singel post top banner

च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिलाहरू सुरक्षित रूपमा परिवारसँग पुनः सम्पर्कमा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, श्रावण ४, २०८३
72 Views
च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिलाहरू सुरक्षित रूपमा परिवारसँग पुनः सम्पर्कमा
समाचार सारांश
  • कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरू अन्ततः परिवारको सम्पर्कमा आएका छन्।
  • भीमदत्त नगरपालिका–१९ का अध्यक्ष जगुराम थारू चौधरीका अनुसार आज मध्याह्न सवा १२ बजेतिर उनीहरू आफैं परिवारको सम्पर्कमा आएका हुन्।

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरू अन्ततः परिवारको सम्पर्कमा आएका छन्। भीमदत्त नगरपालिका–१९ का अध्यक्ष जगुराम थारू चौधरीका अनुसार आज मध्याह्न सवा १२ बजेतिर उनीहरू आफैं परिवारको सम्पर्कमा आएका हुन्।

वडाध्यक्ष चौधरीका अनुसार, महिलाहरू च्याउ टिप्दै जाँदा बाटो बिर्सिएका थिए र रातभर जंगलमै बास बसेपछि आज घर फर्किएका हुन्। उनीहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट निकुञ्जभित्र प्रवेश गरेका थिए। उनीहरू ९ जना र ५ जनाको दुई समूहमा विभाजन भएर जंगलमा च्याउ खोज्न गएका थिए। आइतबार बिहान करिब ११ बजेतिर निकुञ्ज प्रवेश गरेका उनीहरू बेलुकीसम्म सम्पर्कविहीन भएका थिए।

स्थानीयवासी र प्रहरीको संयुक्त खोजी कार्यका बीच, नेपाल सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासनको टोलीले रातभर खोजी गरेपछि महिलाहरू आफूहरू सुरक्षित रूपमा घर पुगेका हुन्। परिवारको सम्पर्कमा आएपछि उनीहरूको अवस्था बुझ्नका लागि प्रमुख जिल्ला अधिकारीको टोली समेत भीमदत्त नगरपालिका–१९ बागफाँटा पुगेको छ।

साथै, आइतबार साझँदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई पनि नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ। उनीहरूलाई सोमबार बिहान सुरक्षित रूपमा उद्धार गरी परिवारको जिम्मा लगाइएको नेपाली सेनाले जनाएको छ।

निकुञ्जमा अवैध रूपमा च्याउ टिप्न गएका तीन जना महिलाहरू सम्पर्कविहीन हुँदा सुरक्षाकर्मी, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासनको खोजीकार्य जारी थियो। अब सबै महिलाहरू सुरक्षित रूपमा घर फर्किएर परिवारको साथमा छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

इरानमा अमेरिका र इजरायलको आक्रमण: १९३ बालबालिकाको मृत्यु
इरानमा अमेरिका र इजरायलको आक्रमण: १९३ बालबालिकाको मृत्यु
रसुवागढ़ी नाका पुनः सञ्चालन सीमा यातायात सुरु, निर्माण कार्य सम्पन्न
रसुवागढ़ी नाका पुनः सञ्चालन सीमा यातायात सुरु, निर्माण कार्य सम्पन्न
Moon and Venus Shine Together in the Sky: A Beautiful Celestial Event on September 14, 2026
Moon and Venus Shine Together in the Sky: A Beautiful Celestial Event on September 14, 2026
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
गृहमन्त्री गुरुङले भने, कानुनभन्दा माथि कोही छैन, ओली र लेखकलाई पक्राउ गर्नुभएको हो
गृहमन्त्री गुरुङले भने, कानुनभन्दा माथि कोही छैन, ओली र लेखकलाई पक्राउ गर्नुभएको हो
मधेश प्रदेशमा सरकार गठनको विरोधमा सात दलीय गठबन्धनको धर्ना र राजनीतिक तनाव बढ्यो
मधेश प्रदेशमा सरकार गठनको विरोधमा सात दलीय गठबन्धनको धर्ना र राजनीतिक तनाव बढ्यो
रौतहट: बलेरीमा दुई घरमा मध्यराति सुरुङ खनेर करिब १२ लाख रुपैयाँ बराबरको चोरी
रौतहट: बलेरीमा दुई घरमा मध्यराति सुरुङ खनेर करिब १२ लाख रुपैयाँ बराबरको चोरी
मधेस प्रदेशमा सरकार स्थिरता र राजनीतिक समीकरण: केन्द्र र प्रदेशबीचको टकराव र आगामी चुनौतीहरू
मधेस प्रदेशमा सरकार स्थिरता र राजनीतिक समीकरण: केन्द्र र प्रदेशबीचको टकराव र आगामी चुनौतीहरू
सीमा नाका ७२ घण्टाका लागि बन्द, निर्वाचनको सुरक्षा सुनिश्चितता
सीमा नाका ७२ घण्टाका लागि बन्द, निर्वाचनको सुरक्षा सुनिश्चितता
मधेस प्रदेश सरकारलाई अन्योलमा पार्ने कानुनी र सडक संघर्ष, मन्त्रीहरू ‘अलपत्र’ अवस्थामा
मधेस प्रदेश सरकारलाई अन्योलमा पार्ने कानुनी र सडक संघर्ष, मन्त्रीहरू ‘अलपत्र’ अवस्थामा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?