singel post top banner

मकवानपुरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग, कांग्रेसमा प्रवेश

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, फाल्गुन ११, २०८२
159 Views
मकवानपुरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग, कांग्रेसमा प्रवेश
समाचार सारांश
  • मकवानपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मकवानपुर जिल्ला सभापति भरत पराजुलीले पार्टीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन्।
  • उनले आफू रास्वपाबाट नै कांग्रेसमा फर्किएको जानकारी दिएका हुन्।

मकवानपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मकवानपुर जिल्ला सभापति भरत पराजुलीले पार्टीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन्। उनले आफू रास्वपाबाट नै कांग्रेसमा फर्किएको जानकारी दिएका हुन्।

पराजुलीलाई कांग्रेस मकवानपुरको सचिव ईश्वर पाठकले सर्लाही-४ बाट पार्टीमा स्वागत गरेका हुन्। साथै, उनीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर २ का चुनावी संयोजक नीराजन बर्तौला पनि कांग्रेसमा प्रवेश गरेका छन्।

गत २०७९ को निर्वाचनमा रास्वपाबाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका पराजुलीले १२,०५९ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभएको थियो। उनले आफ्ना भनाइमा, वर्तमान नेतृत्वले रास्वपाको स्थापना कालमा ल्याएको युवा राजनीतिमा समर्पित भावना, युवालाई छान्ने नीति, नातावाद–आशीर्वाद र आर्थिक प्रभावभन्दा माथि उठ्ने प्रतिबद्धता लत्याएका छन्।

पराजुलीले थपे, “पार्टीले पछिल्लो समयमा अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मुल्यमान्यता, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएपछि बाध्य भएर पार्टी छोड्नुपरेको हो।” उनी भन्छन्, संगठनमा समर्पित नेता–कार्यकर्ताको उचित मूल्याङ्कन नभएको, विधि–विधान विपरीत गतिविधि बढिरहेको र निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बन्दै गएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि प्रश्न उठाएको छ।

पराजुलीले भन्नुभयो, “यस्तो परिस्थितिमा म मौन रहन सक्दिनँ। त्यसकारण मैले पार्टीको साधारण सदस्यबाट समेत अलग हुने निर्णय गरेको हुँ।” यस कदमले मकवानपुर जिल्लामा राजनीतिक हलचलक थपिएको छ भने, कांग्रेसमा प्रवेशले स्थानीय राजनीतिक समीकरणमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुनको बिस्कुट देखाई १४ लाख ठगी गर्ने आरोपी पक्राउ, ५४७ ग्राम पहेँलो धातु सहित पक्राउ
सुनको बिस्कुट देखाई १४ लाख ठगी गर्ने आरोपी पक्राउ, ५४७ ग्राम पहेँलो धातु सहित पक्राउ
चक्रवात अर्नबको प्रभावः भारतमा तीन जनाको मृत्यु, नेपालका पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना
चक्रवात अर्नबको प्रभावः भारतमा तीन जनाको मृत्यु, नेपालका पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै
रौतहटमा अवैध सालको काठसहित सवारीसाधन बरामद, तस्करहरु फरार
रौतहटमा अवैध सालको काठसहित सवारीसाधन बरामद, तस्करहरु फरार
बैतडीमा भिरबाट लडेर तीनजनाको मृत्यु, खोजी जारी
बैतडीमा भिरबाट लडेर तीनजनाको मृत्यु, खोजी जारी
फोहोरमैला व्यवस्थापन सुधारको लागि नयाँ विधेयक संसद्मा दर्ता
फोहोरमैला व्यवस्थापन सुधारको लागि नयाँ विधेयक संसद्मा दर्ता
सिरहा जिल्लामा अवैध सामान बरामद, करिब ९ लाख बराबरको सामान नियन्त्रणमा
सिरहा जिल्लामा अवैध सामान बरामद, करिब ९ लाख बराबरको सामान नियन्त्रणमा
मधेश प्रदेश सरकारले किसान र बेरोजगार युवाहरूलाई राहत र बेरोजगार भत्ता दिने घोषणा
मधेश प्रदेश सरकारले किसान र बेरोजगार युवाहरूलाई राहत र बेरोजगार भत्ता दिने घोषणा
चीनले नेपाललाई ५० टन आपतकालीन राहत सामग्री र उद्धार विशेषज्ञ पठायो
चीनले नेपाललाई ५० टन आपतकालीन राहत सामग्री र उद्धार विशेषज्ञ पठायो
जनकपुरधाममा भव्य रूपमा मनाइँदै विवाह पञ्चमी, राम–सीताको दिव्य विवाह महोत्सवमा हजारौँ भक्तजनको उत्साह
जनकपुरधाममा भव्य रूपमा मनाइँदै विवाह पञ्चमी, राम–सीताको दिव्य विवाह महोत्सवमा हजारौँ भक्तजनको उत्साह
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?