singel post top banner

कालीकोटमा जीप दुर्घटना; तीन जनाको मृत्यु

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, माघ ३, २०८२
205 Views
कालीकोटमा जीप दुर्घटना; तीन जनाको मृत्यु
समाचार सारांश
  • कालीकोट – कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
  • सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको हो।

कालीकोट – कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा दुई जना स्काभेटरका अपरेटर र एक जना सहचालक रहेका छन्। कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीका अनुसार, मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र कालीकोटको शुभकालिका–२ का नवराज शाही रहेका छन्। उनीहरू सबैजना सेरी पान्तडी सडक खन्ने काममा संलग्न थिए।

प्रहरीका अनुसार, दुर्घटनापछि तीनै शवलाई सडकबाट ५०० मिटर तल तिला नदीको किनारामा टुक्राटुक्रा अवस्थामा भेटिएको छ। शवहरू निकालेर परीक्षणका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरी प्रमुख खत्रीले बताए। साथै, दुर्घटनामा परेका गाडी सडकबाट टाढा ५०० मिटर तलको तिला नदीको किनारामा भेटिएको र गाडी चालक प्रहरीसँग सम्पर्कमा आएको, तर सोधपुछ अझै बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाको खबर पाएपछि सदरमुकाम मान्मबाट प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख खत्री र सेनाका सदस्यहरू घटनास्थल पुगेका थिए। प्रहरी र स्थानीय निकायले दुर्घटनाको कारण अनुसन्धान गरिरहेको बताएको छ।

यस घटनाले स्थानीय जनता र परिवारमा शोक छाएको छ भने, दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। दुर्घटना पीडित परिवारलाई सरकार र स्थानीय निकायबाट आवश्यक राहत तथा सहायता उपलब्ध गराइने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काठमाडौँ चेक पोस्टबाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ
काठमाडौँ चेक पोस्टबाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ
पर्सामा १६० किलो गाँजा सहित कार चालक पक्राउ, २२,५०० रुपैयाँ नगद र स्मार्टफोन समेत बरामद
पर्सामा १६० किलो गाँजा सहित कार चालक पक्राउ, २२,५०० रुपैयाँ नगद र स्मार्टफोन समेत बरामद
बछौलीमा ३६ जनाले गरे रक्तदान
बछौलीमा ३६ जनाले गरे रक्तदान
रसुवाको भोटेकोशी बाढीमा ७ जनाको शव फेला, खोजी कार्य जारी
रसुवाको भोटेकोशी बाढीमा ७ जनाको शव फेला, खोजी कार्य जारी
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, तीन अध्यादेश स्वीकृतको तयारी
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, तीन अध्यादेश स्वीकृतको तयारी
धनुषामा ०.११ मिलिग्राम खैरो हेरोइन र एक सर्टगन सहित एक युवक पक्राउ
धनुषामा ०.११ मिलिग्राम खैरो हेरोइन र एक सर्टगन सहित एक युवक पक्राउ
डडेल्धुरामा जिप दुर्घटना: २ जनाको मृत्यु र ३ घाइते
डडेल्धुरामा जिप दुर्घटना: २ जनाको मृत्यु र ३ घाइते
चन्द्रपुरमा महेन्द्र राजमार्ग खुल्यो: ग्यास बुलेट हटाइएपछि यातायात सञ्चालन
चन्द्रपुरमा महेन्द्र राजमार्ग खुल्यो: ग्यास बुलेट हटाइएपछि यातायात सञ्चालन
ढोरपाटनमा पिकअप दुर्घटना: मृत्यु र घाइतेको पहिचान खुल्यो
ढोरपाटनमा पिकअप दुर्घटना: मृत्यु र घाइतेको पहिचान खुल्यो
नेपाल र चीनबीच हिमतालको जोखिम न्यूनीकरणका लागि तत्काल कूटनीतिक पहल र वैज्ञानिक अध्ययनको आवश्यकताको संयुक्त नेतृत्व
नेपाल र चीनबीच हिमतालको जोखिम न्यूनीकरणका लागि तत्काल कूटनीतिक पहल र वैज्ञानिक अध्ययनको आवश्यकताको संयुक्त नेतृत्व
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?