singel post top banner

श्रमिक महिलाको दैनिकीमा जलवायु परिवर्तनको असर: प्रभावित समुदायलाई न्याय दिन माग

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, आश्विन १४, २०८३
34 Views
श्रमिक महिलाको दैनिकीमा जलवायु परिवर्तनको असर: प्रभावित समुदायलाई न्याय दिन माग
समाचार सारांश
  • काठमाडौँ ।
  • भोटेकोशी बाढी गएको एक महिना पूरा भएको सन्दर्भमा जलवायुजन्य विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउन काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा सामूहिक दीप प्रज्वलन कार्यक्रम आयोजना हुने भएको छ।

काठमाडौँ । भोटेकोशी बाढी गएको एक महिना पूरा भएको सन्दर्भमा जलवायुजन्य विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउन काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा सामूहिक दीप प्रज्वलन कार्यक्रम आयोजना हुने भएको छ।

जलवायु परिवर्तनबाट प्रभावित श्रमिक, महिला, सीमान्तकृत तथा हिमाली क्षेत्रका समुदायको अधिकार र जलवायु न्यायका लागि आवाज उठाउँदै आएका विभिन्न सङ्घ–संस्थाले संयुक्त रूपमा कार्यक्रम आयोजना गर्न लागेका हुन्। आयोजकले आज पत्रकार सम्मेलन गरी ‘जलवायु न्याय अभियानका लागि ऐक्यबद्धता तथा सामूहिक दीप प्रज्वलन’ कार्यक्रमबारे जानकारी दिएको हो।

एक्सन एड नेपाल, महिला एकता समाज, मकवानपुर महिला उत्थान समाज, चितवन सक्रिय महिला प्रतिष्ठान र यूथ एड्भोकेसी नेपाललगायत संस्थाको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो।

जलवायुजन्य विपद्बाट प्रभावित परिवार तथा समुदायको पीडा र सङ्घर्षलाई स्मरण गर्दै उनीहरूप्रति ऐक्यबद्धता जनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। साथै, प्रभावित समुदायको अधिकार र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न आवाज उठाउने तथा जलवायु न्यायको मागलाई सामूहिक रूपमा बुलन्द गर्ने लक्ष्य राखिएको छ।

तीन प्रमुख माग

वसन्तपुरमा हुने दीप प्रज्वलन कार्यक्रममार्फत प्रभावित समुदायको अधिकार, मर्यादा, सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्न माग गरिनेछ।

त्यसैगरी, पुनर्स्थापना र अनुकूलनका लागि तथा जलवायुजन्य हानि–नोक्सानी सम्बोधन गर्न पर्याप्त, सहज पहुँचयोग्य र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन आयोजकले माग गर्नेछ। प्रमुख उत्सर्जकहरूले उत्सर्जन घटाउनुका साथै जलवायु सङ्कटबाट भएको क्षतिको उचित जिम्मेवारी वहन गर्नुपर्ने माग पनि अघि सारिनेछ।

जलवायु न्यायबारे समुदायस्तरमा सचेतना बढाउन, युवालाई अभिमुखीकरण गर्न र जलवायु परिवर्तनले प्रभावित समुदायमा पारेको असरबारे छलफल गर्न एक सातासम्म विभिन्न गतिविधि सञ्चालन गरिएको आयोजकले जनाएको छ। प्रभावित समुदायका आवाज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म पुर्‍याउनु पनि अभियानको उद्देश्य रहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सिमरामा नेकपा एमाले र युवा समूहबीच झडप, विमानस्थल क्षेत्रमा तनाव उच्च
सिमरामा नेकपा एमाले र युवा समूहबीच झडप, विमानस्थल क्षेत्रमा तनाव उच्च
बाँकेका विभिन्न नगरपालिका र गाउँपालिकाका प्रशासनिक भवन निर्माणमा ठेकेदारको लापरबाही
बाँकेका विभिन्न नगरपालिका र गाउँपालिकाका प्रशासनिक भवन निर्माणमा ठेकेदारको लापरबाही
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिलाहरू सुरक्षित रूपमा परिवारसँग पुनः सम्पर्कमा
च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिलाहरू सुरक्षित रूपमा परिवारसँग पुनः सम्पर्कमा
नेपाल-चीन सीमा क्षेत्रमा हिमतालको जोखिम न्यूनीकरण र सीमा व्यवस्थापनका लागि संयुक्त पहल
नेपाल-चीन सीमा क्षेत्रमा हिमतालको जोखिम न्यूनीकरण र सीमा व्यवस्थापनका लागि संयुक्त पहल
बर्दिबासमा रहस्यमय मृत्यु: आत्महत्या वा हत्या? प्रहरीको गहिरो अनुसन्धान जारी
बर्दिबासमा रहस्यमय मृत्यु: आत्महत्या वा हत्या? प्रहरीको गहिरो अनुसन्धान जारी
काठमाडौं–कनकाई नगरपालिका ४ मा शङ्कास्पद वस्तु फेला
काठमाडौं–कनकाई नगरपालिका ४ मा शङ्कास्पद वस्तु फेला
मधेस प्रदेशका नयाँ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई राष्ट्रपति पौडेलले शपथ गराए, भण्डारीलाई पदमुक्त
मधेस प्रदेशका नयाँ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई राष्ट्रपति पौडेलले शपथ गराए, भण्डारीलाई पदमुक्त
विकास बजेटको कार्यान्वयनमा निराशाजनक स्थिति; बजेटको ११ प्रतिशत पनि खर्च भएन
विकास बजेटको कार्यान्वयनमा निराशाजनक स्थिति; बजेटको ११ प्रतिशत पनि खर्च भएन
लगातार वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारी आवागमन बन्द
लगातार वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारी आवागमन बन्द
singel sidbar banner
singel sidbar banner 2