singel post top banner

नवलपरासीमा भीषण दुर्घटना: ईभी भ्यान र ट्रक टक्कर, १० जना घाइते

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, आषाढ २३, २०८३
49 Views
नवलपरासीमा भीषण दुर्घटना: ईभी भ्यान र ट्रक टक्कर, १० जना घाइते
समाचार सारांश
  • काठमाडौं – पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम) मा भएको भीषण सडक दुर्घटनामा १० जना घाइते भएका छन्।
  • मंगलबार बिहान बर्दघाट नगरपालिका–४ तारेभिरमा भएको सो दुर्घटनामा काठमाडौंबाट बुटवलको दिशामा जाँदै गरेको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ट्रक एकआपसमा ठोक्किएका हुन्।

काठमाडौं – पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम) मा भएको भीषण सडक दुर्घटनामा १० जना घाइते भएका छन्। मंगलबार बिहान बर्दघाट नगरपालिका–४ तारेभिरमा भएको सो दुर्घटनामा काठमाडौंबाट बुटवलको दिशामा जाँदै गरेको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ट्रक एकआपसमा ठोक्किएका हुन्।

प्रहरीका अनुसार, दुर्घटनामा घाइते हुनेहरूमा काठमाडौं महानगरपालिका–१० कपनका ३३ वर्षीय बद्री मगर, काठमाडौं स्वयम्भुका २५ वर्षीय नेत्रलाल नेवा, भारतीय नागरिक ६५ वर्षीय जगदीश बिएल, चितवन कालिका नगरपालिका–३ पदमपुरकी ६५ वर्षीया यनु मगर, रुपन्देही बुटवल उपमहानगरपालिका–४ अमरपथका ४० वर्षीय रूप गुरुङ, माइक्रो सहचालक ३५ वर्षीय गोविन्द थापा र माइक्रोबस चालक रुपन्देही बुटवल उपमहानगरपालिका– १२ ढवाहका ४४ वर्षीय कृष्ण थापा रहेका छन्।

अर्का घाइतेहरूमा गुल्मी इस्मा गाउँपालिका–६ का २१ वर्षीय किरण मुखिया, भारतीय नागरिक ६१ वर्षीय नन्जुण्डे गोडा र रुपन्देही बुटवल उपमहानगरपालिका–१७ का २८ वर्षीय प्रकाश भट्टराई छन्।

घाइतेमध्ये चार जनालाई थप उपचारका लागि देवदह मेडिकल कलेज, भलुही रिफर गरिएको छ भने अन्यको अवस्था सामान्य रहेको छ।

प्रहरीका अनुसार, दुर्घटनामा परी सवारीसाधनहरू घटनास्थलमै रोकिएका छन् र राजमार्गमा सवारीसाधन सञ्चालन सहज रहेको जनाएको छ। ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–११ का ३५ वर्षीय बुद्धिबहादुर ठोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको र थप विवरणहरू पछि सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

गगन थापाले नेपाली कांग्रेसलाई भोट हाल्ने आग्रह गर्दै भ्रष्टाचारको अन्त्य र सुशासनको प्रतिबद्धता व्यक्त गरे
गगन थापाले नेपाली कांग्रेसलाई भोट हाल्ने आग्रह गर्दै भ्रष्टाचारको अन्त्य र सुशासनको प्रतिबद्धता व्यक्त गरे
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
धनगढीमा शिक्षिका मृत्यु प्रकरण: बयान लिने प्रक्रिया सरकारी वकिलको अभावमा स्थगित
धनगढीमा शिक्षिका मृत्यु प्रकरण: बयान लिने प्रक्रिया सरकारी वकिलको अभावमा स्थगित
युक्रेन युद्ध पनि अन्त्य हुने संकेत, ट्रम्प-पुटिन-जेलेन्स्की त्रिपक्षीय वार्ताको बाटो खुल्यो
युक्रेन युद्ध पनि अन्त्य हुने संकेत, ट्रम्प-पुटिन-जेलेन्स्की त्रिपक्षीय वार्ताको बाटो खुल्यो
केपी ओलीले भदौ २४ को घटनालाई ‘राष्ट्रविरुद्धको महाअपराध’ घोषणा, नयाँ शक्तिसँग जोड्दै आरोप
केपी ओलीले भदौ २४ को घटनालाई ‘राष्ट्रविरुद्धको महाअपराध’ घोषणा, नयाँ शक्तिसँग जोड्दै आरोप
सिमरामा घटनाको अनुसन्धानका लागि प्रहरीले दुई वडा अध्यक्षलाई पक्राउ
सिमरामा घटनाको अनुसन्धानका लागि प्रहरीले दुई वडा अध्यक्षलाई पक्राउ
जेनजी युवाले वार्तामा बस्न अस्वीकार; मुक्का हान्ने पक्राउ नभएसम्म वार्ता नबसीने अडान
जेनजी युवाले वार्तामा बस्न अस्वीकार; मुक्का हान्ने पक्राउ नभएसम्म वार्ता नबसीने अडान
सिम्रौनगढबाट १० किलो गाँजासहित दुईजना पक्राउ: भारतीय सीमा नाकामा सुरक्षा कडा
सिम्रौनगढबाट १० किलो गाँजासहित दुईजना पक्राउ: भारतीय सीमा नाकामा सुरक्षा कडा
कलैयामा किन्नर र तेस्रो लिङ्गी समुदायबीच विवाद, पक्राउको विरोधमा अर्धनग्न प्रदर्शन
कलैयामा किन्नर र तेस्रो लिङ्गी समुदायबीच विवाद, पक्राउको विरोधमा अर्धनग्न प्रदर्शन
काठमाडौंमा प्रदर्शित ‘भाइरल गोर्खे’ को प्रिमियर, सौगात मल्ल र श्रृष्टि श्रेष्ठको आकर्षक पहिरनले माया जित्दै
काठमाडौंमा प्रदर्शित ‘भाइरल गोर्खे’ को प्रिमियर, सौगात मल्ल र श्रृष्टि श्रेष्ठको आकर्षक पहिरनले माया जित्दै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?