भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरेको भारतीय नागरिक पक्राउ
- चितवन — भरतपुर महानगरपालिका–२, आँपटारीबाट अवैध रूपमा अन्तर्राष्ट्रिय टेलिकम बाइपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ।
- पक्राउ पर्नेमा २५ वर्षीय कथराम निथिन रहेको प्रहरीले जानकारी दिएको छ।
चितवन — भरतपुर महानगरपालिका–२, आँपटारीबाट अवैध रूपमा अन्तर्राष्ट्रिय टेलिकम बाइपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा २५ वर्षीय कथराम निथिन रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार, उनलाई बिहीबार नियन्त्रणमा लिइएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक सहयोगमा उक्त कार्यमा संलग्न भएको आशंकामा अनुसन्धान गरिरहेको छ।
प्रारम्भिक अनुसन्धानमा, बरामद उपकरण र सामग्रीहरू भीओआईपीमा प्रयोग भइरहेको पुष्टि भएको छ। प्रहरीका अनुसार, यस गतिविधि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा ५ अन्तर्गतको अपराध मानिएको छ।
पक्राउ परेका व्यक्तिको साथबाट २६ थान मोबाइल, २ थान ल्यापटप, ७७ थान एनसेल सिमकार्ड, १८ थान नेपाल टेलिकमका सिमकार्ड र ४ थान सीपीयू बरामद गरिएको छ। यस उपकरणहरू मार्फत ठूलो संख्यामा सिमकार्ड प्रयोग गरी अन्तर्राष्ट्रिय कललाई अवैध रूपमा बाइपास गर्ने गतिविधि भइरहेको आशंका प्रहरीले जनाएको छ।
प्रहरीले अझै थप अनुसन्धान गरिरहेको र उनको गतिविधि सम्बन्धी थप जानकारी संकलन गरिरहेको बताएको छ। यस सम्बन्धमा आवश्यक कानूनी प्रक्रिया अगाडि बढाईने तयारी भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाले नेपालको टेलिकम प्रणालीमा सुरक्षा र निगरानीको आवश्यकतालाई अझै सशक्त बनाउने संकेत दिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






