बाँकेमा हावाहुरी र वर्षाले धानबालीमा क्षति, खेतमा ढल्यो धान
- बाँके ।
- लगातारको वर्षासँगै शनिबार चलेको हावाहुरीले बाँकेका विभिन्न स्थानमा धानबालीमा क्षति पुर्याएको छ ।
बाँके । लगातारको वर्षासँगै शनिबार चलेको हावाहुरीले बाँकेका विभिन्न स्थानमा धानबालीमा क्षति पुर्याएको छ । हुरीका कारण खेतमा पाक्न लागेको धान ढलेको किसानले बताएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार हुरीले अधिकांश खेतको धान ढालेको छ । डुडुवा गाउँपालिका–५ का सुजन थापाको खेतमा पनि धान ढलेर क्षति भएको छ । कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले क्षतिको पूर्ण विवरण संकलन भइनसकेको बताइन् । उनका अनुसार बाँकेमा ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ ।
क्षतिको यकिन विवरण संकलन भएपछि प्रभावित क्षेत्र र किसानको अवस्थाबारे थप जानकारी आउने केन्द्रले जनाएको छ ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






