singel post top banner

आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, फाल्गुन २९, २०८१
213 Views
आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल
समाचार सारांश
  • आज २०८१ साल फागुन २९ गते बिहीबार फागुन शुक्ल पक्षको चतुदर्शी तिथि।
  • आज फागु पर्व रङ दलेर पहाडमा उत्सवका साथ मनाइदै छ।

आज २०८१ साल फागुन २९ गते बिहीबार फागुन शुक्ल पक्षको चतुदर्शी तिथि। आज फागु पर्व रङ दलेर पहाडमा उत्सवका साथ मनाइदै छ। तदनुसार सन् २०२५ मार्च १३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयासबाट फाइदा हुनेछ। खर्च गर्दा सचेत हुनुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : तपाईंको बोलीमा सरस्वतीको बास हुनेछ। परोपकारमा बोलीको प्रयोग गर्नु उचित हुनेछ। पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मिथुन : आफ्नै बोलीका कारण पश्चाताप हुनसक्छ। पुरानो कुराको सम्झनाले तनाव बढ्नेछ। व्यापारमा मिहिनेतको खाँचो देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : धनलक्ष्मी योग परेको छ। साढे सातको प्रभाव भए पनि शुभग्रहको बहुमत भएकाले व्यापारमा नाफा हुनेछ। राजनीतिमा सेवाको अवसर मिल्नेछ। विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने समय छ।

सिंह : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। बोली र व्यवहारमा एकरुपता हुनुपर्नेछ।

कन्या : दिन राम्रो छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। परिवारको निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ।

तुला : दिन सामान्य छ। तपाईंले गरेको श्रमको फाइदा अरुले लिने जोखिम छ। धार्मिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। अग्रजसँगको अन्तरक्रियाले मन हलुका हुनेछ।

वृश्चिक : दिन सामान्य छ। शुभग्रहको बहुमत भएकाले सोचेका काम बन्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। परिवारको साथ र सहयोग हुनेछ। ठुलालाई सम्मान गर्दा फाइदा हुनेछ।

धनु : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। जसले तपाईंको मन उदास हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट शिक्षामा फाइदा हुनेछ। राज्यको तर्फबाट त्रास बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : लगानीका क्षेत्रमा घाटा हुनेछ। स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल भए पनि मन अशान्त बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यका तर्फबाट प्राप्त सेवाका अवसरको सदुपयोग गर्नुपर्नेछ।

कुम्भ : एकल निर्णय आजको लागि तपाईंलाई घातक हुनेछ। सञ्चित धन खर्च हुनेछ। बौद्धिक साथीको सहयोग लिएर लगानी गरेमा फाइदा हुनेछ। मानसिक चिन्ता बढ्ने जोखिम छ। संकटमा परिवारको साथ मिल्नेछ।

मीन : मनमा चिन्ता बढ्नेछ। व्यापारमा संयुक्त लगानी गरेमा फाइदा हुनेछ। औषधी नियमित नगर्दा रोगले सताउने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीसँगको सहकार्य सफल बन्नेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जेनजीको नेतृत्व वर्तमान सरकारले गर्न सक्दैन: मिराज ढुंगाना
जेनजीको नेतृत्व वर्तमान सरकारले गर्न सक्दैन: मिराज ढुंगाना
भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरेको भारतीय नागरिक पक्राउ
भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरेको भारतीय नागरिक पक्राउ
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
नेपाली सेनाले संरक्षणमा जुटाउँदै १२ वटा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा जनशक्ति परिचालन।
नेपाली सेनाले संरक्षणमा जुटाउँदै १२ वटा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा जनशक्ति परिचालन।
जर्मनीको सहयोग र स्थानीय दानबाट काभ्रेपलाञ्चोकको विद्यालयमा नयाँ भवन निर्माण
जर्मनीको सहयोग र स्थानीय दानबाट काभ्रेपलाञ्चोकको विद्यालयमा नयाँ भवन निर्माण
मधेश प्रदेशसभाअघि सात दलका सांसदहरूको धर्ना र राजनीतिक विवाद
मधेश प्रदेशसभाअघि सात दलका सांसदहरूको धर्ना र राजनीतिक विवाद
निर्वाचन कानुन संशोधन नहुँदा, नेपाली राजनीतिक नेताहरूको उम्मेदवारी र सांसद पदको अयोग्यताको स्थिति जटिल
निर्वाचन कानुन संशोधन नहुँदा, नेपाली राजनीतिक नेताहरूको उम्मेदवारी र सांसद पदको अयोग्यताको स्थिति जटिल
दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान: मन्त्री सीता बादी र उपसभामुख रुबी कुमारीबीच छलफल
दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान: मन्त्री सीता बादी र उपसभामुख रुबी कुमारीबीच छलफल
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?