मेचीनगरस्थित भावना चोकमा आगलागी, १६ लाख बराबरको क्षति, घर र गोठ जले
- बिर्तामोड — मेचीनगर नगरपालिका–३ भावना चोकमा गएराति भएको आगलागीले ठूलो धनमाल र सम्पत्तिको क्षति भएको छ।
- प्रहरीका अनुसार, आगलागीबाट करिब १६ लाख बराबरको क्षति भएको छ।
बिर्तामोड — मेचीनगर नगरपालिका–३ भावना चोकमा गएराति भएको आगलागीले ठूलो धनमाल र सम्पत्तिको क्षति भएको छ। प्रहरीका अनुसार, आगलागीबाट करिब १६ लाख बराबरको क्षति भएको छ।
आगलागीमा घरका भाँडावर्तन, लत्ताकपडा, अन्नपात, आधा तोला सुनसहित करिब ५० हजार नगद जलेको जानकारी प्राप्त भएको छ। स्थानीय निवासि पूर्णचन्द्र रिजालको दुई कोठे कच्ची घर, जुन इँटा, काठ र टिनको छानोले बनेको थियो, आगलागीले पूर्णरूपमा जलेको हो। यसैगरी, घरसँगै जोडिएको गोठ पनि नष्ट भएको छ।
आगलागी नियन्त्रणका लागि मेचीनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आगो सकुशल नियन्त्रणमा आएको हो। आगलागीको कारण अझै खुल्न सकिएको छैन। थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
यस घटनाले स्थानीयवासीमा ठूलो त्रास र चिन्ताको माहोल सिर्जना गरेको छ। आगलागीको कारणको खोजी र यसबाट पीडित परिवारलाई आवश्यक सहायता उपलब्ध गराउने प्रयास भइरहेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






