singel post top banner

नेपाली सेनाले संरक्षणमा जुटाउँदै १२ वटा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा जनशक्ति परिचालन।

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
शनिबार, कार्तिक ८, २०८२
216 Views
नेपाली सेनाले संरक्षणमा जुटाउँदै १२ वटा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा जनशक्ति परिचालन।
समाचार सारांश
  • नेपाल सरकारले घोषणा गरेको १२ वटा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र चुरे क्षेत्रको संरक्षणका लागि नेपाली सेनाले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ।
  • यस क्रममा सेनाले नौ हजार ४६ जना सैनिकलाई विभिन्न संरक्षण कार्यमा खटाएको जानकारी युद्धकार्य निर्देशक मनोज थापाले दिएका छन्।

नेपाल सरकारले घोषणा गरेको १२ वटा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र चुरे क्षेत्रको संरक्षणका लागि नेपाली सेनाले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ। यस क्रममा सेनाले नौ हजार ४६ जना सैनिकलाई विभिन्न संरक्षण कार्यमा खटाएको जानकारी युद्धकार्य निर्देशक मनोज थापाले दिएका छन्।

सेनाका आठ वटा गण, दुईवटा वन र पर्यावरण सुरक्षा गण र सातवटा अनाश्रित गुल्मलाई संरक्षण जिम्मेवारी दिइएको छ। चालु आर्थिक वर्षमा विभिन्न निकुञ्ज र आरक्षबाट ४२ वटा हतियार, १,९७६ जाल पासो, १,९६५ घरेलु औजार, ३३५ सवारीसाधन र १६ वटा ओखोटोपहार बरामद गरिएको उहाँले जानकारी दिए।

सेनाको यस सुरक्षा र संरक्षण प्रयासका कारण पछिल्लो १५ वर्षयता बाघ र गैँडाको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको छ भने गैँडाको सङ्ख्या ७५२ रहेको छ। अघिल्लो २००९ को गणनामा बाघको संख्या १२१ र २००५ मा गैँडाको संख्या ४०० थियो।

यस उपलब्धी हासिल गर्नका क्रममा वन्यजन्तुको आक्रमण र अन्य कारणबाट ११६ जना सैनिकले ज्यान गुमाएका छन् भने चालु आवमामा पाँच जना जंगली जनावरको आक्रमणमा परी घाइते भएका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

साथै, नेपाली सेनाले पछिल्लो दशकमा हिमालको सौन्दर्य कायम राख्न वार्षिक हिमाल सफाइ अभियान पनि सञ्चालन गर्दै आएको छ। यसरी संरक्षण र सुरक्षा अभियानले नेपालको प्राकृतिक सम्पदा र जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काठमाडौँमा निर्वाचन तयारी र गोरखापत्रको भूमिका : मन्त्री खरेलको प्रमुख वक्तव्य
काठमाडौँमा निर्वाचन तयारी र गोरखापत्रको भूमिका : मन्त्री खरेलको प्रमुख वक्तव्य
मुस्टाङ उपल्लो भागमा भारी हिमपात, पर्यटक प्रभावित र बाटो चिप्लो—प्रशासन सतर्कता अपनाएको
मुस्टाङ उपल्लो भागमा भारी हिमपात, पर्यटक प्रभावित र बाटो चिप्लो—प्रशासन सतर्कता अपनाएको
डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा
डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा
गृह मन्त्रालयले महाअभियानका राजनीतिक माग पूरा गर्न पार्टी दर्ता र निर्वाचनमा सहभागी हुन सुझायो
गृह मन्त्रालयले महाअभियानका राजनीतिक माग पूरा गर्न पार्टी दर्ता र निर्वाचनमा सहभागी हुन सुझायो
दक्षिण कोरियाली विपद् राहत ११ सदस्यीय टोली नेपाल आइपुग्यो उद्धार कार्य सुरु
दक्षिण कोरियाली विपद् राहत ११ सदस्यीय टोली नेपाल आइपुग्यो उद्धार कार्य सुरु
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
सुनसरी देवानगञ्जमा तनाव र झडप: पाँचबुँदे सहमतिको प्रयास
सुनसरी देवानगञ्जमा तनाव र झडप: पाँचबुँदे सहमतिको प्रयास
फास्ट ट्र्याक निर्माणाधीन टुचन मेसिन खस्दा एक मजदुरको मृत्यु, एक घाइते
फास्ट ट्र्याक निर्माणाधीन टुचन मेसिन खस्दा एक मजदुरको मृत्यु, एक घाइते
तनहुँ जलविद्युत् आयोजना: मुख्य बाँधको निर्माण ६२ प्रतिशत सम्पन्न
तनहुँ जलविद्युत् आयोजना: मुख्य बाँधको निर्माण ६२ प्रतिशत सम्पन्न
पत्रकारमाथि भएको आक्रमणको छानबिन गर्न इजरायलसँग एएफपीको आग्रह
पत्रकारमाथि भएको आक्रमणको छानबिन गर्न इजरायलसँग एएफपीको आग्रह
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?