रौतहट प्रहरीले एक महिनामा १.४३ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद
- रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहट र यसको मातहतका प्रहरी युनिटहरूले पछिल्लो एक महिनामा १ करोड ४३ लाख ५८ हजार ९८५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जानकारी दिएका छन्।
- प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले बताएअनुसार, जेठ महिनाभर सञ्चालन गरिएको विशेष निगरानी र कारबाहीका क्रममा उक्त परिमाणको अवैध सामान नियन्त्रणमा आएको हो।
रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहट र यसको मातहतका प्रहरी युनिटहरूले पछिल्लो एक महिनामा १ करोड ४३ लाख ५८ हजार ९८५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जानकारी दिएका छन्। प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले बताएअनुसार, जेठ महिनाभर सञ्चालन गरिएको विशेष निगरानी र कारबाहीका क्रममा उक्त परिमाणको अवैध सामान नियन्त्रणमा आएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, यस अवधिमा विभिन्न प्रकृतिका ११९ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ज्यानसम्बन्धी १३, आत्महत्यासम्बन्धी २६, चोरीका २, संगठित र आर्थिक अपराधका ३०, सामाजिक अपराध १७, महिला तथा बालबालिकासम्बन्धी १२, सवारी ज्यानका ५ र अन्य १४ वटा मुद्दा रहेका छन्। थप रूपमा, जघन्य तथा गम्भीर अपराधअन्तर्गत कर्तव्य ज्यान १, हातहतियार १, बैंकिङ कसूर २४, हुण्डी १ र ठगीका ५ गरी कुल ३२ वटा मुद्दा दर्ता भएका छन्।
यसैबीच, प्रहरीले यस अवधिमा ६५४ वटा उजुरी दर्ता गरी तीमध्ये ५३७ वटा फर्छ्योट गरेको छ भने ११७ वटा उजुरी प्रक्रियामा रहेका छन्। फरार प्रतिवादीहरूबाट १७० जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये १० वर्ष ७ महिना १९ दिनको कैद र ३४ लाख ७३ हजार १२० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जानकारी दिएको छ।
महिला, बालबालिका र ज्येष्ठ नागरिक सम्बन्धि १६० वटा उजुरी प्राप्त भएका छन्। घरेलु हिंसाका ४२ वटासहित ४३ वटा उजुरी फर्छ्योट गरिएको र ८ वटा घटनाको अनुसन्धान भइरहेको छ। साथै, लागुऔषध नियन्त्रणका लागि तीन वटा मुद्दा दर्ता गरी चार जनालाई पक्राउ गरिएको छ। प्रहरीले १८९ किलो ५५ ग्राम गाँजा र ६ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धि सात वटा मुद्दा फर्छ्योट गरी पीडितलाई २६ लाख ८५ हजार रुपैयाँ नगद र ७ कठ्ठा १५ धुर जग्गा फिर्ता गराइएको छ। ट्राफिक नियमविपरीत सञ्चालन भएका १,०५९ सवारीमाथि कारबाही गरी ९ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ। यस अवधिमा जिल्लामा ८२ वटा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु र १२२ जना घाइते भएका छन्।
प्रहरीले अवैध रूपमा काटिएको ४० क्युबिक फिट सालको काठ बरामद गरी १ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यसैबीच, समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ९२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी १,७१५ जना लाभान्वित भएका छन्। साथै, १४ विद्यालयमा आयोजना गरिएका कार्यक्रममार्फत ६७५ विद्यार्थीलाई जागरूकता अभियानमा सहभागी गराइएको छ।
सुरक्षा व्यवस्थाका रूपमा, प्रहरी टोलीले जेठ महिनामा ५८१ वटा मोबाइल गस्ती, ४७१ वटा पैदल गस्ती र १ हजार गाउंभरिका गस्ती गरी कुल ६,१२० वटा सुरक्षा गस्ती सञ्चालन गरेको जानकारी दिएका छन्।
यो गतिविधिले रौतहट जिल्लामा अपराध नियन्त्रण र सुरक्षा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ
