singel post top banner

नेपाल प्रिमियर लिग “एनपीएल” मा सट्टेबाजीको आरोपमा दुई जना पक्राउ

belwo post title ad banner
महेश सिंह महेश सिंह
बुधबार, मंसिर ३, २०८२
170 Views
नेपाल प्रिमियर लिग “एनपीएल” मा सट्टेबाजीको आरोपमा दुई जना पक्राउ
समाचार सारांश
  • काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजीको आरोपमा दुई जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ पर्नेहरूमा एक भारतीय र एक नेपाली नागरिक छन्।

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजीको आरोपमा दुई जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा एक भारतीय र एक नेपाली नागरिक छन्। उनीहरूले क्रिकेट खेलमा सट्टेबाजी गराएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा हरियाणाको रानिमहाल पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको घर भइ भारतको चण्डिगढ बस्ने २४ वर्षीय रेविका सिंह ठकुरी छन्। उनीहरूले खेलाडीहरूलाई स्पोन्सर गर्ने नाममा ह्वाट्स एप र इन्ट्राग्राममार्फत् सम्पर्क साध्दै हेट्टेबाजी गर्न लगाउने योजना बनाएका थिए भन्ने आशंकामा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार, पक्राउ पर्नेहरूलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो। उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। अनुसन्धानका क्रममा उनीहरूको मोबाइल तथा संचार माध्यमहरूको जाँच भइरहेको छ र उनीहरूले कसरी सट्टेबाजीको नेटवर्क सञ्चालन गरेका थिए भन्ने विषयमा थप खुलासा हुने अपेक्षा गरिएको छ।

प्रहरीले यस विषयमा आवश्यक कदम चाल्दै कानून अनुसार कडा कारबाहीको तयारी भइरहेको जनाएको छ। यस घटनाले नेपाली क्रिकेट र खेलकुद क्षेत्रलाई प्रभावित पार्ने भएकाले पनि प्रहरीले यसलाई गम्भीरताका साथ लिइरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

“म निर्दोष छु, मेरो छवि बिगार्ने षड्यन्त्र भयो” — प्रदेश प्रतिनिधि जागेश्वर यादव
“म निर्दोष छु, मेरो छवि बिगार्ने षड्यन्त्र भयो” — प्रदेश प्रतिनिधि जागेश्वर यादव
सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन
सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन
नेपालगन्जमा भारतीय नागरिकहरूबाट ठूलो परिमाणको खैरो हेरोइन बरामद
नेपालगन्जमा भारतीय नागरिकहरूबाट ठूलो परिमाणको खैरो हेरोइन बरामद
मधेश प्रदेशका नयाँ प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण; नागरिक र सञ्चारकर्मीहरूसँग संवाद
मधेश प्रदेशका नयाँ प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण; नागरिक र सञ्चारकर्मीहरूसँग संवाद
रसुवागढी नाका देखि त्रिशूली र भोटेकोशी नदीसम्मको बाढीमा बगेका पुलको कुल लम्बाइ २७९२ मिटर
रसुवागढी नाका देखि त्रिशूली र भोटेकोशी नदीसम्मको बाढीमा बगेका पुलको कुल लम्बाइ २७९२ मिटर
सुनसरीको कोसी गाँउपालिकामा गोली लागेर एक व्यक्तिको मृत्यु
सुनसरीको कोसी गाँउपालिकामा गोली लागेर एक व्यक्तिको मृत्यु
डिजिटल हिंसा न्यूनीकरणका लागि महिला पत्रकार र सरकारको साझा जिम्मेवारी
डिजिटल हिंसा न्यूनीकरणका लागि महिला पत्रकार र सरकारको साझा जिम्मेवारी
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, सिमरामा तनाव र कर्फ्यू जारी
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, सिमरामा तनाव र कर्फ्यू जारी
सरकारले रसुवामा बाढी पीडितहरूको लागि स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय गर्यो
सरकारले रसुवामा बाढी पीडितहरूको लागि स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय गर्यो
शनिबारका विदेशी मुद्राको विनिमय दर
शनिबारका विदेशी मुद्राको विनिमय दर
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?