भन्सार कागजातभन्दा ४४ क्यारेट बढी माछा लोड गरिएको ट्रक वीरगञ्जमा नियन्त्रणमा
- वीरगञ्ज ।
- भन्सार कागजातमा उल्लेख भएभन्दा बढी माछा लोड गरिएको ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
वीरगञ्ज । भन्सार कागजातमा उल्लेख भएभन्दा बढी माछा लोड गरिएको ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा प्रहरीले बुधबार राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डबाट ट्रक नियन्त्रणमा लिएको हो। प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको मालवाहक ट्रक जाँच गर्दा भन्सार प्रज्ञापनपत्रमा ९६ क्यारेट माछा उल्लेख भएको, तर ट्रकमा थप ४४ क्यारेट माछा लोड गरिएको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीले ट्रकसहित चालक वीरगञ्ज महानगरपालिका–२१ का २३ वर्षीय रविकुमार साहलाई नियन्त्रणमा लिएको थियो। बरामद माछाको मूल्य ३२ लाख ११ हजार ३९२ रुपैयाँ कायम गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहीबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






