कैलालीमा ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ
- धनगढी ।
- कैलालीको भजनीमा ड्युटीमा रहेका दुई प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
धनगढी । कैलालीको भजनीमा ड्युटीमा रहेका दुई प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
बिहीबार दिउँसो भजनी नगरपालिका–३ स्थित ठेकीपुर चोकमा भारतबाट मोटरसाइकलमा ल्याइएको अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ पर्नेमा भजनी नगरपालिका–३, पडरियाका लोकबहादुर साउँद, धन्या साउँद र गम्भीर साउँद छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार उनीहरूले इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत प्रहरी हवल्दार विनयप्रसाद चौधरी र प्रहरी जवान देवराज जोशीमाथि कुटपिट गरेका थिए।
घाइते दुवै प्रहरीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। प्रहरीले सामान ओसार्न प्रयोग गरिएको से ४ प ११७१ र सु.प.प्र. ०१–०११ प ६४१ नम्बरका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिएको डीएसपी तिमिल्सिनाले बताए।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






