राउ, २२,५०० रुपैयाँ नगद र स्मार्टफोन समेत बरामद
पर्सामा १६० किलो गाँजा सहित कार चालक पक्राउ, २२,५०० रुपैयाँ नगद र स्मार्टफोन समेत बरामद
चितवन राष्ट्रिय निकुञ्जले सफलतापूर्वक उद्धार गर्यो दुर्लभ अतिसङ्कटापन्न घडियाल गोही
चितवन राष्ट्रिय निकुञ्जले सफलतापूर्वक उद्धार गर्यो दुर्लभ अतिसङ्कटापन्न घडियाल गोही
डोल्पामा खैरो हेरोइनसहित दुई व्यक्तिहरू पक्राउ, ०.९४ ग्राम लागुऔषध बरामद
डोल्पामा खैरो हेरोइनसहित दुई व्यक्तिहरू पक्राउ, ०.९४ ग्राम लागुऔषध बरामद
तिला गाउँपालिकाको जलविद्युत् आयोजना बन्द, उपकरण प्रयोगविहीन भएर लाखौँको क्षति
तिला गाउँपालिकाको जलविद्युत् आयोजना बन्द, उपकरण प्रयोगविहीन भएर लाखौँको क्षति
सुनसरीका नागरिकको सुरक्षामा सरकारको अभिभावकीय भूमिका आवश्यक — शंकर पोखरेल
सुनसरीका नागरिकको सुरक्षामा सरकारको अभिभावकीय भूमिका आवश्यक — शंकर पोखरेल
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरे
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरे
घोडाघोडीमा जिप ठक्करबाट एकको मृत्यु, चार घाइते, चालक नियन्त्रणमा
घोडाघोडीमा जिप ठक्करबाट एकको मृत्यु, चार घाइते, चालक नियन्त्रणमा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?