singel post top banner

बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा सुरु, आज वर्षा र हिमपातको सम्भावना

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
बिहिबार, कार्तिक १३, २०८२
307 Views
बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा सुरु, आज वर्षा र हिमपातको सम्भावना
समाचार सारांश
  • नेपालमा बंगालको खाडीबाट विकसित भएको ‘मोनथा’ चक्रवातको प्रभाव सुरु भएको छ।
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार, मोन्था नामक चक्रवात भारतको आन्ध्र प्रदेश हुँदै नेपालको तराई नजिकै आइपुगेको हो।

नेपालमा बंगालको खाडीबाट विकसित भएको ‘मोनथा’ चक्रवातको प्रभाव सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मोन्था नामक चक्रवात भारतको आन्ध्र प्रदेश हुँदै नेपालको तराई नजिकै आइपुगेको हो। यसले नेपालको विभिन्न स्थानमा हल्का वर्षा सुरु भएको छ।

मौसम महाशाखाका अनुसार, हाल नेपालमा मोन्था चक्रवातको प्रभावका साथै पश्चिमी वायु र अरब सागरमा बनिरहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव देखिएको छ। यसले देशभरि मौसममा परिवर्तन ल्याएको छ र आगामी दिनहरूमा वर्षा र हिमपातको सम्भावना थप बढेको छ।

आज दिउँसोको मौसम पूर्वानुमान अनुसार, कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशका धेरै स्थानहरू, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका पहाड तथा हिमाल भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाड र हिमाल भूभागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावन पनि रहेको छ।

रात्रि समयमा भने, कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका अधिकांश स्थानहरू, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। साथै, देशका उच्च पहाड र हिमाल भूभागका केही स्थानहरूमा मध्यम हिमपातको पनि सम्भावना रहेको छ। विशेष गरी, कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा भारी हिमपात र भारी वर्षाको सम्भावना रहेको छ। साथै, ती प्रदेशहरूका केही स्थानहरूमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

मौसम महाशाखाले यस मौसम परिवर्तनलाई ध्यानमा राख्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी उच्च हिमाली क्षेत्रहरूमा हिमपात र भारी वर्षाको सम्भावना भएकोले यात्रु र पर्वतारोहण गर्नेहरूलाई सतर्कता अपनाउन सुझाव दिइएको छ। साथै, बाढी र पहिरोको जोखिमलाई मध्यनजर गरी आवश्यक तयारी गर्न पनि महाशाखाले आग्रह गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

संयुक्त रूपमा आयोजित निःशुल्क छाला स्वास्थ्य शिविर सम्पन्न; २१० जना बिरामीले पाए विशेषज्ञ सेवा
संयुक्त रूपमा आयोजित निःशुल्क छाला स्वास्थ्य शिविर सम्पन्न; २१० जना बिरामीले पाए विशेषज्ञ सेवा
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दाको सास्ती र माग
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दाको सास्ती र माग
वीरगञ्जबाट ७ ग्राम ब्राउन सुगरसहित भारतीय युवक दिनेश प्रसाद पक्राउ
वीरगञ्जबाट ७ ग्राम ब्राउन सुगरसहित भारतीय युवक दिनेश प्रसाद पक्राउ
चितवनमा आगामी पुसमा बाघ र गैँडा गणना, राष्ट्रिय निकुञ्जहरूमा संरक्षण अभियान तीव्र
चितवनमा आगामी पुसमा बाघ र गैँडा गणना, राष्ट्रिय निकुञ्जहरूमा संरक्षण अभियान तीव्र
तनहुँको आँबुखैरेनीमा तेल ट्यांकर र डिब्बा ट्रक ठोक्किँदा मुग्लिङ–पोखरा सडक अवरुद्ध
तनहुँको आँबुखैरेनीमा तेल ट्यांकर र डिब्बा ट्रक ठोक्किँदा मुग्लिङ–पोखरा सडक अवरुद्ध
इजरायल पठाउने भन्दै करोडौँ ठगी: नक्कली मन्त्रिपरिषद् निर्णय देखाएर प्रतिव्यक्ति ६ लाख २० हजार असुली
इजरायल पठाउने भन्दै करोडौँ ठगी: नक्कली मन्त्रिपरिषद् निर्णय देखाएर प्रतिव्यक्ति ६ लाख २० हजार असुली
तेहरानमा जारी प्रदर्शन र मानव अधिकार उल्लंघन: २ हजारभन्दा बढीको मृत्यु
तेहरानमा जारी प्रदर्शन र मानव अधिकार उल्लंघन: २ हजारभन्दा बढीको मृत्यु
विदेशी मुद्राको नयाँ विनिमयदर घोषणा, अमेरिकी डलरको खरिददर १४४.३७ रुपैयाँ
विदेशी मुद्राको नयाँ विनिमयदर घोषणा, अमेरिकी डलरको खरिददर १४४.३७ रुपैयाँ
मधेसमा ७ दलको छलफल: संविधान मिचेर मुख्यमन्त्री नियुक्तिको विरोध
मधेसमा ७ दलको छलफल: संविधान मिचेर मुख्यमन्त्री नियुक्तिको विरोध
पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत
पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?