singel post top banner

आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
सोमबार, चैत्र ११, २०८१
782 Views
आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल
समाचार सारांश
  • आज २०८१ साल चैत ११ गते सोमबार चैत कृष्ण पक्षको दशमी तिथि।
  • तदनुसार सन् २०२५ मार्च २४ तारिख।

आज २०८१ साल चैत ११ गते सोमबार चैत कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ मार्च २४ तारिख। विश्व क्षय रोग दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। श्रमको फल प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। साथीभाइबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु उचित हुनेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : मन अशान्त बन्दा व्यवहार बिग्रिने जोखिम छ। मन शान्त बनाएर अगाडि बढ्नुपर्ने दिन छ। परिवारसँगको सुझाव लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्रगति हुनेछ।

कर्कट : मनमा चिन्ता र त्रास बढ्नेछ। राजनीतिक क्षेत्रमा राज्यले निगरानी राख्नेछ। रोगले सताउने जोखिम छ। परिवारको साथ र सहयोगमा अगाडि बढ्नुपर्ने समय छ। राजनीतिक क्षेत्रमा अन्तरघात हुने जोखिम छ।

सिंह : यात्रामा जोखिम हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्ध सफल बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : परिवारमा असन्तुष्टि बढ्नेछ। प्रेममा खटपटी हुनेछ। धार्मिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट असहयोग हुने खतरा छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

तुला : जोगिएर काम गर्नुपर्ने दिन छ। घाटा हुने भएकाले व्यापारमा ठुलो लगानी नगर्नु राम्रो हुन्छ। शिक्षामा मिहिनेतको खाँचो देखिन्छ। श्रमको फल प्राप्त हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिक : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। तपाईंको प्रतिभाको प्रदर्शन गर्ने समय आएको छ।

धनु : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। साथीले तपाईंको प्रशंसा गर्नेछन्। विपक्षीको साथ मिल्नेछ। योजना दीर्घकालसम्म रहने भएकाले निर्णय गर्नु अगाडि सोच्नु राम्रो हुनेछ।

मकर : दिन राम्रो छ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा नाफा हुनेछ। व्यापारमा फाइदा हुने योग छ।

कुम्भ : महत्त्वपूर्ण काममा अवरोध सिर्जना हुनेछ। व्यापारमा सहकार्य भइरहेका साथीसँग जोगिएर काम गर्नुपर्नेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षामा मिहिनेतको खाँचो छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ।

मीन : दिन सामान्य छ। बोलीमा सुधार गरेर अगाडि बढ्नु उचित हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। घर व्यवहार सहज ढंगले अगाडि बढ्नेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

कोशी नदीबाट ३०८ केजी गाँजा बरामद, मध्यराति बगिरहेको भेटियो
कोशी नदीबाट ३०८ केजी गाँजा बरामद, मध्यराति बगिरहेको भेटियो
अमेरिकामा लामो सटडाउन अन्त्य, २०२६ को जनवरी ३१ सम्म सरकारी कामकाजको लागि बजेट स्वीकृत
अमेरिकामा लामो सटडाउन अन्त्य, २०२६ को जनवरी ३१ सम्म सरकारी कामकाजको लागि बजेट स्वीकृत
सिरहाका सीमा क्षेत्रबाट ७ लाख ७२ हजार रुपैयाँभन्दा बढीका सामान बरामद
सिरहाका सीमा क्षेत्रबाट ७ लाख ७२ हजार रुपैयाँभन्दा बढीका सामान बरामद
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा नेता खनाल र भुसाल अनुपस्थित, पार्टी एकता घोषणा तयारीमा
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा नेता खनाल र भुसाल अनुपस्थित, पार्टी एकता घोषणा तयारीमा
नेपालका लागि ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ सफल र फलदायी: सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेल
नेपालका लागि ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ सफल र फलदायी: सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेल
महोत्तरी र धनुषाको सीमामा रहेको बिगही नदीमा नेपाल र भारतको संयुक्त रूपमा छठको साझा घाट
महोत्तरी र धनुषाको सीमामा रहेको बिगही नदीमा नेपाल र भारतको संयुक्त रूपमा छठको साझा घाट
सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी; नागरिकता प्राप्त गर्न नयाँ मार्ग
सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी; नागरिकता प्राप्त गर्न नयाँ मार्ग
काठमाडौंको बाफलबाट दुई अत्याधुनिक पेस्तोलसहित तीनजना पक्राउ
काठमाडौंको बाफलबाट दुई अत्याधुनिक पेस्तोलसहित तीनजना पक्राउ
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
छठपर्व मनाउन काठमाडौँ महानगरपालिकाले तोकेको आठ स्थान; सरसफाइ र व्यवस्थापनमा तयारी पूरा।
छठपर्व मनाउन काठमाडौँ महानगरपालिकाले तोकेको आठ स्थान; सरसफाइ र व्यवस्थापनमा तयारी पूरा।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?