च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिलाहरू सुरक्षित रूपमा परिवारसँग पुनः सम्पर्कमा
- कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरू अन्ततः परिवारको सम्पर्कमा आएका छन्।
- भीमदत्त नगरपालिका–१९ का अध्यक्ष जगुराम थारू चौधरीका अनुसार आज मध्याह्न सवा १२ बजेतिर उनीहरू आफैं परिवारको सम्पर्कमा आएका हुन्।
कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरू अन्ततः परिवारको सम्पर्कमा आएका छन्। भीमदत्त नगरपालिका–१९ का अध्यक्ष जगुराम थारू चौधरीका अनुसार आज मध्याह्न सवा १२ बजेतिर उनीहरू आफैं परिवारको सम्पर्कमा आएका हुन्।
वडाध्यक्ष चौधरीका अनुसार, महिलाहरू च्याउ टिप्दै जाँदा बाटो बिर्सिएका थिए र रातभर जंगलमै बास बसेपछि आज घर फर्किएका हुन्। उनीहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट निकुञ्जभित्र प्रवेश गरेका थिए। उनीहरू ९ जना र ५ जनाको दुई समूहमा विभाजन भएर जंगलमा च्याउ खोज्न गएका थिए। आइतबार बिहान करिब ११ बजेतिर निकुञ्ज प्रवेश गरेका उनीहरू बेलुकीसम्म सम्पर्कविहीन भएका थिए।
स्थानीयवासी र प्रहरीको संयुक्त खोजी कार्यका बीच, नेपाल सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासनको टोलीले रातभर खोजी गरेपछि महिलाहरू आफूहरू सुरक्षित रूपमा घर पुगेका हुन्। परिवारको सम्पर्कमा आएपछि उनीहरूको अवस्था बुझ्नका लागि प्रमुख जिल्ला अधिकारीको टोली समेत भीमदत्त नगरपालिका–१९ बागफाँटा पुगेको छ।
साथै, आइतबार साझँदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई पनि नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ। उनीहरूलाई सोमबार बिहान सुरक्षित रूपमा उद्धार गरी परिवारको जिम्मा लगाइएको नेपाली सेनाले जनाएको छ।
निकुञ्जमा अवैध रूपमा च्याउ टिप्न गएका तीन जना महिलाहरू सम्पर्कविहीन हुँदा सुरक्षाकर्मी, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासनको खोजीकार्य जारी थियो। अब सबै महिलाहरू सुरक्षित रूपमा घर फर्किएर परिवारको साथमा छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






