singel post top banner

दसैँअघि मुख्य राजमार्ग सञ्चालनमा ल्याउने सरकारको तयारी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, आश्विन २१, २०८३
53 Views
दसैँअघि मुख्य राजमार्ग सञ्चालनमा ल्याउने सरकारको तयारी
समाचार सारांश
  • काठमाडौँ — चाडपर्व नजिकिँदै गर्दा बाढीपहिरोका कारण अवरुद्ध सडक मर्मत गरी दसैँअघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याउन सरकारले तीव्र तयारी थालेको छ।
  • सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार प्राकृतिक विपद्बाट क्षति पुगेका राजमार्ग तथा सडक मर्मतको काम तीव्र गतिमा भइरहेको छ।

काठमाडौँ — चाडपर्व नजिकिँदै गर्दा बाढीपहिरोका कारण अवरुद्ध सडक मर्मत गरी दसैँअघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याउन सरकारले तीव्र तयारी थालेको छ।

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार प्राकृतिक विपद्बाट क्षति पुगेका राजमार्ग तथा सडक मर्मतको काम तीव्र गतिमा भइरहेको छ। रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखाका सडक सुधारका काम पनि अघि बढाइएको उनले बताए।

“आगामी चार–पाँच दिनभित्र रसुवाको धुन्चेसम्म यातायात सञ्चालन गर्ने लक्ष्य छ। मुस्ताङतर्फको सडक पनि चाँडै सुचारु हुनेछ,” न्यौपानेले भने। यात्रामा केही असहजता हुन सक्ने भए पनि सडक अवरुद्ध भएकै कारण उपत्यकाबाट घर जान नपाउने वा खाद्यान्न तथा अत्यावश्यक सामग्रीको ढुवानी रोकिने अवस्था नआउने उनको भनाइ छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, भदौ १० गतेको भोटेकोशी बाढीका कारण बागमती प्रदेशको रसुवा जिल्लाका सबै मुख्य राजमार्ग अवरुद्ध छन्। गण्डकी प्रदेशको म्याग्दीस्थित रघुगङ्गा गाउँपालिका–२, बैसरीमा असोज १० गते गएको पहिरोले बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा बन्द छ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका–३, जन्ती पहिरो क्षेत्रमा असोज १४ गतेदेखि प्रभावित कालीगण्डकी करिडोर अहिले एकतर्फी सञ्चालनमा छ। प्रहरीले उक्त सडकमा ठूला सवारीसाधन चल्न नसक्ने जनाएको छ।

त्यस्तै, असोज १८ गतेको बाढीबाट प्रभावित मनाङको बेँसीसहर–खाङ्सार सडकखण्ड पनि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। बाँकी अवरुद्ध सडक पूर्ण रूपमा खुलाउन आवश्यक समन्वय र काम भइरहेको प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
राष्ट्र बैंकको स्वायत्तता र बोर्ड संरचनामा नयाँ बहस: अर्थमन्त्री वाग्लेले सचिव हटाउन अस्वीकार
राष्ट्र बैंकको स्वायत्तता र बोर्ड संरचनामा नयाँ बहस: अर्थमन्त्री वाग्लेले सचिव हटाउन अस्वीकार
नेपाली सेनाको मुख्यालय जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक सुरु
नेपाली सेनाको मुख्यालय जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक सुरु
३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
नेपालमा बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या
नेपालमा बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या
बैतडीमा खैरो हिरोइनसहित ५ जना पक्राउ, २५० मिलिग्राम बरामद
बैतडीमा खैरो हिरोइनसहित ५ जना पक्राउ, २५० मिलिग्राम बरामद
मुख्यमंत्री सरोज यादवलाई कालो झंडा, मदरसा बिधयेक खारेजी को मांग
मुख्यमंत्री सरोज यादवलाई कालो झंडा, मदरसा बिधयेक खारेजी को मांग
रसुवागढी नाका देखि त्रिशूली र भोटेकोशी नदीसम्मको बाढीमा बगेका पुलको कुल लम्बाइ २७९२ मिटर
रसुवागढी नाका देखि त्रिशूली र भोटेकोशी नदीसम्मको बाढीमा बगेका पुलको कुल लम्बाइ २७९२ मिटर
बैतडीमा भिरबाट लडेर तीनजनाको मृत्यु, खोजी जारी
बैतडीमा भिरबाट लडेर तीनजनाको मृत्यु, खोजी जारी
संयुक्त रूपमा आयोजित निःशुल्क छाला स्वास्थ्य शिविर सम्पन्न; २१० जना बिरामीले पाए विशेषज्ञ सेवा
संयुक्त रूपमा आयोजित निःशुल्क छाला स्वास्थ्य शिविर सम्पन्न; २१० जना बिरामीले पाए विशेषज्ञ सेवा
singel sidbar banner
singel sidbar banner 2