जितिया पर्वमा नुहाउने क्रममा डुबेर दुई १४ वर्षीया किशोरीको मृत्यु
- बारा ।
- बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ।
बारा । बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा देवताल गाउँपालिका–६ रौवाहीका १४ वर्षीया निशा पटेल र सोही ठाउँकी १४ वर्षीया चाँदनी पटेल रहेका छन्।
जितिया पर्व मनाउने क्रममा अभिभावकसँगै पोखरीमा नुहाउन गएका उनीहरू शनिबार साँझ डुबेर बेपत्ता भएका थिए। घटनाबारे जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट बेनौलीबाट खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दाको सहयोगमा खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजाबाबु ठाकुरले जानकारी दिए।
खोजीका क्रममा पोखरीको उत्तरतर्फको किनारबाट दक्षिणतर्फ पानीमा दुवै किशोरी मृत अवस्थामा फेला परेको ठाकुरले बताए। उनीहरूको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






