नेपाल प्रिमियर लिग “एनपीएल” मा सट्टेबाजीको आरोपमा दुई जना पक्राउ
- काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजीको आरोपमा दुई जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेहरूमा एक भारतीय र एक नेपाली नागरिक छन्।
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजीको आरोपमा दुई जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा एक भारतीय र एक नेपाली नागरिक छन्। उनीहरूले क्रिकेट खेलमा सट्टेबाजी गराएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा हरियाणाको रानिमहाल पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको घर भइ भारतको चण्डिगढ बस्ने २४ वर्षीय रेविका सिंह ठकुरी छन्। उनीहरूले खेलाडीहरूलाई स्पोन्सर गर्ने नाममा ह्वाट्स एप र इन्ट्राग्राममार्फत् सम्पर्क साध्दै हेट्टेबाजी गर्न लगाउने योजना बनाएका थिए भन्ने आशंकामा पक्राउ परेका हुन्।
प्रहरीका अनुसार, पक्राउ पर्नेहरूलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो। उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। अनुसन्धानका क्रममा उनीहरूको मोबाइल तथा संचार माध्यमहरूको जाँच भइरहेको छ र उनीहरूले कसरी सट्टेबाजीको नेटवर्क सञ्चालन गरेका थिए भन्ने विषयमा थप खुलासा हुने अपेक्षा गरिएको छ।
प्रहरीले यस विषयमा आवश्यक कदम चाल्दै कानून अनुसार कडा कारबाहीको तयारी भइरहेको जनाएको छ। यस घटनाले नेपाली क्रिकेट र खेलकुद क्षेत्रलाई प्रभावित पार्ने भएकाले पनि प्रहरीले यसलाई गम्भीरताका साथ लिइरहेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






