singel post top banner

जाजरकोटमा पहिरोले ज्यान गुमाउनेको संख्या बढ्दै, मृतक र बेपत्ता अझै खोजी जारी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, श्रावण ३१, २०८३
67 Views
जाजरकोटमा पहिरोले ज्यान गुमाउनेको संख्या बढ्दै, मृतक र बेपत्ता अझै खोजी जारी
समाचार सारांश
  • जाजरकोट ।
  • भेरी नगरपालिका-२, फारुल्लामा शनिवार राति आएको भयंकर पहिरोमा परी आमा-छोरा सहित तीनजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्।

जाजरकोट । भेरी नगरपालिका-२, फारुल्लामा शनिवार राति आएको भयंकर पहिरोमा परी आमा-छोरा सहित तीनजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्।

पैठानको पहिरोले रती खत्री (५०) र उनका छोरा ५४ वर्षीय ओमसिंह खत्रीको शव आइतबार बिहान सुरक्षाकर्मीहरूको टोलीले फेला पारेको हो। उनीहरू पहिरोमा पुरिएर मृत भेटिएका हुन्।

शनिबार बेलुकी नै सोही वडाको चिसापानी क्षेत्रमा पनि पहिरो आएको थियो। यस घटनामा ७० वर्षीय भीमबहादुर कार्की बेपत्ता भएको जानकारी दिइएको छ। साथै, ५२ वर्षीय केदार कार्कीलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

यस क्रममा ६ जना घाइते भएका छन्, जसको सुर्खेत र जाजरकोट अस्पतालमा उपचार भइरहेको छ। जाजरकोटका डीएसपी बुद्धीसागर पुरीले भने, “अहिले घटना स्थलमा सुरक्षाकर्मीहरू पुगेर खोजी कार्य जारी राखिरहेका छन्।”

अहिले पहिरोले सडक अवरुद्ध बनाएको कारण घटनास्थलसम्म पुग्न समस्या भइरहेको छ। स्थानियहरू र सुरक्षा टोलीहरू मिलेर उद्धार र खोजीकार्य जारी राखेका छन्। यस प्रकारको प्रकोपले गर्दा जाजरकोट र आसपासका क्षेत्रहरूमा जनजीवन प्रभावित भएको छ र राहत तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काभ्रेपलाञ्चोक: वर्षाका कारण जोखिम, बीपी राजमार्गमा सवारी आवागमन होल्ड
काभ्रेपलाञ्चोक: वर्षाका कारण जोखिम, बीपी राजमार्गमा सवारी आवागमन होल्ड
राष्ट्रपति निवासमा शीर्ष नेताहरूको संयुक्त भेट, आगामी निर्वाचन विषयमा छलफल
राष्ट्रपति निवासमा शीर्ष नेताहरूको संयुक्त भेट, आगामी निर्वाचन विषयमा छलफल
सरकारले घटना जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्न स्वीकृति
सरकारले घटना जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्न स्वीकृति
पारदर्शी र सुरक्षित निर्वाचनका लागि ७३ हजार सुरक्षाकर्मी परिचालनको तयारी
पारदर्शी र सुरक्षित निर्वाचनका लागि ७३ हजार सुरक्षाकर्मी परिचालनको तयारी
सुनसरीमा बेमौसमी वर्षाले करिब दुई अर्बको धान र तरकारीबाली क्षति
सुनसरीमा बेमौसमी वर्षाले करिब दुई अर्बको धान र तरकारीबाली क्षति
नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द, निर्वाचनका कारण सीमा सुरक्षा कडाइ
नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द, निर्वाचनका कारण सीमा सुरक्षा कडाइ
म्याग्दीमा २२.५ मेगावाट माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सम्पन्न
म्याग्दीमा २२.५ मेगावाट माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सम्पन्न
प्रतिनिधिसभा निर्वाचन; आयोगले तोक्यो उम्मेदवारको खर्च सीमा
प्रतिनिधिसभा निर्वाचन; आयोगले तोक्यो उम्मेदवारको खर्च सीमा
धनगढीका बेपत्ता कम्प्युटर व्यवसायी मृत फेला
धनगढीका बेपत्ता कम्प्युटर व्यवसायी मृत फेला
काठमाडौंमा प्रदर्शित ‘भाइरल गोर्खे’ को प्रिमियर, सौगात मल्ल र श्रृष्टि श्रेष्ठको आकर्षक पहिरनले माया जित्दै
काठमाडौंमा प्रदर्शित ‘भाइरल गोर्खे’ को प्रिमियर, सौगात मल्ल र श्रृष्टि श्रेष्ठको आकर्षक पहिरनले माया जित्दै
singel sidbar banner
singel sidbar banner 2