singel post top banner

चितवनमा पत्रकारको सामाजिक सुरक्षा र सहजीकरणका लागि मन्त्री जगदीश खरेलको प्रतिबद्धता

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, पौष १९, २०८२
191 Views
चितवनमा पत्रकारको सामाजिक सुरक्षा र सहजीकरणका लागि मन्त्री जगदीश खरेलको प्रतिबद्धता
समाचार सारांश
  • चितवन — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने बताएका छन्।
  • उनले नेपाल पत्रकार महासंघ चितवन शाखाको निरीक्षणपछि बोल्दै अहिले सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न थालेको जानकारी दिए।

चितवन — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने बताएका छन्। उनले नेपाल पत्रकार महासंघ चितवन शाखाको निरीक्षणपछि बोल्दै अहिले सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न थालेको जानकारी दिए।

मन्त्री खरेलले पत्रकारको कार्यालयमा प्रवेश गर्दा आफ्नै घरमा प्रवेश गरेको अनुभूति हुने गरी चितवन शाखालाई अन्य शाखाको तुलनामा राम्रो रहेको बताए। उनले पत्रकारहरूको समस्या समाधानका लागि सरकार केही आधारशिला तयार गर्दै आएको पनि उल्लेख गरे। साथै, उनले भने, “लोक कल्याणकारी विज्ञापनको सही तरिकाले सबै सञ्चारमाध्यममा पुर्‍याउन जरुरी छ।”

निरीक्षणका क्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले जिल्लाको पत्रकारिता अवस्था र चुनौतीका विषयमा मन्त्री खरेललाई अवगत गराएका थिए। यसै क्रममा, मन्त्री खरेलले समाचार सङ्कलनको क्रममा दुर्घटनामा परेका नेपाल टेलिभिजनका चितवन समाचारदाता अनिल ढकालसँग भेट गरेका छन्।

मन्त्री खरेलले ढकाललाई नेपाल टेलिभिजनमा निरन्तर रुपमा काम गर्नका लागि आवश्यक सहजीकरण गर्न तयार रहेको बताएका हुन्। सोही क्रममा, उनले सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र विष्टलाई टेलिफोन गरी टेलिभिजनका लागि गर्न सक्ने सहयोगको निर्देशन दिए।

पत्रकार ढकालले आफू टेलिभिजनको प्रत्यक्ष प्रसारणका लागि जाने क्रममा दुर्घटना भएको भन्दै रोजगारको स्थायित्व र सुनिश्चितता गर्न आग्रह गरेका थिए। असोज महिनामा मुग्लिन–नारायणगढ सडकखण्डमा समाचार सङ्कलनको क्रममा भएको दुर्घटनामा परेका ढकालको स्वास्थ्यमा क्रमिक सुधार भएको छ। उहाँ विगत तीन महिनादेखि उपचारका क्रममा हुनुहुन्छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

म्याग्दीमा विपद्पछिको पुनःस्थापनामा जुटे स्थानीय: सडक, विद्युत् र बस्ती मर्मतमा जनश्रमदान
म्याग्दीमा विपद्पछिको पुनःस्थापनामा जुटे स्थानीय: सडक, विद्युत् र बस्ती मर्मतमा जनश्रमदान
पोखरामा सामान्य विवादमा कुटपिटबाट एकको मृत्यु, प्रहरीले नियन्त्रणमा लिइयो आरोपी।
पोखरामा सामान्य विवादमा कुटपिटबाट एकको मृत्यु, प्रहरीले नियन्त्रणमा लिइयो आरोपी।
‘पीडितको न्यायमा पहुँच’ अन्तरक्रियामा उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीशले बताए
‘पीडितको न्यायमा पहुँच’ अन्तरक्रियामा उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीशले बताए
विराटनगरमा साथीलाई अपहरणपछि क्रूरता पुर्वक हत्या, दुई अभियुक्त पक्राउ
विराटनगरमा साथीलाई अपहरणपछि क्रूरता पुर्वक हत्या, दुई अभियुक्त पक्राउ
जनकपुरधाममा भव्य रूपमा मनाइँदै विवाह पञ्चमी, राम–सीताको दिव्य विवाह महोत्सवमा हजारौँ भक्तजनको उत्साह
जनकपुरधाममा भव्य रूपमा मनाइँदै विवाह पञ्चमी, राम–सीताको दिव्य विवाह महोत्सवमा हजारौँ भक्तजनको उत्साह
अमेरिकाको ब्राउन विश्वविद्यालयमा गोलीबारी, दुईको मृत्यु, आठ जना गम्भीर घाइते
अमेरिकाको ब्राउन विश्वविद्यालयमा गोलीबारी, दुईको मृत्यु, आठ जना गम्भीर घाइते
लहानमा अत्याधुनिक ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सेवा सुरू, प्रदेशस्तरमै नयाँ स्वास्थ्य सेवा गन्तव्यको रुपमा उठ्दै
लहानमा अत्याधुनिक ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सेवा सुरू, प्रदेशस्तरमै नयाँ स्वास्थ्य सेवा गन्तव्यको रुपमा उठ्दै
हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु
हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु
भारतले आज ७६औ संविधान दिवस मनाउँदै, ९ भाषामा संविधान अनुवाद र नयाँ घोषणा
भारतले आज ७६औ संविधान दिवस मनाउँदै, ९ भाषामा संविधान अनुवाद र नयाँ घोषणा
आपत्कालीन प्रतिकार्य टोलीको बैठक, नेपाली नागरिकको सुरक्षा र हित संरक्षणमा चर्चा
आपत्कालीन प्रतिकार्य टोलीको बैठक, नेपाली नागरिकको सुरक्षा र हित संरक्षणमा चर्चा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?