बलियो दलले मात्रै लोकतन्त्रलाई सबल बनाउन सक्छ; एमाले महासचिव पोखरेल
- दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले दलहरू बलियो भए मात्र लोकतन्त्र सुदृढ हुने बताएका छन्।
- दाङ प्रेस चौतारीले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले लोकतान्त्रिक प्रणालीलाई थप सशक्त बनाउन आवधिक निर्वाचन अनिवार्य रहेको जिकिर गर्नुभयो।
दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले दलहरू बलियो भए मात्र लोकतन्त्र सुदृढ हुने बताएका छन्। दाङ प्रेस चौतारीले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले लोकतान्त्रिक प्रणालीलाई थप सशक्त बनाउन आवधिक निर्वाचन अनिवार्य रहेको जिकिर गर्नुभयो।
महासचिव पोखरेलले गत भदौ २३ र २४ गतेका घटनालाई असामान्य बताएका छन्। उहाँले भन्नुभयो, “प्रहरी र अदालतमा आक्रमण हुनु सामान्य होइन। विखण्डनले राष्ट्र कमजोर बनाउँछ। एकताबाटै हामी समृद्धि र विकासतर्फ अघि बढी सक्छौँ।” उहाँले लोकतन्त्र, शान्ति सुरक्षा र कानुनी राज्यको रक्षा गर्न नेकपा एमाले गम्भीर रहेको उल्लेख गर्नुभयो।
अध्यक्ष पोखरेलले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीको छानबिन आवश्यक रहेको औंल्याउनुभयो। साथै, उहाँले राजनीतिक दलहरूलाई जनतासामु निर्वाध रूपमा पुग्ने वातावरण निर्माण गर्न जोड दिनुभयो। यसैगरी, उहाँले १६५ सिटमा आफ्नो पार्टीले उम्मेदवारी दिने जानकारी समेत दिनुभयो।
उहाँको भनाइअनुसार, दलहरू एकता र बलियो हुँदा मात्रै लोकतन्त्रलाई थप मजबुत बनाउन सकिन्छ। लोकतन्त्रको स्थायित्व र प्रगतिको लागि राष्ट्रिय एकता अनिवार्य रहेको उहाँको धारणा हो।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






