नारायणी अस्पताल वीरगञ्जमा भिडन्त: CCTV फुटेजबाट अराजक व्यक्तिहरूको पहिचान, कानुनी कारबाहीको माग
- वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालले शनिबार भएको घटनाको सम्बन्धमा नयाँ जानकारी सार्वजनिक गरेको छ।
- अस्पतालले आफ्ना CCTV फुटेजको आधारमा अराजक व्यक्तिहरूको छिट्टै पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न सरकारसँग माग गरेको हो।
वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालले शनिबार भएको घटनाको सम्बन्धमा नयाँ जानकारी सार्वजनिक गरेको छ। अस्पतालले आफ्ना CCTV फुटेजको आधारमा अराजक व्यक्तिहरूको छिट्टै पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न सरकारसँग माग गरेको हो।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन शाहले सोमबार विज्ञप्ति जारी गर्दै यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए। उनले भने, “हामीले घटना स्थलको CCTV फुटेज सम्बन्धित निकायमा पठाएका छौं। फुटेजको आधारमा अराजक व्यक्तिहरूको तत्काल पहिचान गरी कानुनी प्रक्रिया सुरु गर्न माग गर्दछौं।”
शनिबार वीरगञ्ज महानगरपालिका-२५ का ५० वर्षीय राजकुमार पटेलको उपचारको क्रममा मृत्यु भएको थियो। मृतकका आफन्तहरूले अस्पतालमा उपचारको क्रममा लापरवाही भएको भन्दै प्रदर्शन गरेका थिए। उनीहरूले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको दाबी गरेका छन्।
तर, अस्पताल प्रशासनले भने भनेको छ कि मृतकका आफन्तहरूले चिकित्सकहरूमाथि नै सांघातिक आक्रमण गरेको हो। अस्पतालले दिएको जानकारी अनुसार, आक्रमणका क्रममा डा. प्रमोद राम गम्भीर रुपमा घाइते भएका छन्। उनलाई आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
घटना पश्चात अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरू मानसिक र शारीरिक रूपमा भयभीत भएका छन्। यसले अस्पतालको सेवा प्रवाहमा असर परेको छ र सम्पूर्ण विभागहरूको सेवा अवरुद्ध भएको छ।
यस घटनाको निरीक्षण गर्न अस्पताल र पीडित पक्षबीच छानबिन समिति गठन गर्ने निर्णय गरिएको छ। साथै, सो दिन आकस्मिक कक्षमा खटिएका केही चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई निलम्बन गर्ने निर्णय समेत गरिएको छ।
अस्पताल प्रशासनले यस घटनालाई गम्भीर रुपमा लिएको र दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग आग्रह गरेको हो। यस प्रकारका घटनाले स्वास्थ्य सेवामा विश्वासको वातावरणलाई धक्का पुर्याउने भएकाले सबै पक्षहरूले संयम र जिम्मेवारीपूर्वक व्यवहार गर्न आवश्यक रहेको अस्पतालले बताएको छ।
हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






