singel post top banner

वर्षा, बाढी र पहिरोका कारण नेपाल टेलिकमको सेवा प्रभावित

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, आश्विन ११, २०८३
48 Views
वर्षा, बाढी र पहिरोका कारण नेपाल टेलिकमको सेवा प्रभावित
समाचार सारांश
  • काठमाडौं ।
  • निरन्तरको वर्षा, हावाहुरी, बाढी तथा पहिरोका कारण नेपाल टेलिकमका विभिन्न स्थानमा दूरसञ्चार सेवा प्रभावित भएको छ।

काठमाडौं । निरन्तरको वर्षा, हावाहुरी, बाढी तथा पहिरोका कारण नेपाल टेलिकमका विभिन्न स्थानमा दूरसञ्चार सेवा प्रभावित भएको छ।

नेपाल टेलिकमका अनुसार २०८३ असोज ८ गतेदेखि परेको अविरल वर्षा र हावाहुरीले देशका विभिन्न क्षेत्रमा सेवा अवरुद्ध भएको हो। भारी वर्षा र पहिरोका कारण प्राविधिक टोलीलाई प्रभावित स्थानमा पुग्न कठिनाइ भएको छ भने अप्टिकल फाइबरमा समेत क्षति पुगेको छ।

विद्युत् आपूर्तिमा आएको अवरोध तथा हिमपात, वर्षा र बादलका कारण सोलार साइटको प्रभावकारिता घट्दा सेवा सञ्चालनमा थप समस्या देखिएको कम्पनीले जनाएको छ।

टेलिकमका अनुसार सिस्टममार्फत गर्न सकिने मर्मतसम्भारका काम जारी छन्। सम्भव भएका स्थानमा सेवा मर्मत भइरहेको छ। मौसममा सुधार आएलगत्तै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गर्न तयारी अवस्थामा राखिएको कम्पनीले जनाएको छ।

सेवा अवरुद्ध हुँदा ग्राहकलाई परेको असुविधाप्रति नेपाल टेलिकमले क्षमायाचना गरेको छ। कठिन परिस्थितिमा पनि धैर्य धारण गरेको भन्दै कम्पनीले ग्राहकप्रति आभार व्यक्त गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सप्तरीको कञ्चनरूपमा नुहाउने क्रममा डुबेका बालकको शव भेटियो
सप्तरीको कञ्चनरूपमा नुहाउने क्रममा डुबेका बालकको शव भेटियो
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
प्रतिनिधिसभामा सभामुख निर्वाचनका लागि मात्र कार्यसूची, रवि लामिछानेको प्रस्ताव समर्थित हुने सम्भावना
प्रतिनिधिसभामा सभामुख निर्वाचनका लागि मात्र कार्यसूची, रवि लामिछानेको प्रस्ताव समर्थित हुने सम्भावना
मकवानपुरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग, कांग्रेसमा प्रवेश
मकवानपुरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग, कांग्रेसमा प्रवेश
सप्तरीमा आत्महत्या प्रेरित गर्ने पक्राउ, बुहारीमाथि यौन दुव्र्यवहारको आरोप
सप्तरीमा आत्महत्या प्रेरित गर्ने पक्राउ, बुहारीमाथि यौन दुव्र्यवहारको आरोप
देशका अधिकांश भागमा मौसम सफा रहने
देशका अधिकांश भागमा मौसम सफा रहने
धनुषा जिल्लामा माघ मकर मेला २०८२ का लागि व्यवस्थापन समिति गठन
धनुषा जिल्लामा माघ मकर मेला २०८२ का लागि व्यवस्थापन समिति गठन
रत्ननगरमा गैंडाको आक्रमणबाट दुईजना घाइते
रत्ननगरमा गैंडाको आक्रमणबाट दुईजना घाइते
सामाजिक सञ्जालमा झुटा प्रचारविरुद्ध कडा कदम: ६१२ भन्दा बढी हानिकारक सामग्री ट्र्याक
सामाजिक सञ्जालमा झुटा प्रचारविरुद्ध कडा कदम: ६१२ भन्दा बढी हानिकारक सामग्री ट्र्याक
सशस्त्र प्रहरी बलका ८ जना अधिकारीहरूलाई छानबिन, डीएसपीदेखि जवानसम्म संलग्नता
सशस्त्र प्रहरी बलका ८ जना अधिकारीहरूलाई छानबिन, डीएसपीदेखि जवानसम्म संलग्नता
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?