नेपाल र यूएईबीच आर्थिक साझेदारी सुदृढ, व्यापार र लगानी विस्तारमा नयाँ पहल
- काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) का आर्थिक मामिला सचिव अब्दुल्ला अहमद अल सालेहसँग दुबईमा भेट गरेका छन्।
- यस भेटवार्तामा नेपालका लागि यूएईका राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा दुवै पक्षले द्विपक्षीय आर्थिक सम्बन्धलाई थप बलियो बनाउने, व्यापार र लगानी साझेदारीलाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) का आर्थिक मामिला सचिव अब्दुल्ला अहमद अल सालेहसँग दुबईमा भेट गरेका छन्। यस भेटवार्तामा नेपालका लागि यूएईका राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा दुवै पक्षले द्विपक्षीय आर्थिक सम्बन्धलाई थप बलियो बनाउने, व्यापार र लगानी साझेदारीलाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
भेटमा दुवै पक्षले नेपाल-यूएई आर्थिक सहकार्यलाई प्रभावकारी बनाउन नयाँ रणनीतिहरू र योजनाहरू कार्यान्वयन गर्ने कुरामा सहमति जनाएका छन्। विशेष गरी जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, पूर्वाधार र सूचना प्रविधि जस्ता प्राथमिकता प्राप्त क्षेत्रहरूमा व्यवसायिक सहयोग र लगानी अवसरहरू खोज्न गहन छलफल भएको थियो। यसले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
अध्यक्ष ढकालले काठमाडौँमा एमिरेट्स एयरलाइन्सको प्रत्यक्ष उडान सुरु हुनु पर्यटन, व्यापार र व्यवसायिक गतिविधिहरूको विस्तारमा सकारात्मक प्रभाव पार्ने बताएका छन्। यसले दुवै देशबीचको सम्पर्क र व्यापारिक सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।
यस भेटवार्ताले नेपाल र यूएईबीच व्यापारिक र आर्थिक सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने महत्वपूर्ण कदम सावित हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






