काठमाडौंमा नदी प्रदूषण नियन्त्रणका लागि ‘ट्रास बेरियर’ जडान
- काठमाडौं — सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहर सङ्कलन गर्न ‘ट्रास बेरियर’ उपकरण सञ्चालनमा ल्याएको छ।
- यस कदमले नदीको स्वच्छता र संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
काठमाडौं — सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहर सङ्कलन गर्न ‘ट्रास बेरियर’ उपकरण सञ्चालनमा ल्याएको छ। यस कदमले नदीको स्वच्छता र संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रारम्भिक चरणमा गुह्येश्वरीबाट सुरु गरी वाग्मती नदीका पाँच स्थानहरूमा ट्रास बेरियर जडान गरिएको हो। ती स्थानहरू हुन्: गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगङ्गा आँखा अस्पताल, वाग्मती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभान। यी सबै स्थानमा जम्मा रु ६५ लाखको लागतमा ठेक्का सम्झौता गरी ट्रास बेरियर स्थापना प्रक्रिया शुरु गरिएको हो।
सहरी विकासमन्त्री कुलमान घिसिङका निजी सचिवालयका अनुसार, यी ट्रास बेरियरहरूले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहरलाई रोक्न तथा निश्चित स्थानमा जम्मा गर्न मद्दत गर्दछ। यसले नदीको बहावलाई अवरुद्ध नगरी फोहरलाई सहजै सङ्कलन गर्न सक्ने व्यवस्था मिलाएको छ।
काठमाडौं उपत्यका आसपासका वाग्मती, विष्णुमती, मनोहरा र धोबीखोला नदीहरूमा फोहर व्यवस्थापन र सहरीकरणको अभावमा नदीमा तैरिने फोहरको मात्रा बढिरहेकोले यस प्रकारको ट्रास बेरियरले नदी संरक्षण र प्रदूषण न्यूनिकरणमा ठूलो मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
अधिकारिक स्रोतका अनुसार, ट्रास बेरियरबाट सङ्कलित फोहरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनःप्रयोग र सुरक्षित रूपमा व्यवस्थापन गरिनेछ। यसले नदीको सौन्दर्यमा सुधार ल्याउने, जलजीव संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
नदीको सतहमा तैरिने फोहरलाई रोक्न र नदीको प्राकृतिक बहावमा बाधा नपार्दै सफाइ गर्न सक्षम यस संरचनाले काठमाडौंको नदी संरक्षण अभियानलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। यस कदमले काठमाडौंको वातावरणीय संरक्षण र स्वच्छता अभियानलाई थप बल पुर्याउनेछ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






