बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ जना घाइते
- बैतडी ।
- मेलौली नगरपालिका–१ स्थित जिरो पोइन्ट नजिक सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
बैतडी । मेलौली नगरपालिका–१ स्थित जिरो पोइन्ट नजिक सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
गएराति करिब ८ बजे डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको थियो। जिपमा चालकसहित सात जना सवार थिए।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र, मेलौली पठाइएको थियो। उपचारका क्रममा राति ८:३५ बजे पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको हो। अन्य छ जना घाइतेको उपचार भइरहेको छ।
घाइतेहरूको विवरणः
१. जिल्ला बैतडी, पञ्चेश्वर गाउँपालिका–२ बस्ने वर्ष २२ की सोमनी मंगोला — भित्री चोट, अवस्था मध्यम ।
२. सोही स्थान बस्ने वर्ष ११ का अविनास राम लुहार ( खुट्टामा चोट, अवस्था मध्यम) ।
३. सोही स्थान बस्ने वर्ष १६ का निरज बस्केल ( टाउको र ढाडमा चोट, अवस्था मध्यम) ।
४. सोही स्थान बस्ने वर्ष २४ का करन सिंह मंगोला ( सामान्य चोट, अवस्था सामान्य) ।
५. सोही स्थान बस्ने वर्ष २२ का सुनिल बस्केल ( टाउको र दायाँ खुट्टामा चोट, अवस्था सामान्य) ।
६. सोही स्थान बस्ने जिप चालक वर्ष ३६ का सन्तोष राम लुहार ( टाउकोमा चोट, अवस्था मध्यम) ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






