बागलुङमा बाढीपहिरोमा १२ जनाको मृत्यु, एक जना बेपत्ता
- बागलुङ ।
- बागलुङका विभिन्न स्थानमा पछिल्ला तीन दिनयता गएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ।
बागलुङ । बागलुङका विभिन्न स्थानमा पछिल्ला तीन दिनयता गएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। एक जना अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार ताराखोला गाउँपालिका–५, सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासू, म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका छन्।
पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएको प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए। यसअघि शनिबार पनि ताराखोलामा पहिरोमा परी एक जनाको मृत्यु भएको थियो। यससँगै ताराखोलामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।
आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको र एक जना बेपत्ता भएको थियो। त्यस्तै, निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






