singel post top banner

नेपाली सेनाले संरक्षणमा जुटाउँदै १२ वटा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा जनशक्ति परिचालन।

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
शनिबार, कार्तिक ८, २०८२
252 Views
नेपाली सेनाले संरक्षणमा जुटाउँदै १२ वटा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा जनशक्ति परिचालन।
समाचार सारांश
  • नेपाल सरकारले घोषणा गरेको १२ वटा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र चुरे क्षेत्रको संरक्षणका लागि नेपाली सेनाले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ।
  • यस क्रममा सेनाले नौ हजार ४६ जना सैनिकलाई विभिन्न संरक्षण कार्यमा खटाएको जानकारी युद्धकार्य निर्देशक मनोज थापाले दिएका छन्।

नेपाल सरकारले घोषणा गरेको १२ वटा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र चुरे क्षेत्रको संरक्षणका लागि नेपाली सेनाले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ। यस क्रममा सेनाले नौ हजार ४६ जना सैनिकलाई विभिन्न संरक्षण कार्यमा खटाएको जानकारी युद्धकार्य निर्देशक मनोज थापाले दिएका छन्।

सेनाका आठ वटा गण, दुईवटा वन र पर्यावरण सुरक्षा गण र सातवटा अनाश्रित गुल्मलाई संरक्षण जिम्मेवारी दिइएको छ। चालु आर्थिक वर्षमा विभिन्न निकुञ्ज र आरक्षबाट ४२ वटा हतियार, १,९७६ जाल पासो, १,९६५ घरेलु औजार, ३३५ सवारीसाधन र १६ वटा ओखोटोपहार बरामद गरिएको उहाँले जानकारी दिए।

सेनाको यस सुरक्षा र संरक्षण प्रयासका कारण पछिल्लो १५ वर्षयता बाघ र गैँडाको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको छ भने गैँडाको सङ्ख्या ७५२ रहेको छ। अघिल्लो २००९ को गणनामा बाघको संख्या १२१ र २००५ मा गैँडाको संख्या ४०० थियो।

यस उपलब्धी हासिल गर्नका क्रममा वन्यजन्तुको आक्रमण र अन्य कारणबाट ११६ जना सैनिकले ज्यान गुमाएका छन् भने चालु आवमामा पाँच जना जंगली जनावरको आक्रमणमा परी घाइते भएका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

साथै, नेपाली सेनाले पछिल्लो दशकमा हिमालको सौन्दर्य कायम राख्न वार्षिक हिमाल सफाइ अभियान पनि सञ्चालन गर्दै आएको छ। यसरी संरक्षण र सुरक्षा अभियानले नेपालको प्राकृतिक सम्पदा र जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सरकारले रसुवामा बाढी पीडितहरूको लागि स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय गर्यो
सरकारले रसुवामा बाढी पीडितहरूको लागि स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय गर्यो
सडक अवरुद्ध हुँदा आपतकालीन अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती
सडक अवरुद्ध हुँदा आपतकालीन अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती
बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा सुरु, आज वर्षा र हिमपातको सम्भावना
बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा सुरु, आज वर्षा र हिमपातको सम्भावना
महोत्तरीमा निर्वाचनले ब्यापार र होटल व्यवसायलाई दिएको उछाल; व्यापारिक गतिविधि बढ्दै
महोत्तरीमा निर्वाचनले ब्यापार र होटल व्यवसायलाई दिएको उछाल; व्यापारिक गतिविधि बढ्दै
भरतपुरको विकास मोडल: संघीयता अनुरूप समग्र र समावेशी विकासको उदाहरण
भरतपुरको विकास मोडल: संघीयता अनुरूप समग्र र समावेशी विकासको उदाहरण
मधेश प्रदेशमा गर्मीको लहर बढ्यो, जनजीवन प्रभामधेश प्रदेशमा वित
मधेश प्रदेशमा गर्मीको लहर बढ्यो, जनजीवन प्रभामधेश प्रदेशमा वित
बर्दिबासमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन, समाजमा सचेतना फैलाउन युवा अभियन्ताको प्रयास
बर्दिबासमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन, समाजमा सचेतना फैलाउन युवा अभियन्ताको प्रयास
बालश्रम अन्त्य र बालअधिकार संरक्षणका लागि समन्वित प्रयास
बालश्रम अन्त्य र बालअधिकार संरक्षणका लागि समन्वित प्रयास
सिरहामा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
सिरहामा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
जेनजी आन्दोलनमा प्रहरी हत्याका मुख्य आरोपीहरूसहित पाँचजनालाई थप पक्राउ, मुख्यमन्त्रीको निर्देशनमा अनुसन्धान जारी
जेनजी आन्दोलनमा प्रहरी हत्याका मुख्य आरोपीहरूसहित पाँचजनालाई थप पक्राउ, मुख्यमन्त्रीको निर्देशनमा अनुसन्धान जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?