singel post top banner

कालीकोटमा जीप दुर्घटना; तीन जनाको मृत्यु

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, माघ ३, २०८२
243 Views
कालीकोटमा जीप दुर्घटना; तीन जनाको मृत्यु
समाचार सारांश
  • कालीकोट – कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
  • सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको हो।

कालीकोट – कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा दुई जना स्काभेटरका अपरेटर र एक जना सहचालक रहेका छन्। कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीका अनुसार, मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र कालीकोटको शुभकालिका–२ का नवराज शाही रहेका छन्। उनीहरू सबैजना सेरी पान्तडी सडक खन्ने काममा संलग्न थिए।

प्रहरीका अनुसार, दुर्घटनापछि तीनै शवलाई सडकबाट ५०० मिटर तल तिला नदीको किनारामा टुक्राटुक्रा अवस्थामा भेटिएको छ। शवहरू निकालेर परीक्षणका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरी प्रमुख खत्रीले बताए। साथै, दुर्घटनामा परेका गाडी सडकबाट टाढा ५०० मिटर तलको तिला नदीको किनारामा भेटिएको र गाडी चालक प्रहरीसँग सम्पर्कमा आएको, तर सोधपुछ अझै बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाको खबर पाएपछि सदरमुकाम मान्मबाट प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख खत्री र सेनाका सदस्यहरू घटनास्थल पुगेका थिए। प्रहरी र स्थानीय निकायले दुर्घटनाको कारण अनुसन्धान गरिरहेको बताएको छ।

यस घटनाले स्थानीय जनता र परिवारमा शोक छाएको छ भने, दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। दुर्घटना पीडित परिवारलाई सरकार र स्थानीय निकायबाट आवश्यक राहत तथा सहायता उपलब्ध गराइने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

प्रचण्डको दावी: ओली हावादारी कुरा गर्छन्, एमालेका सबै नेताहरू हाम्रो पार्टीमा आउने विश्वास
प्रचण्डको दावी: ओली हावादारी कुरा गर्छन्, एमालेका सबै नेताहरू हाम्रो पार्टीमा आउने विश्वास
सर्वोच्च अदालतको आदेश: सडक पेटी अतिक्रमण तत्काल हटाउन सरकारलाई परमादेश
सर्वोच्च अदालतको आदेश: सडक पेटी अतिक्रमण तत्काल हटाउन सरकारलाई परमादेश
‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्य माइतीघरबाट पक्राउ
‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्य माइतीघरबाट पक्राउ
नेपाल फेरि पनि एफएटीएफको ग्रे लिस्टबाट बाहिर निस्किन असफल, सुधारको प्रयास अझै जारी
नेपाल फेरि पनि एफएटीएफको ग्रे लिस्टबाट बाहिर निस्किन असफल, सुधारको प्रयास अझै जारी
गोलबजार घटना – छानबिनमा गृहमन्त्रालयको उच्चस्तरीय समिति सक्रिय
गोलबजार घटना – छानबिनमा गृहमन्त्रालयको उच्चस्तरीय समिति सक्रिय
धनगढीमा घरायसी विवादका क्रममा महिलाले आफ्नै श्रीमानलाई हथौडाबाट हत्या गरेकी
धनगढीमा घरायसी विवादका क्रममा महिलाले आफ्नै श्रीमानलाई हथौडाबाट हत्या गरेकी
विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारंभ : नेपाल सरकारको यात्रु सुरक्षा र प्रवर्द्धनमा नयाँ पहल
विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारंभ : नेपाल सरकारको यात्रु सुरक्षा र प्रवर्द्धनमा नयाँ पहल
लहान अस्पतालका मेसु वर्षा प्रकाशले भीआइपीलाई दिएन्न स्थान बिरामीकै हातबाट उद्घाटन
लहान अस्पतालका मेसु वर्षा प्रकाशले भीआइपीलाई दिएन्न स्थान बिरामीकै हातबाट उद्घाटन
अल नासरले साउदी प्रो लिगमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै निओम एससिलाई ३-१ गोलले पराजित, शीर्ष स्थानमा स्थिरता
अल नासरले साउदी प्रो लिगमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै निओम एससिलाई ३-१ गोलले पराजित, शीर्ष स्थानमा स्थिरता
सरकारले जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद गर्ने घोषणा
सरकारले जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद गर्ने घोषणा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?