singel post top banner

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्माण, महिला सुरक्षामा विशेष जोड

belwo post title ad banner
महेश सिंह महेश सिंह
मंगलबार, आश्विन २७, २०८३
92 Views
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्माण, महिला सुरक्षामा विशेष जोड
समाचार सारांश
  • महेश सिंह लहान सिरहा– विपद्का समयमा सही सूचना समयमै समुदायसम्म पुर्‍याउने र जोखिममा रहेका नागरिकको सुरक्षालाई प्राथमिकता दिने उद्देश्यले रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्माण गरिएको छ।
  • गौर नगरपालिका, राजपुर नगरपालिका र यमुनामाई गाउँपालिकामा सम्बन्धित स्थानीय तहका विपद् व्यवस्थापन समिति र ओरेक नेपालको प्राविधिक सहकार्यमा सन् २०२६ अक्टोबर १ देखि ८ सम्म योजना निर्माण गरिएको हो।

महेश सिंह लहान सिरहा– विपद्का समयमा सही सूचना समयमै समुदायसम्म पुर्‍याउने र जोखिममा रहेका नागरिकको सुरक्षालाई प्राथमिकता दिने उद्देश्यले रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्माण गरिएको छ।

गौर नगरपालिका, राजपुर नगरपालिका र यमुनामाई गाउँपालिकामा सम्बन्धित स्थानीय तहका विपद् व्यवस्थापन समिति र ओरेक नेपालको प्राविधिक सहकार्यमा सन् २०२६ अक्टोबर १ देखि ८ सम्म योजना निर्माण गरिएको हो।

जलवायु परिवर्तन तथा अन्य कारणले निम्तिन सक्ने बाढी, डुबान, आगलागी र हावाहुरीजस्ता प्राकृतिक विपद्का साथै सर्पदंश, वन्यजन्तुबाट हुने जोखिम, कृषि क्षेत्रमा विद्युतीय करेन्ट, सडक दुर्घटना तथा सामुदायिक द्वन्द्वलाई समेत समेटेर योजना तयार पारिएको छ।

महिला तथा जोखिममा रहेका समुदायको सुरक्षा प्राथमिकतामा

विपद् जोखिम सञ्चार योजनाले विपद्का समयमा सूचना प्रवाहलाई प्रभावकारी बनाउनुका साथै महिला, गर्भवती तथा सुत्केरी महिला, किशोरी, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता तथा सुरक्षालाई विशेष प्राथमिकता दिएको छ।

विपद्का समयमा हुन सक्ने लैङ्गिक हिंसा तथा यौन दुर्व्यवहारको जोखिम न्यूनीकरण, यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच र आवश्यक संरक्षण सेवासम्बन्धी सूचना प्रवाहलाई पनि योजनामा महत्त्व दिइएको छ।

विपद्का बेला सबै समुदायसम्म समान रूपमा सूचना पुग्न नसक्दा जोखिममा रहेका व्यक्तिहरू थप प्रभावित हुन सक्ने भएकाले योजना निर्माणमा लैङ्गिक उत्तरदायी, समावेशी र मानव अधिकारमैत्री दृष्टिकोणलाई जोड दिइएको हो।

पूर्वतयारीदेखि पुनर्स्थापनासम्म समन्वय

निर्माण गरिएका योजनाले विपद् आउनुअघि पूर्वतयारी, विपद्का समयमा सूचना प्रवाह तथा प्रतिकार्य र विपद्पछि सुरक्षित पुनर्स्थापनाका लागि स्थानीय तह, समुदाय र सरोकारवाला निकायबीच समन्वयलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

समुदायमा समयमै सही सूचना पुर्‍याउने, विपद्सम्बन्धी जनचेतना बढाउने तथा सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने योजनाको मुख्य उद्देश्य रहेको छ।

तीनवटै स्थानीय तहका विपद् व्यवस्थापन समितिबाट योजना अनुमोदन भई कार्यपालिकामा निर्णयका लागि पेस गरिएको छ। योजनालाई कार्यपालिकाबाट पारित गरी स्थानीय राजपत्रमा प्रकाशन गर्ने प्रक्रिया अगाडि बढाउन जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका छन्।

तीनवटै पालिकाको विपद् जोखिम सञ्चार योजना निर्माणमा ओरेक नेपालकी मधेश प्रदेश संयोजक वीणा सिंहले प्राविधिक सहयोग गर्नुभएको थियो।

ओरेक नेपालले योजना निर्माणका क्रममा समन्वय, सहकार्य तथा प्राविधिक सहयोग गर्ने स्थानीय जनप्रतिनिधि, कर्मचारी, विपद् व्यवस्थापन समितिका पदाधिकारी र अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।

स्थानीय तहको नेतृत्व, संस्थागत प्रतिबद्धता र समुदायको सक्रिय सहभागिताबाट योजनाको प्रभावकारी कार्यान्वयन हुने तथा विपद्का कारण हुने क्षति न्यूनीकरणमा योगदान पुग्ने विश्वास गरिएको छ।

‘विपद् जोखिम न्यूनीकरण हामी सबैको साझा जिम्मेवारी’ भन्ने मान्यताका साथ तयार गरिएका यी योजनाको प्रभावकारी कार्यान्वयनले समुदायलाई विपद्प्रति थप सचेत र सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

युग पाठक नेकपा एमालेबाट पार्टी प्रवेश, प्रचण्ड नेतृत्वमा नयाँ सुरु
युग पाठक नेकपा एमालेबाट पार्टी प्रवेश, प्रचण्ड नेतृत्वमा नयाँ सुरु
मधेसमा मुख्यमन्त्री नियुक्ति विरोधमा प्रमुख कार्यालय तोडफोड, नेताकार्यकर्ताको नारावाजी
मधेसमा मुख्यमन्त्री नियुक्ति विरोधमा प्रमुख कार्यालय तोडफोड, नेताकार्यकर्ताको नारावाजी
वर्षा, बाढी र पहिरोका कारण नेपाल टेलिकमको सेवा प्रभावित
वर्षा, बाढी र पहिरोका कारण नेपाल टेलिकमको सेवा प्रभावित
मिटरब्याज पीडित र सरकारबीच तेस्रो चरणको वार्ता असफल, आन्दोलन जारी रहने
मिटरब्याज पीडित र सरकारबीच तेस्रो चरणको वार्ता असफल, आन्दोलन जारी रहने
मधेश प्रदेशका अर्थमन्त्री भट्टराईको गाडी तोडफोड; एक जना पक्राउ
मधेश प्रदेशका अर्थमन्त्री भट्टराईको गाडी तोडफोड; एक जना पक्राउ
टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा जनकपुरबाट २० वर्षीय युवक पक्राउ
टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा जनकपुरबाट २० वर्षीय युवक पक्राउ
दाङ गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्दा दायर
दाङ गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्दा दायर
विमानस्थलमा अलपत्र परेका यात्रुहरूलाई लोकतान्त्रिक होटल व्यवसायी सङ्घले सहयोग प्रदान
विमानस्थलमा अलपत्र परेका यात्रुहरूलाई लोकतान्त्रिक होटल व्यवसायी सङ्घले सहयोग प्रदान
सुनसरी देवानगञ्जमा तनाव र झडप: पाँचबुँदे सहमतिको प्रयास
सुनसरी देवानगञ्जमा तनाव र झडप: पाँचबुँदे सहमतिको प्रयास
राष्ट्रिय मानव अधिकार आयोगले शान्तिपूर्ण प्रदर्शनका मागहरू समयमा सम्बोधन गर्न सरकारलाई आह्वान
राष्ट्रिय मानव अधिकार आयोगले शान्तिपूर्ण प्रदर्शनका मागहरू समयमा सम्बोधन गर्न सरकारलाई आह्वान
singel sidbar banner
singel sidbar banner 2