आइजीपी कार्कीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो? हर्क साम्पाङको प्रश्न
- काठमाडौँ ।
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्।
साम्पाङले सामाजिक सञ्जालमार्फत कार्कीको बर्खास्तीले प्रहरीको मनोबलमा कस्तो प्रभाव पार्यो भन्ने प्रश्न गरेका हुन्। उनले नयाँ आइजीपीको नियुक्तिमा बिचौलियाको भूमिका थियो कि थिएन भन्नेबारे पनि सरकारसँग जवाफ मागेका छन्।
उनले लेखेका छन्, “आइजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो? यो आइजीपीको नियुक्तिमा बिचौलियाले काम गर्यो कि गरेन?” कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर मनोज केसीलाई नियुक्त गरेपछि सरकारको निर्णयको आलोचना भइरहेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






