singel post top banner

नेकपा एमाले रत्ननगरको अध्यक्षमा इश्वरी अर्याल

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
मंगलबार, फाल्गुन २०, २०८१
679 Views
नेकपा एमाले रत्ननगरको अध्यक्षमा इश्वरी अर्याल
समाचार सारांश
  • रत्ननगर ।
  • नेकपा एमाले रत्ननगर नगर कमिटिको अध्यक्षमा इश्वरी प्रसाद अर्याल चयन भएका छन् ।

रत्ननगर । नेकपा एमाले रत्ननगर नगर कमिटिको अध्यक्षमा इश्वरी प्रसाद अर्याल चयन भएका छन् । सो पाटीको १०औं नगर अधिबेशनबाट अर्याल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

अर्याल यस अघि पनि नगर कमिटीको अध्यक्ष थिए । ६५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा आशिक तामाङ, सचिवमा सागर मिश्र, उपसचिबमा वालकृष्ण भटराई(राजु), उपसचिब सविता चौधरी र लेखा समिति अध्यक्षमा अमित कुमार गुप्ता, उपाध्यक्षमा टीकाराम आचार्य र सचिवमा विमल दुवाडी चयन भएका छन् । नवनिर्वाचित कमिटीलाई मंगलबार एमाले जिल्ला पार्टी कार्यालयमा पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ ।

केन्द्रीय सदस्य तथा नगर अधिबेशन अध्यक्षमण्डलका अध्यक्ष प्रभा बरालले नगर अध्यक्ष सहित पदाधिकारी तथा सदस्य, लेखा समिति अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन ।

नेकपा एमाले पोलिटब्युरो सदस्य चितवन जिल्ला इन्चाज देवी ज्ञावली प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जेगन्नाथ थपलिया, केन्द्रीय सदस्य यम बहादुर परियार, प्रदेश उपाध्यक्ष दावा दोर्जे लामा, प्रदेश कमिटी सदस्यहरु रामप्रसाद न्यौपाने, टिका पौडेल, मुकुन्द दवाडी, श्यामलाल विक, विमला दवाडी, जिल्ला अध्यक्ष कमलराज पाठक, श्याम कुमार विष्ट, उपसचिव मिन वहादुर परियार, सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख प्रकाश आचार्य, जिल्ला कमिटी सदस्य प्रताप डल्लाकोटी लगायतको उपस्थिति रहेको थियो । नेकपा एमाले नगर अधिबेसन अध्यक्षमण्डल सदस्य प्रकाश खनाल सैलेशले कार्यक्रम सञ्चालन गरेका थिए ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

दिल्लीमा हिन्दू संगठनहरूको विरोध प्रदर्शन, बंगलादेशमा हिन्दू युवालाई भीडद्वारा हत्या र हिंसाका घटनामा कडा आपत्ति
दिल्लीमा हिन्दू संगठनहरूको विरोध प्रदर्शन, बंगलादेशमा हिन्दू युवालाई भीडद्वारा हत्या र हिंसाका घटनामा कडा आपत्ति
ओपनएआईको वित्तीय संकट: अरबौं लगानी र घाटाको बीच भविष्य अनिश्चितता
ओपनएआईको वित्तीय संकट: अरबौं लगानी र घाटाको बीच भविष्य अनिश्चितता
काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपित खरेलको बयान प्रक्रिया सुरु
काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपित खरेलको बयान प्रक्रिया सुरु
सुर्खेतमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको होस्टल संचालक आरोपमा पक्राउ
सुर्खेतमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको होस्टल संचालक आरोपमा पक्राउ
दार्चुलामा फरार महिला र पुरुष करणी मुद्दामा ९ वर्षपछि पक्राउ
दार्चुलामा फरार महिला र पुरुष करणी मुद्दामा ९ वर्षपछि पक्राउ
काठमाडौँ महानगरले रु २३ अर्बको सार्वजनिक जग्गा फिर्ता, २०८ रोपनी अतिक्रमण मुक्त
काठमाडौँ महानगरले रु २३ अर्बको सार्वजनिक जग्गा फिर्ता, २०८ रोपनी अतिक्रमण मुक्त
सर्वोच्च अदालतमा किशोरी साहको रिट सुनुवाइ हुँदै, धनुषा क्षेत्र १ को निर्वाचन विवाद जारी
सर्वोच्च अदालतमा किशोरी साहको रिट सुनुवाइ हुँदै, धनुषा क्षेत्र १ को निर्वाचन विवाद जारी
भ्रष्टाचारको जानकारी पाए नेपाली जनताको तर्फबाट कडा कारवाहीको घोषणा
भ्रष्टाचारको जानकारी पाए नेपाली जनताको तर्फबाट कडा कारवाहीको घोषणा
मकवानपुरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग, कांग्रेसमा प्रवेश
मकवानपुरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग, कांग्रेसमा प्रवेश
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्माण, महिला सुरक्षामा विशेष जोड
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्माण, महिला सुरक्षामा विशेष जोड
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?