singel post top banner

नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ चितवनमा आयोजना हुने

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, कार्तिक ८, २०८३
26 Views
नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ चितवनमा आयोजना हुने
समाचार सारांश
  • चितवन ।
  • नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्ने उद्देश्यले कात्तिक ९ देखि ११ गतेसम्म चितवनमा ‘नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुने भएको छ।

चितवन । नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्ने उद्देश्यले कात्तिक ९ देखि ११ गतेसम्म चितवनमा ‘नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन अभियानले संयुक्त रूपमा कार्यक्रम आयोजना गर्न लागेका हुन्।

कार्यक्रमका संयोजक तथा एनआरएनए आइसिसीका प्रवक्ता सोमनाथ सापकोटाका अनुसार ‘सीमा जोड्दै, मित्रता बढाउँदै, पर्यटन प्रवर्द्धन गर्दै’ भन्ने नारासहित कार्यक्रम आयोजना हुनेछ। भारतीय बजारमा नेपालको प्रभावकारी प्रवर्द्धन गर्ने, नेपाली र भारतीय पर्यटन व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापित गर्ने तथा नेपाली गन्तव्यलाई अन्तर्राष्ट्रिय पर्यटन सञ्जालसँग जोड्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए।

“नेपालको पर्यटन प्रवर्द्धन प्रचार सामग्री वितरणमा मात्र सीमित हुनुहुँदैन। भारतीय पर्यटन व्यवसायीलाई नेपाली गन्तव्यमा प्रत्यक्ष अवलोकन गराउने, होटल तथा रिसोर्ट सञ्चालकसँग भेटघाट गराउने र सेवा–सुविधाबारे जानकारी दिँदै व्यावसायिक साझेदारीका आधार तयार गर्नु आवश्यक छ,” सापकोटाले भने।

उनका अनुसार भारतका विभिन्न सहरबाट २१ जना पर्यटन व्यवसायी तथा प्रतिनिधि कार्यक्रममा सहभागी हुनेछन्। उनीहरूले नेपाली पर्यटन व्यवसायी, होटल तथा रिसोर्ट सञ्चालक र स्थानीय पर्यटन सरोकारवालासँग भेटघाट तथा व्यावसायिक छलफल गर्नेछन्। कार्यक्रममा परिचयात्मक भ्रमण, पर्यटन प्याकेज निर्माण र भविष्यमा नियमित पर्यटक आवागमन बढाउने सम्भावनाबारे पनि छलफल हुनेछ।

भारतीय पर्यटकलाई नेपालका धार्मिक, आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, वन्यजन्तु तथा साहसिक पर्यटन गन्तव्यसँग जोड्न सके पर्यटन क्षेत्रमा ठूलो सम्भावना सिर्जना हुने सापकोटाको भनाइ छ।

कार्यक्रमले लुम्बिनी, रामग्राम, देवघाट, नवलपुर र चितवनलाई एउटै पर्यटन सर्किटमा जोड्ने लक्ष्य राखेको छ। भरतपुर महानगरपालिका, कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिकालगायत क्षेत्रलाई पर्यटन सञ्जालमा समेटेर क्षेत्रीय सहकार्य विस्तार गर्न सकिने उनले बताए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

महान्यायाधिवक्ताका लागि डा. नारायणदत्त कँडेलको नाम सिफारिस
महान्यायाधिवक्ताका लागि डा. नारायणदत्त कँडेलको नाम सिफारिस
ट्रम्पको दाबी पुनः दोहोरिन्यो : ‘भारत–पाकिस्तान द्वन्द्व रोक्न मैले खेलेँ केन्द्रीय भूमिका’
ट्रम्पको दाबी पुनः दोहोरिन्यो : ‘भारत–पाकिस्तान द्वन्द्व रोक्न मैले खेलेँ केन्द्रीय भूमिका’
सिड्नी विमानस्थलमा शुक्रबार सुरक्षा कर्मचारीको हडताल, यात्रुलाई अतिरिक्त समय छुट्याउन सुझाव
सिड्नी विमानस्थलमा शुक्रबार सुरक्षा कर्मचारीको हडताल, यात्रुलाई अतिरिक्त समय छुट्याउन सुझाव
म्याग्दीमा २२.५ मेगावाट माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सम्पन्न
म्याग्दीमा २२.५ मेगावाट माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सम्पन्न
नेपाली कांग्रेसले निष्क्रिय सदस्यहरूलाई पार्टीमा पुनः प्रवेश गर्न आह्वान
नेपाली कांग्रेसले निष्क्रिय सदस्यहरूलाई पार्टीमा पुनः प्रवेश गर्न आह्वान
उपेन्द्र यादवले संघीयता र समानताको रक्षा गर्न जनता समाजवादी पार्टीको दृढता दोहोर्‍याए
उपेन्द्र यादवले संघीयता र समानताको रक्षा गर्न जनता समाजवादी पार्टीको दृढता दोहोर्‍याए
रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाए
रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाए
झापा बिर्तामोडमा आगलागी, तीन घर पूर्ण रूपमा जले, अन्य तीनमा आंशिक क्षति
झापा बिर्तामोडमा आगलागी, तीन घर पूर्ण रूपमा जले, अन्य तीनमा आंशिक क्षति
अनुप सिंह उर्फ मनोज कुमार: बेलायत र अमेरिकामा ठगीका मुख्य आरोपी, अदालतमा मुद्दा दर्ता
अनुप सिंह उर्फ मनोज कुमार: बेलायत र अमेरिकामा ठगीका मुख्य आरोपी, अदालतमा मुद्दा दर्ता
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
singel sidbar banner
singel sidbar banner 2