singel post top banner

रास्वपा मधेसकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट राजीनामा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, फाल्गुन ६, २०८२
195 Views
रास्वपा मधेसकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट राजीनामा
समाचार सारांश
  • काठमाडौँ – रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति र केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्य ममता शर्माले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आजैदेखि आफ्नो पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा पेस गरेकी छन्।
  • उनले पार्टीमा आफ्नो योगदान र विश्वासलाई निराशाजनक रुपमा हेरेको बताउँदै पार्टी परित्याग गरेकी हुन्।

काठमाडौँ – रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति र केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्य ममता शर्माले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आजैदेखि आफ्नो पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा पेस गरेकी छन्। उनले पार्टीमा आफ्नो योगदान र विश्वासलाई निराशाजनक रुपमा हेरेको बताउँदै पार्टी परित्याग गरेकी हुन्।

शर्माले आफ्ना राजीनामा पत्रमा भनिन्, “म यस पार्टीमा युवा पुस्तालाई राजनीति सिकाउन र सही मार्गनिर्देशन गर्न आएको थिएँ। तर, आगामी फागुन २१ गतेको निर्वाचनमा पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय र कार्यशैली मेरो आशा र विश्वासको विपरीत देखियो। यसले मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूलाई चोट पुर्‍याएको महसुस गरेको छु।”

उनले थप भनिन्, “संगठनमा दिनरात खटिएका कार्यकर्ताहरूको योगदानको उचित मूल्याङ्कन नभएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा लागू नभएको र आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रभावित भएको देखेर म अब मौन रहन सक्दिनँ। यसकारण, आजैदेखि म पार्टीको साधारण सदस्यबाट पनि अलग हुँदैछु।”

ममता शर्माले रास्वपा मधेसको संस्थापक सभापति रहँदै आएको र यसपालि टिकटको आशामा बसेकी थिइन्। अन्तिम समयमा टिकट नपाएपछि उनी असन्तुष्ट भएकी थिइन्। यसअघि उनले समानुपातिकमा आफ्नो नाम पठाउने निवेदन पनि दिएकी थिइन्, तर पार्टीले उनको नाम सातौं नम्बरमा पुर्‍याएपछि उनले यसमा असहमति जनाउँदै टिकट नलिनु निर्णय गरेकी थिइन्।

शर्माले आफ्नो राजनीतिक जीवनमा पार्टीको मुल्य र सिद्धान्तलाई अत्यन्तै महत्त्व दिँदै आएकी थिइन् र आफ्ना धारणा र मूल्यहरूलाई सम्मान गर्न आग्रह गरेकी छन्। उनको यो कदम पार्टीभित्र र प्रदेशभरि चर्चा का विषय बनेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सर्लाहीको लालबन्दीमा ५२ केजी गाँजासहित युवक पक्राउ
सर्लाहीको लालबन्दीमा ५२ केजी गाँजासहित युवक पक्राउ
प्रदेश सरकारहरूले ४ महिनामा २१ अर्बभन्दा बढी खर्च
प्रदेश सरकारहरूले ४ महिनामा २१ अर्बभन्दा बढी खर्च
नक्कली घुमुवा प्रहरी बनि रकम असुल गर्ने ४९ वर्षीय व्यक्ति पक्राउ
नक्कली घुमुवा प्रहरी बनि रकम असुल गर्ने ४९ वर्षीय व्यक्ति पक्राउ
माइक्रो म्यानेजमेन्टबाट सावधानीपूर्वक स्वायत्तता र जोखिम व्यवस्थापनतर्फ यात्रा
माइक्रो म्यानेजमेन्टबाट सावधानीपूर्वक स्वायत्तता र जोखिम व्यवस्थापनतर्फ यात्रा
५७८ ठेक्काको विस्तृत अध्ययन र सुधारका उपायहरू सहितको प्रतिवेदन सार्वजनिक
५७८ ठेक्काको विस्तृत अध्ययन र सुधारका उपायहरू सहितको प्रतिवेदन सार्वजनिक
हेटौंडामा भारी वर्षापछि आएको बाढीले बगाएको स्कुटर भेटियो, बेपत्ता चालकको खोजी कार्य जारी
हेटौंडामा भारी वर्षापछि आएको बाढीले बगाएको स्कुटर भेटियो, बेपत्ता चालकको खोजी कार्य जारी
सिन्धुलीबाट भागेका जबरजस्ती करणीका प्रतिवादी सन्दीप पुन: पक्राउ
सिन्धुलीबाट भागेका जबरजस्ती करणीका प्रतिवादी सन्दीप पुन: पक्राउ
बागमती प्रदेशमा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिए
बागमती प्रदेशमा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिए
अर्घाखाँचीमा वेवारिसे अवस्थामा हातहतियार र विष्फोटक पदार्थ फेला
अर्घाखाँचीमा वेवारिसे अवस्थामा हातहतियार र विष्फोटक पदार्थ फेला
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
singel sidbar banner
singel sidbar banner 2