बोदेबरसाईन नगरपालिकाले कृषि विद्युत् महसुलको अनुदान रोक्ने, अब किसान आफैंले तिर्नुपर्ने
- सप्तरी — सप्तरीको बोदेबरसाईन नगरपालिकाले कृषि विद्युत् मिटरको महसुलबापत दिँदै आएको अनुदान तथा भुक्तानी स्थगित गर्ने निर्णय गरेको छ।
- नगरपालिकाले सूचना जारी गर्दै आर्थिक वर्ष २०८३/८४ देखि कृषि मिटरको महसुल सम्बन्धित कृषकले नै नेपाल विद्युत् प्राधिकरणमा बुझाउनुपर्ने जनाएको हो।
सप्तरी — सप्तरीको बोदेबरसाईन नगरपालिकाले कृषि विद्युत् मिटरको महसुलबापत दिँदै आएको अनुदान तथा भुक्तानी स्थगित गर्ने निर्णय गरेको छ। नगरपालिकाले सूचना जारी गर्दै आर्थिक वर्ष २०८३/८४ देखि कृषि मिटरको महसुल सम्बन्धित कृषकले नै नेपाल विद्युत् प्राधिकरणमा बुझाउनुपर्ने जनाएको हो।
नेपाल सरकार, अर्थ मन्त्रालयले अनिवार्यबाहेकका अन्य खर्च कटौती गर्न दिएको निर्देशनअनुसार कृषि विद्युत् मिटरको अनुदान तथा महसुल भुक्तानी हाललाई स्थगित गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसागर यादवका अनुसार आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा नगरपालिकाका विभिन्न वडाबाट कृषि विद्युत् मिटरका लागि दर्ता भएका कृषकको महसुल आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म मात्रै नगरपालिकाले भुक्तानी गर्नेछ।
नगरपालिकाकी कृषि विकास अधिकृत हिमानी यादवले आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी कृषि विद्युत् मिटरको महसुल सम्बन्धित कृषकले समयमै नेपाल विद्युत् प्राधिकरणमा बुझाउनुपर्ने बताइन्। नगरपालिकाले महसुल भुक्तानी गर्न छाडेपछि स्थानीय कृषक प्रभावित हुने देखिएको छ। यसअघि नगरपालिकाले तिरिदिँदै आएको महसुल अब आफैंले बुझाउनुपर्ने भएपछि कृषकलाई थप आर्थिक भार पर्नेछ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






