singel post top banner

राष्ट्रिय सभामा सरकारको कार्यशैलीप्रति सांसदहरूको असन्तुष्टि

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, आश्विन १२, २०८३
49 Views
राष्ट्रिय सभामा सरकारको कार्यशैलीप्रति सांसदहरूको असन्तुष्टि
समाचार सारांश
  • काठमाडौं ।
  • राष्ट्रिय सभाका सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुशासन, दैलेखको मिथेन ग्यास उत्खनन, विपद् उद्धार तथा राहत र सडक मर्मतमा तत्काल ध्यान दिन आग्रह गरेका छन्।

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुशासन, दैलेखको मिथेन ग्यास उत्खनन, विपद् उद्धार तथा राहत र सडक मर्मतमा तत्काल ध्यान दिन आग्रह गरेका छन्।

सोमबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले सुशासनको नारा व्यवहारमा नदेखिएको, दैलेखमा ग्यास उत्खनन अघि नबढेको र बाढीपहिरोपीडितले प्रभावकारी राहत तथा उद्धार नपाएको बताएका हुन्।

सांसद विष्णुदेवी पुडासैनीले सडकका खाल्डाखुल्डी पुर्न नसक्दा नागरिकको यात्रा कष्टकर बनेको र असुरक्षित सडकका कारण ज्यान गुमाउनुपर्ने अवस्था आएको बताइन्। उनले सडकको दुरवस्थालाई सुशासनको उपहास भन्दै सरकारको आलोचना गरिन्। बालिका हत्याका अभियुक्तलाई न्यून धरौटीमा रिहा गरिएको विषय पनि न्यायको मर्मविपरीत रहेको उनको भनाइ थियो।

सांसद विष्णुबहादुर विश्वकर्माले दैलेखमा मिथेन ग्यासको भण्डार पुष्टि भइसके पनि उत्खनन प्रक्रिया अघि नबढेकोमा आपत्ति जनाए। राज्यका स्रोतसाधन उपयोग गर्न नसक्नु सरकारको कमजोरी भएको उल्लेख गर्दै उनले ग्यासको अभाव कम गर्न परियोजना तत्काल सञ्चालन गर्न माग गरे।

सांसद सावित्री मल्लले असोजमा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट भएको क्षतिप्रति चिन्ता व्यक्त गरिन्। अन्य सांसदहरूले २१ जनाभन्दा बढीको मृत्यु र सयौँ विस्थापित हुँदा पनि सरकारले उद्धार तथा राहतका लागि विशेष प्याकेज नल्याएको आरोप लगाए। उनीहरूले मृत्यु दर्तासम्बन्धी कानुनी झमेला हटाउन विशेष कानुनी व्यवस्था गर्न पनि माग गरे।

विश्वकर्माले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गर्दा अपनाइएको प्रक्रियामाथि प्रश्न उठाउँदै लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्न सरकारलाई सचेत गराए।

बैठकमा सांसदहरूले चाडपर्व नजिकिँदै गर्दा भत्किएका सडक र पुलको तत्काल मर्मत गर्नुपर्नेमा पनि जोड दिएका थिए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल
आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल
रेमिट्यान्स कम्पनीहरूको न्यूनतम चुक्ता पूँजी दुई वर्षले थप गरी १० करोड पुर्‍याउने व्यवस्था
रेमिट्यान्स कम्पनीहरूको न्यूनतम चुक्ता पूँजी दुई वर्षले थप गरी १० करोड पुर्‍याउने व्यवस्था
सशस्त्र प्रहरी महानिरीक्षकको निर्वाचन सुरक्षा निर्देशन; निष्पक्ष र भयमुक्त चुनावको लागि कडा तयारी
सशस्त्र प्रहरी महानिरीक्षकको निर्वाचन सुरक्षा निर्देशन; निष्पक्ष र भयमुक्त चुनावको लागि कडा तयारी
संसद् बैठकमा विपक्षी सांसदहरूको विरोध, सभामुखले कांग्रेस सांसदलाई बोल्न दिएका छन्
संसद् बैठकमा विपक्षी सांसदहरूको विरोध, सभामुखले कांग्रेस सांसदलाई बोल्न दिएका छन्
रास्वपाले १८ वर्ष मुनिकालाई सदस्यता वितरण गरेको विषयमा मानवअधिकार आयोगलाई जानकारी दिए
रास्वपाले १८ वर्ष मुनिकालाई सदस्यता वितरण गरेको विषयमा मानवअधिकार आयोगलाई जानकारी दिए
बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारी, दुई आयोजनाले ३५१ मेगावाट विद्युत् उत्पादन गर्ने
बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारी, दुई आयोजनाले ३५१ मेगावाट विद्युत् उत्पादन गर्ने
भारतले आज ७६औ संविधान दिवस मनाउँदै, ९ भाषामा संविधान अनुवाद र नयाँ घोषणा
भारतले आज ७६औ संविधान दिवस मनाउँदै, ९ भाषामा संविधान अनुवाद र नयाँ घोषणा
मधेस प्रदेशमा सरकार गठनविरोधी सांसदहरूको विरोध प्रदर्शन र नियुक्ति खारेजीको माग
मधेस प्रदेशमा सरकार गठनविरोधी सांसदहरूको विरोध प्रदर्शन र नियुक्ति खारेजीको माग
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
जेन-जी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सरकारले शहीद घोषणा गर्ने निर्णय
जेन-जी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सरकारले शहीद घोषणा गर्ने निर्णय
singel sidbar banner
singel sidbar banner 2