singel post top banner

आत्मदाह प्रयासबाट २५ वर्षीय गणेश नेपालीको गम्भीर जलन, आईसीयूमा उपचार जारी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, आषाढ २५, २०८३
72 Views
आत्मदाह प्रयासबाट २५ वर्षीय गणेश नेपालीको गम्भीर जलन, आईसीयूमा उपचार जारी
समाचार सारांश
  • काठमाडौं — त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचार अहिले वीर अस्पतालमा भइरहेको छ।
  • उनको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।

काठमाडौं — त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचार अहिले वीर अस्पतालमा भइरहेको छ। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।

डाक्टर पीयूष दाहालका अनुसार, गणेशको शरीरको धेरै भाग जलेको र उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्न तयार भइरहेको छ। प्रारम्भिक परीक्षण र प्राथमिक उपचारपछि उनको शरीरको लगभग ६० प्रतिशत भाग जलेको अनुमान गरिएको छ।

उनका अनुसार, उनको अनुहार, घाँटी, छाती, दुवै हात र खुट्टाका केही भागमा गम्भीर जलन देखिएको छ। अस्पतालमा आवश्यक औषधि र परीक्षण पूरा गरी, उनको स्वास्थ्य जटिलता र संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आईसीयूमा सार्ने तयारी भइरहेको चिकित्सकले बताए।

डाक्टर दाहालले भने, “अहिले उनको अवस्था निकै गम्भीर छ। अनुहारदेखि छाती, घाँटी, हात र खुट्टासम्म जलन भएको छ। शरीरको करिब ६० प्रतिशत भाग जलेको छ।” उनले थपे, “हालसम्म सामान्य रूपमा बोल्न सक्ने अवस्था भए पनि, अवस्था अझै क्रिटिकल छ। सबै औषधि सुरु गरिसकेका छौं र आईसीयूमा राखेर निरन्तर उपचार गरिरहेका छौं।”

उनका अनुसार, शरीरको ठूलो भाग जलेको कारण संक्रमण, श्वासप्रश्वास समस्या, तरल पदार्थको कमी लगायतका जटिलता हुन सक्ने खतरा उच्च रहेको छ। चिकित्सकहरूले प्रारम्भिक २४ देखि ७२ घण्टा अत्यन्त संवेदनशील समय भएको बताए।

गणेश नेपालीको यो प्रयास र उनको अवस्थालाई ध्यानमा राख्दै अस्पतालका चिकित्सकहरूले निरन्तर निगरानी र उपचार जारी राख्ने बताएका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

डेढ क्विन्टल गाँजासहित एक युवक पक्राउ, मोटरसाइकल चालक फरार
डेढ क्विन्टल गाँजासहित एक युवक पक्राउ, मोटरसाइकल चालक फरार
गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
वैदेशिक रोजगार विभागबाट १३ जना बिचौलिया पक्राउ, अनुसन्धान जारी
वैदेशिक रोजगार विभागबाट १३ जना बिचौलिया पक्राउ, अनुसन्धान जारी
सरकारले भन्यो: एनसेल शेयर खरिद-बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन हुँदैछ
सरकारले भन्यो: एनसेल शेयर खरिद-बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन हुँदैछ
रास्वपाले १८ वर्ष मुनिकालाई सदस्यता वितरण गरेको विषयमा मानवअधिकार आयोगलाई जानकारी दिए
रास्वपाले १८ वर्ष मुनिकालाई सदस्यता वितरण गरेको विषयमा मानवअधिकार आयोगलाई जानकारी दिए
मटिहानीमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम र बजेटको प्रस्ताव आज
मटिहानीमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम र बजेटको प्रस्ताव आज
नेपालमा राष्ट्र निर्माण र युवा शक्ति: राष्ट्रिय सेवा दलको तालिम विस्तार आवश्यक
नेपालमा राष्ट्र निर्माण र युवा शक्ति: राष्ट्रिय सेवा दलको तालिम विस्तार आवश्यक
महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु
महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु
जनकपुरधाममा शान्ति र सद्भावको लागि विशाल र्‍याली, दोषीलाई कारबाहीको माग
जनकपुरधाममा शान्ति र सद्भावको लागि विशाल र्‍याली, दोषीलाई कारबाहीको माग
सिरहा जिल्लाका किसानहरू पठनबेमौसमी वर्षाका कारण ठूलो संकटमा, तत्काल राहत र क्षतिपूर्तिको माग
सिरहा जिल्लाका किसानहरू पठनबेमौसमी वर्षाका कारण ठूलो संकटमा, तत्काल राहत र क्षतिपूर्तिको माग
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?