नवलपरासीबाट ८० लाख रुपैयाँ भन्दा बढीको अवैध मोबाइल पार्ट्स बरामद
- नवलपरासी — सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरीले गत राति करिब ११ः५५ बजे पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४ स्थित झाडीमा लुकाइछिपाइ राखिएको करीब ८० लाख ३० हजार रुपैयाँ मूल्यको मोबाइल पार्ट्स बरामद गरेको छ।
- सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरीको टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानमा खोजी गर्दा मोबाइल ब्याट्री, टेम्पर ग्लास, एअरबर्ड, स्मार्ट वाच, स्पिकर लगायतका अवैध सामान फेला परेको हो।
नवलपरासी — सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरीले गत राति करिब ११ः५५ बजे पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४ स्थित झाडीमा लुकाइछिपाइ राखिएको करीब ८० लाख ३० हजार रुपैयाँ मूल्यको मोबाइल पार्ट्स बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरीको टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानमा खोजी गर्दा मोबाइल ब्याट्री, टेम्पर ग्लास, एअरबर्ड, स्मार्ट वाच, स्पिकर लगायतका अवैध सामान फेला परेको हो। घटनाको अनुसन्धानका लागि टोलीले अवैध सामानलाई आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरी निरीक्षक जगनाथ पौडेलको नेतृत्वमा गएको टोलीले लुकाइछिपाइ राखिएको उक्त सामानलाई बरामद गर्न सफल भएको हो। यस घटनाले अवैध मोबाइल पार्ट्सको कारोबार र तस्करीका विरुद्धको प्रतिबद्धता झल्किएको छ। प्रहरीको यो अभियानले अवैध कारोबार रोक्न महत्वपूर्ण कदम भएको बताइएको छ।
प्रहरीले थप अनुसन्धान गर्दै अवैध सामानको स्रोत र तस्करको पहिचान गर्न काम गरिरहेको छ। यसप्रकारका कार्यवाहीले राष्ट्रिय सुरक्षा र आर्थिक सुरक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






