singel post top banner

मधेस प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि, किसानहरूको आशा जाग्यो

belwo post title ad banner
अलका कुमारी अलका कुमारी
बिहिबार, फाल्गुन २८, २०८२
97 Views
मधेस प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि, किसानहरूको आशा जाग्यो
समाचार सारांश
  • जनकपुरधाम — यस वर्ष मधेस प्रदेशका विभिन्न जिल्लामा आँप उत्पादनमा उल्लेख्य वृद्धि हुने सम्भावना देखिएको छ।
  • फागुन महिना सुरु भएसँगै आँपका रूखमा फूल लाग्न थालेको देखिएको र यसले उत्पादनको आकांक्षा बढाएको छ।

जनकपुरधाम — यस वर्ष मधेस प्रदेशका विभिन्न जिल्लामा आँप उत्पादनमा उल्लेख्य वृद्धि हुने सम्भावना देखिएको छ। फागुन महिना सुरु भएसँगै आँपका रूखमा फूल लाग्न थालेको देखिएको र यसले उत्पादनको आकांक्षा बढाएको छ। कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख डा. रामचन्द्र यादवले यस्तो जानकारी दिएका छन्।

उनका अनुसार, यद्यपि यस वर्ष धान उत्पादनमा केही कमी आएको भए पनि आँप खेतीले किसानहरूलाई राम्रो आम्दानी दिलाउने अपेक्षा गरिएको छ। विशेषगरी, धनुषा, सिराहा, सप्तरी लगायतका जिल्लामा आँप खेतीको परम्परागत र व्यावसायिक अभ्यास भइरहेका छन्। पूर्व–पश्चिम राजमार्ग आसपासका उत्तरी क्षेत्रका हजारौँ किसानले व्यावसायिक रूपमा आँप खेती गर्दै आएका छन् भने मधेसको दक्षिणी भेगमा अझै पनि परम्परागत रूपमा आँप उत्पादन हुँदै आएको छ।

मधेस प्रदेशमा उत्पादन हुने आँपको माग देशका प्रमुख शहरहरू काठमाडौं, पोखरा लगायतका बजारहरूमा अत्यधिक रहेको छ। यसैकारण, फूल लाग्नेबित्तिकै व्यापारीहरूले बगैंचा नै ठेक्कामा लिने गरेको स्थानीय किसानहरू बताउँछन्।

कृषि सम्बन्धी तथ्याङ्क अनुसार, देशभर करिब ४२,७७३ हेक्टर क्षेत्रमा आँप खेती हुँदै आएको छ। तीमध्ये, मधेस प्रदेशमा मात्र करिब २९,९९९ हेक्टर क्षेत्रफलमा आँप खेती गरिँदै आएको छ। सबैभन्दा बढी सिराहा जिल्लामा १,०४६७६ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ भने, सबैभन्दा कम पर्सामा ४,७३१ मेट्रिक टन उत्पादन भएको छ। कुल उत्पादनको लगभग ७७.१ प्रतिशत आँप मधेस प्रदेशमै फल्ने गरेको तथ्याङ्कले देखाउँछ।

आँपमा लाग्ने रोग तथा किराको जोखिम भने कायम रहको छ। कृषि ज्ञान केन्द्रका प्रमुख यादवले बताए, “आँपको फूल झर्ने समस्या प्रायः मधुवा र किराका कारण देखिन्छ। यसैले फूल लाग्नुभन्दा अघि र साना दाना देखिन थालेपछि उचित समयमा औषधि प्रयोग गर्न आवश्यक हुन्छ।”

धनुषा जिल्लामा धनुषा नगरपालिका, मिथिला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका र चारनाथ नगरपालिका जस्ता क्षेत्रहरूलाई आँप उत्पादनको ‘पकेट एरिया’ मानिन्छ। बटेश्वर क्षेत्रमा हरेक वर्ष आँप मेलाको आयोजना पनि हुँदै आएको छ।

धनुषा नगरपालिका–५ का किसान ज्योति झाले यस वर्ष आँपको फूल निकै राम्रो लागेको बताए। उनले भने, “यसपालि फूल धेरै लागेको छ, तर झर्ने सम्भावना पनि हुन्छ। यदि मौसम अनुकूल रह्यो भने, यस वर्षको उत्पादन विगतभन्दा धेरै हुने विश्वास छ।”

महोत्तरीस्थित मटिहानी नगरपालिका–३ का रहमान कवारीले पनि पछिल्लो वर्षको तुलनामा यस वर्ष आँपको फूल राम्रो लागेको बताए। उनी भन्छन्, “उत्पादन भएको आँप बजारमा उचित पहुँच नभएको कारण सड्ने डरले सस्तोमा बेच्नु पर्ने अवस्था आएको थियो। यस वर्ष बजार व्यवस्थापनमा सरकारले सहयोग गर्नुपर्ने आवश्यकता छ।”

कृषि विज्ञहरूका अनुसार, समयमै रोग नियन्त्रण, उचित स्याहार र अनुकूल मौसम भएमा यस वर्ष मधेस प्रदेशको आँप उत्पादन उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ। यसले स्थानीय किसानहरूको आम्दानीमा सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अलका कुमारी साह
अलका कुमारी साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

कर्णाली प्रदेशमा निर्वाचन सुरक्षा व्यवस्था: अति संवेदनशील मतदान स्थलको संख्या र व्यवस्थापन व्यापक
कर्णाली प्रदेशमा निर्वाचन सुरक्षा व्यवस्था: अति संवेदनशील मतदान स्थलको संख्या र व्यवस्थापन व्यापक
बाँकेको नौबस्ता कारागारबाट फरार १४७ कैदीमध्ये अझै ९३ जना सम्पर्कमा छैनन्
बाँकेको नौबस्ता कारागारबाट फरार १४७ कैदीमध्ये अझै ९३ जना सम्पर्कमा छैनन्
नेपालमा विगत १२ वर्षमा चट्याङका घटना र जोखिम न्युनिकरणका उपायहरू – सम्भावित खतरा र बचावका सुझावहरू
नेपालमा विगत १२ वर्षमा चट्याङका घटना र जोखिम न्युनिकरणका उपायहरू – सम्भावित खतरा र बचावका सुझावहरू
कम्बोडियामा मानव तस्करको प्रलोभनमा परी नेपाली १६ का उद्धार, नेपाल फर्काइयो
कम्बोडियामा मानव तस्करको प्रलोभनमा परी नेपाली १६ का उद्धार, नेपाल फर्काइयो
सिम्रौनगढबाट १० किलो गाँजासहित दुईजना पक्राउ: भारतीय सीमा नाकामा सुरक्षा कडा
सिम्रौनगढबाट १० किलो गाँजासहित दुईजना पक्राउ: भारतीय सीमा नाकामा सुरक्षा कडा
कोटेश्वरबाट नक्कली हतियारसहित दुई व्यक्ति पक्राउ
कोटेश्वरबाट नक्कली हतियारसहित दुई व्यक्ति पक्राउ
हेटौंडा–काठमाडौं छोटो मार्गमा जिप दुर्घटना: ४ मृतक र ३ घाइते, पहिचान पुष्टि
हेटौंडा–काठमाडौं छोटो मार्गमा जिप दुर्घटना: ४ मृतक र ३ घाइते, पहिचान पुष्टि
काठमाडौंमा बिजुली कटौती, पोल परिवर्तनका कारण बिहान ११ देखि ३ बजेसम्म बिजुली सेवा अवरुद्ध
काठमाडौंमा बिजुली कटौती, पोल परिवर्तनका कारण बिहान ११ देखि ३ बजेसम्म बिजुली सेवा अवरुद्ध
धनुषामा युवकको शव फेला, सुरक्षाका लागि प्रहरी अनुसन्धान सुरु
धनुषामा युवकको शव फेला, सुरक्षाका लागि प्रहरी अनुसन्धान सुरु
ककरोच जनता पार्टी: एउटा व्यंग्यात्मक राजनीतिक आन्दोलनको कथा
ककरोच जनता पार्टी: एउटा व्यंग्यात्मक राजनीतिक आन्दोलनको कथा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?