singel post top banner

रौतहट प्रहरीले एक महिनामा १.४३ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, आषाढ ३, २०८३
109 Views
रौतहट प्रहरीले एक महिनामा १.४३ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद
समाचार सारांश
  • रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहट र यसको मातहतका प्रहरी युनिटहरूले पछिल्लो एक महिनामा १ करोड ४३ लाख ५८ हजार ९८५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जानकारी दिएका छन्।
  • प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले बताएअनुसार, जेठ महिनाभर सञ्चालन गरिएको विशेष निगरानी र कारबाहीका क्रममा उक्त परिमाणको अवैध सामान नियन्त्रणमा आएको हो।

रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहट र यसको मातहतका प्रहरी युनिटहरूले पछिल्लो एक महिनामा १ करोड ४३ लाख ५८ हजार ९८५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जानकारी दिएका छन्। प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले बताएअनुसार, जेठ महिनाभर सञ्चालन गरिएको विशेष निगरानी र कारबाहीका क्रममा उक्त परिमाणको अवैध सामान नियन्त्रणमा आएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, यस अवधिमा विभिन्न प्रकृतिका ११९ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ज्यानसम्बन्धी १३, आत्महत्यासम्बन्धी २६, चोरीका २, संगठित र आर्थिक अपराधका ३०, सामाजिक अपराध १७, महिला तथा बालबालिकासम्बन्धी १२, सवारी ज्यानका ५ र अन्य १४ वटा मुद्दा रहेका छन्। थप रूपमा, जघन्य तथा गम्भीर अपराधअन्तर्गत कर्तव्य ज्यान १, हातहतियार १, बैंकिङ कसूर २४, हुण्डी १ र ठगीका ५ गरी कुल ३२ वटा मुद्दा दर्ता भएका छन्।

यसैबीच, प्रहरीले यस अवधिमा ६५४ वटा उजुरी दर्ता गरी तीमध्ये ५३७ वटा फर्छ्योट गरेको छ भने ११७ वटा उजुरी प्रक्रियामा रहेका छन्। फरार प्रतिवादीहरूबाट १७० जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये १० वर्ष ७ महिना १९ दिनको कैद र ३४ लाख ७३ हजार १२० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जानकारी दिएको छ।

महिला, बालबालिका र ज्येष्ठ नागरिक सम्बन्धि १६० वटा उजुरी प्राप्त भएका छन्। घरेलु हिंसाका ४२ वटासहित ४३ वटा उजुरी फर्छ्योट गरिएको र ८ वटा घटनाको अनुसन्धान भइरहेको छ। साथै, लागुऔषध नियन्त्रणका लागि तीन वटा मुद्दा दर्ता गरी चार जनालाई पक्राउ गरिएको छ। प्रहरीले १८९ किलो ५५ ग्राम गाँजा र ६ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ।

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धि सात वटा मुद्दा फर्छ्योट गरी पीडितलाई २६ लाख ८५ हजार रुपैयाँ नगद र ७ कठ्ठा १५ धुर जग्गा फिर्ता गराइएको छ। ट्राफिक नियमविपरीत सञ्चालन भएका १,०५९ सवारीमाथि कारबाही गरी ९ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ। यस अवधिमा जिल्लामा ८२ वटा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु र १२२ जना घाइते भएका छन्।

प्रहरीले अवैध रूपमा काटिएको ४० क्युबिक फिट सालको काठ बरामद गरी १ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यसैबीच, समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ९२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी १,७१५ जना लाभान्वित भएका छन्। साथै, १४ विद्यालयमा आयोजना गरिएका कार्यक्रममार्फत ६७५ विद्यार्थीलाई जागरूकता अभियानमा सहभागी गराइएको छ।

सुरक्षा व्यवस्थाका रूपमा, प्रहरी टोलीले जेठ महिनामा ५८१ वटा मोबाइल गस्ती, ४७१ वटा पैदल गस्ती र १ हजार गाउंभरिका गस्ती गरी कुल ६,१२० वटा सुरक्षा गस्ती सञ्चालन गरेको जानकारी दिएका छन्।

यो गतिविधिले रौतहट जिल्लामा अपराध नियन्त्रण र सुरक्षा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा
डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा
हुत्ती विद्रोहीद्वारा साउदी अरब र यमनको ऊर्जा केन्द्रहरूमा हवाई आक्रमण
हुत्ती विद्रोहीद्वारा साउदी अरब र यमनको ऊर्जा केन्द्रहरूमा हवाई आक्रमण
काठमाडौं र भक्तपुरमा यातायात बिचौलियाविरुद्ध ठूलो अभियान, ३२ बिचौलिया पक्राउ
काठमाडौं र भक्तपुरमा यातायात बिचौलियाविरुद्ध ठूलो अभियान, ३२ बिचौलिया पक्राउ
कुवेत र इराकमा नेपाली नागरिकको सुरक्षाका लागि नेपाली राजदूतावासको महत्वपूर्ण आग्रह
कुवेत र इराकमा नेपाली नागरिकको सुरक्षाका लागि नेपाली राजदूतावासको महत्वपूर्ण आग्रह
सुनसरीको कोसी गाँउपालिकामा गोली लागेर एक व्यक्तिको मृत्यु
सुनसरीको कोसी गाँउपालिकामा गोली लागेर एक व्यक्तिको मृत्यु
यमनमा हुथी विद्रोहीहरूले साउदी अरबमाथि २४ घण्टामा ५४ वटा हवाई आक्रमणको दाबी
यमनमा हुथी विद्रोहीहरूले साउदी अरबमाथि २४ घण्टामा ५४ वटा हवाई आक्रमणको दाबी
सुनचाँदी पसलमा लुटपाट प्रयत्न: गोली प्रहारमा एक युवा घाइते
सुनचाँदी पसलमा लुटपाट प्रयत्न: गोली प्रहारमा एक युवा घाइते
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु
नेपालमा शान्तिपूर्ण र उत्साहजनक मतदान सम्पन्न; आईजीपी कार्की
नेपालमा शान्तिपूर्ण र उत्साहजनक मतदान सम्पन्न; आईजीपी कार्की
मनाङको हिमपहिरोमा सङ्खुवासभाका दुई पर्यटक गाइडको मृत्यु
मनाङको हिमपहिरोमा सङ्खुवासभाका दुई पर्यटक गाइडको मृत्यु
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?