singel post top banner

नेपाल-चीन सीमा क्षेत्रमा हिमतालको जोखिम न्यूनीकरण र सीमा व्यवस्थापनका लागि संयुक्त पहल

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, आश्विन ५, २०८३
53 Views
नेपाल-चीन सीमा क्षेत्रमा हिमतालको जोखिम न्यूनीकरण र सीमा व्यवस्थापनका लागि संयुक्त पहल
समाचार सारांश
  • सुर्खेत।
  • नेपाल–चीन सीमा क्षेत्रका सम्भावित हिमतालबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै दुवै देशका स्थानीय अधिकारीहरूले चिनियाँ भू-भागमा रहेका पाँच वटा हिमतालको प्राविधिक अध्ययन गर्ने निर्णय गरेका छन्।

सुर्खेत। नेपाल–चीन सीमा क्षेत्रका सम्भावित हिमतालबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै दुवै देशका स्थानीय अधिकारीहरूले चिनियाँ भू-भागमा रहेका पाँच वटा हिमतालको प्राविधिक अध्ययन गर्ने निर्णय गरेका छन्। यसले सीमा क्षेत्रको प्राकृतिक विपद् जोखिम कम गर्न र सीमा सुरक्षा सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

हालै भएको ताक्लाकोटमा भएको छलफलमा हिमतालबाट नेपालतर्फ पर्नसक्ने जोखिम, सीमा व्यवस्थापन, व्यापार, पूर्वाधार विकासलगायतका विविध विषयमा गम्भीर छलफल भएको हो। सहभागीहरूले हिमतालको अवस्थाबारे प्राविधिक अध्ययन गर्न आवश्यक भएको र त्यसका लागि प्राविधिक टोली गठन गर्न सहमति जनाएको छन्। हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार हिमताल विस्फोट वा अन्य प्राकृतिक जोखिमका कारण हिल्सा, किटलगायत सीमा क्षेत्र प्रभावित हुनसक्ने भएकाले यसका जोखिमहरूको अध्ययन आवश्यक रहेको बताइएको छ।

रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि चिनियाँ पक्षले समेत प्राकृतिक विपद् र हिमतालको जोखिमप्रति चासो देखाउँदै यस सम्बन्धी छलफल आयोजना गरेको हो। यस क्रममा चिनियाँ हिमाल क्षेत्रमा रहेका लेक राक्षस, मानसरोवर, गोन्जुका, आवुका र सिरिमालगायतका तालहरूको अवस्थाबारे जानकारी जुटाइएको थियो।

प्रजिअ गुरागाईंका अनुसार हिमतालको अवस्था र पानीको मात्रा निरन्तर निगरानी गर्न स्याटलाइट प्रविधिको प्रयोग, मौसम र हिमपात सम्बन्धी सूचना आदानप्रदान र जोखिम देखिएमा समयमै जानकारी दिने प्रणाली विकास गर्न पनि छलफल भएको छ। यसले प्राकृतिक विपद् रोकथाम र आपतकालीन प्रतिक्रिया प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।

यसैबीच, सीमा व्यवस्थापन र व्यापारका विषयहरू पनि छलफलमा समावेश थिए। नेपालले सीमा स्तम्भको अवस्था, सीमापास, कृषि तथा पशुजन्य वस्तुको निर्यात, व्यापार मेलाको सञ्चालन, हिल्सा–सिमकोट सडक निर्माण तथा सीमा हाटबजारको व्यवस्थापनका विषयमा चर्चा भएको हो। नेपालले मर्मत आवश्यक रहेको सीमा स्तम्भहरूको जानकारी दिएका छन् भने, सीमा क्षेत्रमा खाद्य तथा अन्य वस्तुको गुणस्तर परीक्षणका लागि क्वारिन्टाइन व्यवस्था गर्नुपर्ने विषय पनि उठाइएको थियो।

साथै, हिल्सा–सिमकोट सडक निर्माणको विषयलाई चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत अघि बढाउने प्रस्ताव पनि छलफलमा आए। यसका साथै, सीमा क्षेत्रमा रहेका नेपाली सुरक्षाकर्मी र स्थानीयवासीलाई आवश्यक परे उपचारको व्यवस्था गर्ने, र ताक्लाकोटका स्थानीय अधिकारीलाई हुम्ला भ्रमणको निमन्त्रणा दिने निर्णय पनि भयो।

दोहोरो संवादलाई थप प्रभावकारी बनाउन नेपाल र चीनले इमेलमार्फत नियमित सूचना आदानप्रदान गर्ने सहमति गरेका छन्। यसरी, सीमा क्षेत्रको प्राकृतिक विपद् जोखिम, व्यापार, आवागमन र पूर्वाधार विकासका विषयमा दुवै देशका अधिकारीहरू बीच निरन्तर समन्वय आवश्यक रहेको सहभागीहरूको धारणा थियो।

यस सम्पूर्ण प्रयासले सीमा क्षेत्रको सुरक्षा र विकासलाई थप सुदृढ बनाउने साथसाथै प्राकृतिक विपद् प्रतिकार्य क्षमता पनि बढाउने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

दुई संसदीय समितिको बैठक आज, विधायन व्यवस्थापन र संघीयता समीक्षा हुने
दुई संसदीय समितिको बैठक आज, विधायन व्यवस्थापन र संघीयता समीक्षा हुने
गरुडा नगरपालिका मा ३० मिनेट भित्रै मोटरसाइकल चोरी र दुई आरोपी पक्राउ
गरुडा नगरपालिका मा ३० मिनेट भित्रै मोटरसाइकल चोरी र दुई आरोपी पक्राउ
स्वास्थ्य बीमा बोर्डले करार सेवाका लागि ७३ पदमा जागिरको लागि आवेदन माग्यो
स्वास्थ्य बीमा बोर्डले करार सेवाका लागि ७३ पदमा जागिरको लागि आवेदन माग्यो
युरोपका ६ देशमा शिक्षा खर्च, बेरोजगारी र महँगो आवासविरुद्ध प्रदर्शन चर्कियो
युरोपका ६ देशमा शिक्षा खर्च, बेरोजगारी र महँगो आवासविरुद्ध प्रदर्शन चर्कियो
इमरान खानले ‘भारत छाड’ नोटिसविरुद्ध बम्बे हाईकोर्टमा दिए रिट
इमरान खानले ‘भारत छाड’ नोटिसविरुद्ध बम्बे हाईकोर्टमा दिए रिट
टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा जनकपुरबाट २० वर्षीय युवक पक्राउ
टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा जनकपुरबाट २० वर्षीय युवक पक्राउ
काठमाडौंमा बिजुली कटौती, पोल परिवर्तनका कारण बिहान ११ देखि ३ बजेसम्म बिजुली सेवा अवरुद्ध
काठमाडौंमा बिजुली कटौती, पोल परिवर्तनका कारण बिहान ११ देखि ३ बजेसम्म बिजुली सेवा अवरुद्ध
सङ्खुवासभामा बेलीब्रिज भाँचिएपछि यातायात पूर्णरूपमा अवरुद्ध, आवतजावत र व्यापार प्रभावित
सङ्खुवासभामा बेलीब्रिज भाँचिएपछि यातायात पूर्णरूपमा अवरुद्ध, आवतजावत र व्यापार प्रभावित
प्रधानमन्त्री सहित शीर्ष नेताहरुबीच निर्वाचनका विषयमा छलफल, निर्वाचन मिति टुंगो लगाउने प्रयास
प्रधानमन्त्री सहित शीर्ष नेताहरुबीच निर्वाचनका विषयमा छलफल, निर्वाचन मिति टुंगो लगाउने प्रयास
कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड हुँदा १९ जनाको मृत्यु
कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड हुँदा १९ जनाको मृत्यु
singel sidbar banner
singel sidbar banner 2