singel post top banner

रास्वपा मधेसकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट राजीनामा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, फाल्गुन ६, २०८२
163 Views
रास्वपा मधेसकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट राजीनामा
समाचार सारांश
  • काठमाडौँ – रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति र केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्य ममता शर्माले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आजैदेखि आफ्नो पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा पेस गरेकी छन्।
  • उनले पार्टीमा आफ्नो योगदान र विश्वासलाई निराशाजनक रुपमा हेरेको बताउँदै पार्टी परित्याग गरेकी हुन्।

काठमाडौँ – रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति र केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्य ममता शर्माले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आजैदेखि आफ्नो पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा पेस गरेकी छन्। उनले पार्टीमा आफ्नो योगदान र विश्वासलाई निराशाजनक रुपमा हेरेको बताउँदै पार्टी परित्याग गरेकी हुन्।

शर्माले आफ्ना राजीनामा पत्रमा भनिन्, “म यस पार्टीमा युवा पुस्तालाई राजनीति सिकाउन र सही मार्गनिर्देशन गर्न आएको थिएँ। तर, आगामी फागुन २१ गतेको निर्वाचनमा पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय र कार्यशैली मेरो आशा र विश्वासको विपरीत देखियो। यसले मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूलाई चोट पुर्‍याएको महसुस गरेको छु।”

उनले थप भनिन्, “संगठनमा दिनरात खटिएका कार्यकर्ताहरूको योगदानको उचित मूल्याङ्कन नभएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा लागू नभएको र आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रभावित भएको देखेर म अब मौन रहन सक्दिनँ। यसकारण, आजैदेखि म पार्टीको साधारण सदस्यबाट पनि अलग हुँदैछु।”

ममता शर्माले रास्वपा मधेसको संस्थापक सभापति रहँदै आएको र यसपालि टिकटको आशामा बसेकी थिइन्। अन्तिम समयमा टिकट नपाएपछि उनी असन्तुष्ट भएकी थिइन्। यसअघि उनले समानुपातिकमा आफ्नो नाम पठाउने निवेदन पनि दिएकी थिइन्, तर पार्टीले उनको नाम सातौं नम्बरमा पुर्‍याएपछि उनले यसमा असहमति जनाउँदै टिकट नलिनु निर्णय गरेकी थिइन्।

शर्माले आफ्नो राजनीतिक जीवनमा पार्टीको मुल्य र सिद्धान्तलाई अत्यन्तै महत्त्व दिँदै आएकी थिइन् र आफ्ना धारणा र मूल्यहरूलाई सम्मान गर्न आग्रह गरेकी छन्। उनको यो कदम पार्टीभित्र र प्रदेशभरि चर्चा का विषय बनेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

स्वास्थ्य बीमामा अनियमितता: अस्पतालहरूलाई कानुनी कारबाहीको चेतावनी
स्वास्थ्य बीमामा अनियमितता: अस्पतालहरूलाई कानुनी कारबाहीको चेतावनी
मधेस प्रदेशको आगामी बजेट प्रस्ताव, विद्युत् सेवा र वित्तीय पहुँचमा व्यापक प्रगति
मधेस प्रदेशको आगामी बजेट प्रस्ताव, विद्युत् सेवा र वित्तीय पहुँचमा व्यापक प्रगति
निर्वाचन सुरक्षा व्यवस्था कडा; कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना
निर्वाचन सुरक्षा व्यवस्था कडा; कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना
मोरङमा बालिका करणीका पीडितको पहिचान खुलाउने सञ्चारकर्मी पक्राउ
मोरङमा बालिका करणीका पीडितको पहिचान खुलाउने सञ्चारकर्मी पक्राउ
तनहुँको फोहोरमैला प्रशोधन केन्द्रमा तीन जनाको बीभत्स हत्या
तनहुँको फोहोरमैला प्रशोधन केन्द्रमा तीन जनाको बीभत्स हत्या
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
काठमाडौँमा निर्वाचन तयारी र गोरखापत्रको भूमिका : मन्त्री खरेलको प्रमुख वक्तव्य
काठमाडौँमा निर्वाचन तयारी र गोरखापत्रको भूमिका : मन्त्री खरेलको प्रमुख वक्तव्य
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित सात जना क्यासिनोबाट पक्राउ: प्रहरीको कारबाही
इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित सात जना क्यासिनोबाट पक्राउ: प्रहरीको कारबाही
रुकुम पश्चिममा फोर्स जीप दुर्घटना, चालकसहित आठ जना घाइते
रुकुम पश्चिममा फोर्स जीप दुर्घटना, चालकसहित आठ जना घाइते
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?