singel post top banner

लहानमा अत्याधुनिक ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सेवा सुरू, प्रदेशस्तरमै नयाँ स्वास्थ्य सेवा गन्तव्यको रुपमा उठ्दै

belwo post title ad banner
महेश सिंह महेश सिंह
मंगलबार, मंसिर २, २०८२
129 Views
लहानमा अत्याधुनिक ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सेवा सुरू, प्रदेशस्तरमै नयाँ स्वास्थ्य सेवा गन्तव्यको रुपमा उठ्दै
समाचार सारांश
  • लहान सिरहा – लहान–३, अस्पताल चोक नजिक रहेको लहानमा नयाँ र अत्याधुनिक ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सेवा सञ्चालनमा आएको छ।
  • यस केन्द्रले लहानसहित मधेस प्रदेशभरिका स्वास्थ्य सेवामा नयाँ क्रान्ति ल्याउने अपेक्षा गरिएको छ।

लहान सिरहा – लहान–३, अस्पताल चोक नजिक रहेको लहानमा नयाँ र अत्याधुनिक ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सेवा सञ्चालनमा आएको छ। यस केन्द्रले लहानसहित मधेस प्रदेशभरिका स्वास्थ्य सेवामा नयाँ क्रान्ति ल्याउने अपेक्षा गरिएको छ। लामो समयदेखि कान उपचारका लागि आवश्यक विशेषज्ञ सेवा अभावमा परेका स्थानीयवासी र बिरामीहरूको लागि यो केन्द्रले ठूलो राहत प्रदान गरेको छ।

सोमबारदेखि सञ्चालनमा आएको यस केन्द्रलाई प्रदेशस्तरमै कान उपचारका लागि नयाँ र विश्वसनीय गन्तव्यका रूपमा हेरिन थालेको छ। उद्घाटन समारोहमा लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले यसलाई एउटा ठूलो उपलब्धि भनेका छन्। उहाँले भन्नुभयो, “स्वास्थ्य पूर्वाधार अभावका कारण लामो समयदेखि बिरामीहरू जनकपुर, विराटनगर र काठमाडौं धाउन बाध्य थिए। अब यो केन्द्रले ती सबैलाई सहज र निकटतम सेवा उपलब्ध गराउने छ।”

मेयर चौधरीले थप गर्नुभयो, “सुलभ शुल्क, विशेषज्ञको नियमित उपस्थिति र अत्याधुनिक उपकरणको समायोजनले लहान र आसपासका क्षेत्रलाई स्वास्थ्य सेवाको नयाँ उचाइमा पुर्‍याउनेछ।”

केन्द्रका अध्यक्ष र किस्ट मेडिकल कलेजका सहप्राध्यापक, ईएनटी विशेषज्ञ डा. ऋषि भट्टका अनुसार, यस केन्द्रमार्फत ४० प्रकारका कानसम्बन्धी रोगहरूको निदान र उपचार नियमित रूपमा उपलब्ध हुनेछन्। अत्याधुनिक एन्डोस्कोपिक प्रविधिको प्रयोगबाट धेरै जटिल शल्यक्रियाहरू पनि कम जोखिम र छिटो उपचारका साथ गर्न सकिने व्यवस्था रहेको छ।

डा. भट्टले भने, “कानको जाली टाल्ने, श्रवण क्षमता घट्ने, जाम हुने, पाक्ने, रिँगटा लाग्ने जस्ता समस्या अब लहानमै समाधान हुन्छन्। साथै, नाक र घाँटी सम्बन्धी जटिल अपरेशनहरू बाहेक सबै सेवा यहाँ उपलब्ध हुनेछन्।”

यस केन्द्रले सेवाको पहुँच विस्तारका लागि छुट योजना पनि सार्वजनिक गरेको छ। पाँच वर्ष मुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बहिरंग सेवामा १०० प्रतिशत छुट उपलब्ध हुनेछ। त्यस्तै, मंसिर महिनाभर अन्य बिरामीहरूलाई बहिरंग सेवामा ५० प्रतिशत, सामान्य शल्यक्रियामा ३० प्रतिशत र श्रवण यन्त्रमा १५ प्रतिशत छुट लागू हुनेछ।

स्थानीयवासीहरूले यसलाई प्रदेशमै पहिलोपटक अत्याधुनिक उपकरण, अनुभवी विशेषज्ञ र छुटसहितको सेवाहरू एउटै स्थानमा उपलब्ध गराउनुलाई स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण उपलब्धि मानेका छन्। यसले बिरामीहरूलाई टाढा सहरसम्म उपचारका लागि धाउनुपर्ने बाध्यता कम हुने र खर्चमा समेत ठूलो कटौती हुने अपेक्षा गरिएको छ।

निजी क्षेत्रको लगानीमा सुरु भएको ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ लाई स्थानीय समुदायले मधेसमा गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा विस्तारको नयाँ मोडेलका रूपमा स्वागत गरेका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जनकपुरधाममा सरकारी कार्यालयको समयमा एक घण्टा घटौती, शुक्रबार बिहान १० देखि ३ बजेसम्म संचालन हुने
जनकपुरधाममा सरकारी कार्यालयको समयमा एक घण्टा घटौती, शुक्रबार बिहान १० देखि ३ बजेसम्म संचालन हुने
विवाह पञ्चमीको अवसरमा मलंगवामा मदिरा तथा माछामासु बिक्री पूर्ण रूपमा प्रतिबन्ध
विवाह पञ्चमीको अवसरमा मलंगवामा मदिरा तथा माछामासु बिक्री पूर्ण रूपमा प्रतिबन्ध
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
जनकपुरधामको नयाँ सभामुख: रामआशिष यादवको उत्क्रमण र राजनीतिक यात्रा
जनकपुरधामको नयाँ सभामुख: रामआशिष यादवको उत्क्रमण र राजनीतिक यात्रा
मकवानपुरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग, कांग्रेसमा प्रवेश
मकवानपुरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग, कांग्रेसमा प्रवेश
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
इजरायलको पश्चिम किनारामा १९ नयाँ बस्ती अनुमोदन
इजरायलको पश्चिम किनारामा १९ नयाँ बस्ती अनुमोदन
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
नेपाली काँग्रेसका सुनीलबहादुर थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित
नेपाली काँग्रेसका सुनीलबहादुर थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित
पर्साको सखुवा प्रसौनीमा जन्ती बोकेको कार दुर्घटना, एकको मृत्यु, एक जना गम्भीर घाइते
पर्साको सखुवा प्रसौनीमा जन्ती बोकेको कार दुर्घटना, एकको मृत्यु, एक जना गम्भीर घाइते
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?