गृहमन्त्री अर्यालद्वारा गौरीफन्टा नाकाको निरीक्षण, राजस्व चुहावट र मानव बेचबिखन नियन्त्रणमा कडाइ
- काठमाडौँ।
- गृहमन्त्री ओमप्रकाश अर्याल ले कैलाली र कञ्चनपुरको सिमानामा पर्ने गौरीफन्टा नाका को स्थलगत निरीक्षण गरेका छन्।
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल ले कैलाली र कञ्चनपुरको सिमानामा पर्ने गौरीफन्टा नाका को स्थलगत निरीक्षण गरेका छन्। सोमबार गरिएको निरीक्षणमा उनले नाकामा भइरहेको कारोबार, भन्सार प्रक्रिया र सुरक्षा व्यवस्थाबारे प्रत्यक्ष जानकारी लिए।
मन्त्री अर्याल सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन मंगलबार सुदूरपश्चिम पुगेका हुन्। निरीक्षणको क्रममा उनले त्रिनगर भन्सार कार्यालय र कञ्चनपुरको डोके बोर्डर आउट पोस्ट समेत अवलोकन गरे।
उनले नाकाबाट हुने राजस्व चुहावट रोकथाम गर्न भन्सार प्रमुख र सुरक्षा निकायका प्रमुखहरूलाई कडा निर्देशन दिएका छन्। साथै, सिमानाबाट हुने चेली–बेटी बेचबिखन रोकथाम को लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रभावकारी कदम चाल्नुपर्ने मन्त्री अर्यालले जोड दिएका छन्।
गृहमन्त्रीको यस निरीक्षणलाई सुरक्षा र कानून कार्यान्वयनमा सुधारको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






