singel post top banner

ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
आइतबार, फाल्गुन २५, २०८१
192 Views
ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु
समाचार सारांश
  • युक्रेन, फागुन २५ ।
  • पछिल्लो समय रुसले युक्रेनमा गरेको आक्रमणमा कम्तीमा २५ जनाको ज्यान गएको छ।

युक्रेन, फागुन २५ । पछिल्लो समय रुसले युक्रेनमा गरेको आक्रमणमा कम्तीमा २५ जनाको ज्यान गएको छ। रुसको लगातारको आक्रमणले त्यहाँको अवस्था एकदमै असहज बनेको युक्रेनी अधिकारीले बताएका छन्।

डोन्सटक क्षेत्रमा भएको आक्रमणमा ११ जनाको ज्यान गएको छ भने ४० जना हराएका छन्। मृत्यु हुनेमा ६ जना बालबालिका छन्।

गएको साता ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता तनावपूर्ण बनेपछि रुसले फेरि आक्रमणको योजना बनाएको हो। ट्रम्पसँगको वार्तामा भनाभन भएपछि अमेरिकाले सैन्य सहयोगसँगै गुप्तचर साझेदारी पनि रोकेको थियो। त्यसपछि रुसले निरन्तर आक्रमण गरेको हो।

शुक्रबार डोन्सटकमा आठ आवासीय भवन तथा दुई डिपार्टमेन्टल स्टोरमा आक्रमण भएको हो। सोही आक्रमणमा ११ जना मारिएका थिए। शुक्रबार र शनिबार त्यो क्षेत्रमा भएको अन्य आक्रमणमा ९ जनाको ज्यान जानुका साथै १३ जना हराए।

शनिबार खार्किभमा भएको अर्को आक्रमणमा तीन जनाको ज्यान गयो भने सात जना घाइते भए। शुक्रबार नै ओडिषाको ऊर्जा केन्द्रमा लक्षित गर्दै रुसले अर्को आक्रमण गरेको थियो।

शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनीसँगको सम्झौता रुससँगको भन्दा कठिन भएको प्रतिक्रिया दिएका थिए। एजेन्सी

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात र हिउँदे वर्षा
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात र हिउँदे वर्षा
ज्याक स्मिथको खुलासा: ट्रम्पको भूमिका र जनवरी ६ को क्यापिटल दंगा
ज्याक स्मिथको खुलासा: ट्रम्पको भूमिका र जनवरी ६ को क्यापिटल दंगा
नेपालगन्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन बन्द, बिरामी भारत धाउन बाध्य
नेपालगन्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन बन्द, बिरामी भारत धाउन बाध्य
प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सरकारी जिम्मेवारी नै सर्वोपरि रहेको बताएका छन्।
प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सरकारी जिम्मेवारी नै सर्वोपरि रहेको बताएका छन्।
जेनजी विद्रोहपछि नेपालमा उभिएको नयाँ राजनीतिक चेतना : ‘श्रमजीवी स्वाधीन लोकतन्त्र’ को माग तीव्र
जेनजी विद्रोहपछि नेपालमा उभिएको नयाँ राजनीतिक चेतना : ‘श्रमजीवी स्वाधीन लोकतन्त्र’ को माग तीव्र
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा बस्ने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा बस्ने
काठमाडौं–मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध, बाढीले यातायात ठप्प
काठमाडौं–मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध, बाढीले यातायात ठप्प
मधेसमा ७ दलको छलफल: संविधान मिचेर मुख्यमन्त्री नियुक्तिको विरोध
मधेसमा ७ दलको छलफल: संविधान मिचेर मुख्यमन्त्री नियुक्तिको विरोध
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै
शनिबारको विदेशी मुद्राको विनिमय दर
शनिबारको विदेशी मुद्राको विनिमय दर
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?